Q मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया र बहु- व्यक्तित्व विकारको बीचमा के अन्तर छ ?
धेरै मानिसहरू मानसिक गडबडी हुने रोग वा सिजोफ्रेनिया र बहु- व्यक्तित्व विकार एउटै वा उस्तै हुन भनेर विश्वास गर्छन् । यद्यपि तिनीहरू फरक फरक छन् । सिजोफ्रेनियामा मानिसले केही कुराको भ्रम र धोखा ठान्दछन् जुन वास्तविकतामा रहेको हुदैँन । बहु-व्यक्तित्व विकारमा भने मानिसको दुई अलग व्यक्तित्वहरु हुन्छन् जसले व्यक्तिहरुको व्यवहारलाई नियन्त्रित गर्दछ । यो स्मरण हानिसँग सम्बन्धित छ । तिनीहरूको भ्रम हुदैँन । सिजोफ्रेम भएका धेरैजसो व्यक्तिहरुको प्रायः सामान्य समाजमा अझ बढी गार्होसँग समय बितिरहको छन् । धेरै व्यक्तित्व विकार भएका व्यक्तिहरूले प्राय: सफल, सामान्य जीवनको साथमा स्वस्थ, अरूसँग राम्रो सम्बन्ध राखेर बसिरहेको हुनसक्छ ।