होम
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अझ बढि छ । शारीरिक रुपमा पुरुषहरु बलियो देखिन सक्लान् । तिनीहरुको बलियो, सुगठित रुप हुन्छ तर स्वास्थ्यको रुपसंग केहि सम्बन्ध हुँदैन । यो त जीवनशैली, तनाव, बानीहरु, बसाइहरु, र बंशानु कुराहरुसँग सम्बन्धित छ । कति त्यस्ता रोगहरु छन्, जो वास्तवमा, पुरुषहरुमा बढी देखिन्छ । अर्को शब्दमा भन्दा, पुरुषहरु बढी संवेदनशील हुन्छन् र श्वासप्रश्वास जस्ता केहि बिमारीहरु विकास गर्ने उच्च जोखिममा हुन्छन् lश्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलाई उसको रुपले प्राय मुल्यांकन गरिन्छ l आफैलाई सफा गर्ने र श्रिंगार गर्नाले रुप बदल्न सक्छ र नयाँ आत्मविश्वास दिन सक्छ l अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
फलफूलको कुरा गर्दा गुलियो स्वाद भनेझैँ महिलाहरुको कुरा गर्दा मिठास बुझिन्छ । एक महिलालाई बिहानै प्रशस्त काम हुन्छ । सबेरै धेरै कामको दौडधुप गर्नुपर्छ । उनी सबेरै सबैभन्दा पहिले उठ्दछिन्, तर पनि बाँकी समय गुमाएको ऊर्जा पुनःपूर्तिका लागि भने पर्याप्त हुँदैन । यसको समाधान हो योगा ।घरमा सबैले आफ्ना आवश्यकताहरुका लागि एक महिलाबाट धेरै अपेक्षा राख्दछन् । श्रीमानलाई अफिसका लागि तयारी, बच्चाहरुलाई तयार गरी उनीहरुको स्कुलको लागि खाजाको तयारी र सासु ससुरालाई विहानको चिया नास्ताको बन्दोबस्त । यसका साथसाथै, उनलाई अफिस समयमा पुग्न हतार हुन्छ । अनि फर्किँदा घरका लागि तरकारी तथा अन्य किनमेल गर्नुपर्ने, घर पुगेर खाना तयार गर्नुपर्ने र घरको सम्पूर्ण काम सकाएर सुत्न राति निकै ढिला हुने ।  यसरी यति धेरै काममा व्यस्त हुने महिलाहरुका लागि गुमाएको ऊर्जा पुनःपूर्ति गर्न उपलब्ध समय पर्याप्त हुँदैन । यति धेरै काम गर्नाले मानसिक भार र तनावका कारण टाउको दुखाई, गर्दन दुखाई, काँधको कडापन, मलिन मुद्रा, दाँत किट्ने समस्या तथा थकान जस्ता समस्याहरु देखा पर्न सक्छन् । यसको समाधान के हुनसक्छ त ? यसको एकमात्र समाधान हो योगा । हाम्रो स्वास्थ्यमा योगाको कति धेरै फाइदाहरु हुन्छ यो हामी सबैलाई अवगत भएकै कुरा हो; यसले दुवै शारीरिक र मानसिक फाइदाहरु दिलाउँछ । यो हाम्रो शरीर, दिमाग एवं आत्माका लागि निकै फाइदाजनक छ । यसको लागि केवल १० मिनेटको समय चाहिन्छ । योगाले मानसिक भार र तनावबाट मुक्त हुन मद्दत पुर्याउँदछ । संस्कृतमा योगाको अर्थ योग हो जसले जोड्नु वा एकजुट गर्नु भन्ने बुझिन्छ । योगा भनेकै दिमाग, शरीर, आत्मा एवं श्वासको हाम्रो वरिपरिको वातावरण र ब्रह्माण्डसँगको संयोजन हो । एकले योगा क्रमिक रुपले आरामदायक गतिमा गर्नुपर्दछ । श्वास–प्रश्वासको व्यायाम मानसिक तनाव कम गर्नका लागि निकै उपयुक्त उपाय हो । अनि यो विभिन्न आसनमा गर्न सकिन्छ । यसका लागि तपाईँले चिँउडो bhuii*को बराबरीमा हुनेगरी काँध खुकुलो बनाई आरामपूर्वक भुँइमा बस्नुपर्दछ । पेट र करङ फुल्ने गरी छाती फुलाउँदै नाकबाट श्वास लिनुहोस् अनि विस्तारै पेट र करङ खुम्च्याउँदै श्वास छोड्नुहोस् र अन्तमा छातीलाई खुकुलो बनाउनुहोस् । अब यसरी नै श्वास–प्रश्वास जारी राख्नुहोस्, यसले हाम्रो शरीरमा प्रवेश गर्ने अक्सिजनको गुण र मात्रामा सुधार ल्याउँदै श्वासको कमीमा राहत garna waa तनाव कम गर्न मद्दत गर्दछ ।      योगा मुद्रा तनावबाट मुक्त हुनको निमित्त उपयोगी छ, यसका लागि सर्वप्रथम चटाईमा पलेटी कसेर बस्नुहोस् र आफ्नो पिठ्यूँलाई सिधा राख्नुहोस्, त्यसपछि आफ्नो पाखुरा पछाडी लग्नुहोस् र आफ्नो दाहिने हातले देब्रे नाडीमा समाउनुहोस् । त्यसपछि श्वास बाहिर फाल्दै, अगाडि झुकेर आफ्नो बायाँ घुँडालाई छुनुहोस्, यो अभ्यास गर्दा भगवान् तिर समर्पित भएको सम्झनुहोस् जसले सदैव तपाईँको रक्षा गर्दछन् र श्वास भित्र लिँदै पुरानो मुद्रामा फर्कनुहोस्, अनि यही प्रक्रिया आफ्नो दायाँ दिशातिर पनि दोहोर्याउनुहोस् । अनि अन्ततः आफ्नो निधारले जमिनमा छुवाउँदै यो मुद्राको समापन गर्नुहोस्, यो गर्दा श्वास बाहिर फाल्नुहोस् र जब तपाईंलाई श्वास भित्र लिनु पर्ने हुन्छ फेरि सामान्य मुद्रामा फर्कनुहोस् । यस आसनले तपाईंमा फुर्ति बढाउन मद्दत गर्दछ, श्वास–प्रश्वास कार्य पनि सक्रिय तुल्याउँछ, पाचन प्रकियामा सुधार ल्याउँछ र तपाईंलाई संयम बनाउँछ । तर यस आसन गर्भवती महिला, हर्नियाका बिरामी र रेटिना विकार भएका बिरामीहरुले भने गर्नु हुँदैन । शवासनले तपाईंले कुनै पनि कार्य गर्नुपूर्व शरीरलाई आराम प्रदान गर्न मद्दत गर्दछ । यो आसनका लागि चटाईमा लम्पसार परेर आरामले सुत्नुहोस् । आफ्ना पाखुराहरु शरीरभन्दा कम्तिमा एक फिटको दुरीमा राख्नुहोस् र खुट्टाहरु पनि दुई फिट जतिको दुरीमा राख्नुहोस् । त्यसपछि आँखा बन्द गर्नुहोस् र श्वास–प्रश्वासमा ध्यान दिँदै तनावका भावनाहरुबाट मुक्त भएको महसुस गर्नुहोस् । सामान्य श्वास लिँदै शरीरका विभिन्न भागहरुमा ध्यान दिनुहोस् जस्तै खुट्टाका औँला, खुट्टा ,पेट र अन्ततः शिर अनि मांसपेशीको समूहलाई आराम दिने कोशिश गर्नुहोस् । यसले तपाईँको  श्वास–प्रश्वासमा सुधार ल्याउँदछ, एकाग्रता बढाउँछ  र भित्री शान्ति प्रदान गर्दछ । तर यदि तपाईं कम रक्तचापबाट ग्रस्त हुनुहुन्छ भने यस आसनबाट टाढै रहनुहोस् ।  
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गायब गर्दिन सक्छ । तथापि चिन्ता गर्नुभन्दा राम्रो कार्य थाल्नु हो, किनकि धेरैजसो समय यी गाँठोहरू क्यान्सर हुने खालका हुँदैनन् ।विगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
अपर्याप्त शारीरिक क्रियाकलापले बच्चाहरुलाई स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सक्छ ।आधुनिक दिनका बच्चाहरु अल्छी र अयोग्य हुदैँ हुर्किरहेका छन् । टिभी हेर्दै, कन्सोल र स्मार्टफोनहरुमा खेलहरु खेल्दै, र सामाजिक सञ्जालहरूमा समय बिताएर समय खेर फ्यालिरहेको छ जुन कुराले गर्दा घर बाहिर खेल्ने कम भइरहेको छ । व्यायामको कमीले समस्याहरु ल्याउँदछ, जसले बाल्यकालमा बच्चाहरुलाई वा पछि जीवनमा असर गर्न सक्छ । त्यसैले, आमाबाबुले बच्चाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्न उदाहरण बन्नु पर्दछ । तथापि, बच्चाहरुलाई ट्रेडमिलमा हिड्ने वा तौल उठाउनेभन्दा दिक्कलाग्दो कुरा केही हुदैँन भन्ने कुरालाई ध्यान राख्नुहोस् । खेलकुदहरु खेल्ने यसको धेरैजस्तो राम्रो तरिका हो । एरोबिक्सको प्रयास गर्नुहोस् एरोबिक व्यायामहरूले बच्चाहरूलाई स्वस्थ रहन मद्दत गर्न सक्छ र त्यहि समयमा रमाइलो पनि गर्न सक्दछ । सामान्य धारणा भनेको एरोबिक्स नृत्यको ढाँचा पनि हो । तथापि, एरोबिक्स कुनै व्यायाम हो जसले तपाईंको अक्सीजन लिने मात्रालाई बढाउँदछ । घर बाहिरका   गतिविधिहरूभित्र बास्केटबल खेल्ने, साइकल चलाउने, फुटबल, पौडी, टेनिस खेल्ने, हिड्ने वा दौडने कुराहरु समावेश हुन सक्छ । एरोबिक्स सँगसँगै, बच्चाहरूले तन्काउने व्यायामहरु पनि गर्नु पर्छ, जसले पूर्ण दायराको चालमार्फत लचीलोपना सुधार गर्न, मांसपेशिहरु चलाउन र जोर्नीहरू सजिलै घुमाउन र चलाउन मद्दत गर्दछ । तपाईंको बच्चाहरुलाई उत्साहित बनाउन  कुनै पनि प्रकारले तपाईंको बच्चालाई व्यायामको आवश्यकताको बारेमा कुराकानी गर्न महत्वपूर्ण रहेको छ । तपाईं तिनीहरूलाई विद्यालयमा साथै तपाईं बस्नु भएको स्थानमा घर बाहिर हुने खेलहरूमा भाग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बच्चाले टिभी वा पीसीको अगाडि बसेर बिताएको समयहरूको संख्या नियन्त्रण गर्नुपर्छ । यस तरिकामा उनीले घरको बाहिर खेलिने खेलका साधनहरु खोज गर्नेछिन् । तपाईं उनीहरुसँग खेल्न पनि सक्नुहुन्छ । यो तपाईंहरु दुवैको लागि रमाइलो हुनेछ, साथसाथै तपाईंलाई आफ्नो बच्चासँग मिलेर बस्न पनि मद्दत गर्दछ । कम्तिमा एक घण्टा व्यायाम गर्नु आदर्श हो, र यो एक पटकमा १५ मिनेटको भागमा बाडिएको हुन्छ ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीहरुसँग सही तरिकाले व्यवहार गर्नु बच्चाको व्यक्तित्वको निर्माणमा धेरै आवश्यक रहेको हुन्छ ।जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भनिन्छ l यो सुतेको बेलामा हुने एउटा असामान्य व्यवहार हो l सुत्दा बोल्नेहरु प्राय ३० सेकेन्ड भन्दा बढी बोल्दैनन् l सुत्दा बोल्दा साधारण आवाज वा बोलीहरु संलग्न हुन सक्छन् l बोलीको आवाज कानेखुशी देखि चिच्याहटसम्म ठुलो हुनसक्छ l ३ देखि १० वर्षको केटाकेटीमा सुत्दा बोल्ने कार्य बढ्दो हुन्छ l सामान्यतया सुत्दाखेरी बोल्ने कार्य हानिरहित हुन्छ lप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
तलतल संधै र पुरा तरिकाले प्रकृतिक हैनन् । तपाईले आफ्नो शरीरलाई के दिनुहुन्छ र तपाईको स्वाद तन्तुलाई सिकाउनु हुन्छ त्यो त्यसको परिणाम हो ।अनुसन्धानले देखाएको छ कि चिनी हेरोइन भन्दा लत लाग्ने हुन सक्छ । यो पढ्नु अगाडि तपाईले के खानु या पिउनु भएको थियो ? ब्रेड ? केरा ? चकलेट ? केक ? फ्रेन्च फ्राईज ? वेफ़र ? डोनट ? बिस्कुट ? सोडा ? जुस ? वाइन ? भोड्का ? कफी ? चिया ? अन्त्यमा तिनीहरु चिनी हुन् । कुनै मिठो, कुनै नमिठो हुन्छन् । बच्चा हुँदा सबै भन्दा पहिलो हामीले दुध खान्छौं । त्यो स्वभावतः गुलियो हुन्छ । त्यो उमेर देखि हामीले बुझ्छौं कि हामीलाई चिनी मनपर्छ अनि त्यो चाहिन्छ । तपाईलाई चिनीको लत हुन सक्छ यदि : हरेक खाना पछि तपाईलाई “केही मिठो” चाहिन्छ । तपाईले चिया या कफीमा चिनी नहाली खान सक्नु हुदैन । बाहिर गएको बेला तपाईलाई मिठो चाहिन्छ । बचेको केक लिन तपाई फ्रिजमा खोज्न जानु हुन्छ । तपाई खुशी हुनको लागि त्यो सानो चकलेट भए पुग्छ । घरमा भएको अन्तिम लड्डु तपाइले सकाउनु हुन्छ । तपाईलाई सबै खानामा केचप चाहिन्छ- फ्रेन्च फ्राईज, नुडल्स, पिज्जा, बर्गर, समोसा, कचोरी । पढ़े पछि तपाईलाई माथिको सबै खाना चाहिन्छ । बाहिर घाम भएको बेला तपाईलाई  पानीले पुग्दैन, तपाईलाई गुलियो जुस चाहिन्छ । मक्टेल या सोडाले तपाईको डिनर पुरा हुन्छ । अनि अरु यस्तै कुराहरु । त्यसैले हेर्नु भयो त, सके सम्म हामी सबैलाई चिनीको लत लागेको छ । अध्धयनले देखाउँछ कि अमेरिका, बेलायत अनि अस्ट्रेलियाको हरेक मान्छेलाई चिनीको लत लागेको छ । चिनीको लत लाग्नु कारणहरु धेरै छन् । पहिलो कुरा, चिनीको स्वाद मिठो छ त्यसमा केही संदेह छैन । स्वादमा विवाद गर्न मिल्दैन । तर के तपाईलाई थाहा छ स्वाद ब्नाइएको हो ? लत संधै र पुरा तरिकाले प्रकृतिक हुदैन । तपाईले आफ्नो शरीरलाई के दिनु हुन्छ र तपाईको स्वाद तन्तुलाई सिकाउनु हुन्छ त्यो त्यसको परिणाम हो । दोस्रो कुरा, चिनीको कम्जोर भएकोले व्यवसायहरुले धेरै फाइदा उठाउँछन् । तपाई जता जानु हुन्छ त्यता चिनीको विभिन्न प्रकारहरु हुन्छन् । क्याफे, रेस्टुरेन्ट, सामान्य पसल, सुपरमार्केट, ठेला- तपाईको ध्यान ल्याउन उनीहरुसँग धेरै परिकारहरु हुन्छन् । कसैले कत्ति रोक्न सक्छ र कत्ति मेन्युलाई फिल्टर गर्न सक्छ ! तेस्रो कुरा, चिनीले तुरुन्तै खुशी दिन्छ । त्यो उसकोलागि काम गर्छ अनि हाम्रो समस्यामा थपिन्छ । काममा दुखि दिन भए पनि चकलेट हेरेर तपाईलाई खुशी दिन्छ । अल्छि लागेको छ, आइस् क्रिमको लागि बाहिर जाओं । यो धेरै जस्तो हुन्छ । चिनी किन त्यति गुलियो छैन ? चिनीले के न नराम्रो गर्छ भनेर सोच्छौं, खुशी हुनु सबै भन्दा महत्वपूर्ण कुरा हो । यद्यपि, चिनी अरु खाना भन्दा धेरै नराम्रो हो । एक अनुसन्धानको लागि, भान्छामा भएको सबैको सामग्री हेरेर कत्तिमा र कत्ति चिनी छ भनेर हेर्नु । अरो तिन दिनको लागि चिनी भएको कुराहरु नखाने कोशिश गर्नु । तपाई अचमित पर्नु हुन्छ । चिनी खानु भएन भने धेरै कुराहरु छोड्नु पर्छ ।  चिनीसँग के समस्या छ भने त्यसले गर्दा अझै खान मन लाग्छ । थोरैले सन्तुष्टि दिदैन । तुरुन्तै लामो समय सम्म चिनीले चिनीको आकांक्षा बढाउँछ । जब तपाईले केही गुलियो खानु हुन्छ, त्यतै रोक्न सक्नु हुदैन, आरु खान मन लाग्छ अनि अरु खान मन लाग्छ । लामो समयको लागि, तपाईको स्वाद तन्तु चिनीको लागि तलतल हुन्छ । तपाईको शरीरले सोच्छ कि जब तपाईको दिमाग सुस्त हुन्छ त्यसले चिनी खोज्छ । राम्रो महसुस गर्नको लागि यो सिकाएको छ । जब तपाईले यी लत लगाउनु हुन्छ तपाई चक्रमा पर्नु हुन्छ । चिनीलाई प्राय सेतो विष भनेर भनिन्छ । बढाईचढाई गरेर भनेको होइन । शरीरमा बल दिनु बाहेक चिनीको अरु पिषक तत्व छैन । यसले धेरै स्वास्थ्य जटिलाताहरु बढाउँछ । चिनीले गर्दा मधुमेह मेलिटास, मोटोपन, मुटु रोग, हर्मोनल असंतुलन, यौन दुर्व्यवहार अनि अरु धेरै कुराहरु हुन्छ । चिनीको तलतल भनेको सबै भन्दा सामान्य तलतल हो । चिनीलाई पूर्ण रुपमा छोड्न गाह्रो हुन्छ तर त्यसलाई कम गर्न सकिन्छ । तलतललाई कसरी हराउने ? एक्शन लिने समय भयो ? यो सुचनाहरुले गर्दा चिनी खान कम गर्न मन लागेको होला । पर्खनु । रक्सि, चुरोट, ड्रग- यिनीहरुले लत लाग्छ भनेर बुझेको छ । त्यसैले समर्थन समुहहरु छन्, हाम्रो वारीपरिको मान्छेहरुले हामीलाई लतबाट छुट्टाउनको लागि मद्दत र प्रेरित गर्छन् । चिनीको लत छुट्टाउन झन् गाह्रो हुन्छ । त्यो गर्नको लागि धेरै शक्ति र दृढता चाहिन्छ । के तपाई चुनौतीको लागि तयार हुनुहुन्छ ? चिनीको लतबाट हट्नको लागि केही उदाहरणहरु हेरौं : पानी कम प्युनु बनावटी गुलियो पेयलाई कम गर्नु- कोलाहरु, सुन्तला, चिसो चिया, क्यानमा भएको पेयहरु, सोडाहरु । तिनीहरुको शुन्य स्वास्थ्य लाभ छ । तपाईले तिनीहरुलाई स्वादले गर्दा मात्र प्युनु हुन्छ । ध्यान राख्नु कि स्वाद केही समयको लागि मात्र हो । भित्र पुगे पछि यी पेयहरुले तपाईको शरीरमा नराम्रो गर्दै छन् । एक चम्मा कम-चिया या कफी ? तपाईले आफ्नो दिन सुरु गर्नको लागि के प्युनु हुन्छ ? जे भए पनि चिनी कम खानु । यदि तपाईले दुई चम्चा लिनु हुन्छ भने एक लिनु । यदि तपाईले एक चम्चा लिनु हुन्छ भने आधा चम्चा कोशिश गर्नु । सुरुआतमा गाह्रो हुन्छ तर तपाईलाई बानि परे पछि मन पर्छ । जुस प्युनु भन्दा फल खानु । क्यानले जे प्युनु हुन्छ त्यसमा चिनी हुन्छ । क्यानलाई नाइँ भन्नु ।  कम खानु केचाप्को बोतललाई नछुनु । हप्तामा चकलेट खाने मात्रा बनाउनु । तपाईको निर्णयलाई तपाईको मनस्तिथीले गर्दा परिवर्तन नगर्नु ।  बेकरीको कुराहरु चिनीले भरिएको हुन्छ, तिनीहरु छन् भनेर बिर्सिनु । जब किराना पसल जानु हुन्छ तिनीहरुलाई नहेर्नु । ब्रेकफास्टमा सिरियल मन पर्छ ? प्याकेटमा चिनी कत्ति छ भनेर हेर्नु । जसमा स्वाद हालेको हुन्छ त्यसमा बढी चिनी हुन्छ । साधा लिनु । पोषणको लागि आफ्नै फल या डराई फ्रुटहरु हाल्न मिल्छ । अवसरको बेल मात्र मिठो खानु पर्छ । तपाईलाई हरेक दिन चाहीदैन । मिठास तपाईको प्लेटमा भन्दा तपाईको बोलीमा होस् ।
गुड नाइट...स्लिप टाइटलाई एउटा वास्तविकता बनाउँन तपाईले गर्ने कुराहरुमिठो निद्रा कसलाई प्यारो लाग्दैन र ! राम्रो निद्रा परेन भने भएभरको दोष आफु वरिपरिको हुनेगरेका गतिविधिलाई दिइन्छ । यो स्वभाविक हो, यदि राम्रो निद्रा पुगेन भने व्यक्तिको शारीरिक तथा मानसिक विकासमा अवरोध आउछ र अरुलाई दोष दिइन्छ । राम्रो निद्रा पार्नु नपार्नु व्यक्ति स्वयममा भर पर्छ । राम्रो निद्राका लागि गर्न हुने र नहुने कुरा  सुत्ने र उठ्ने समय एउटै हुनु निद्राको लागि राम्रो मानिन्छ ।  नियमित सुत्ने र उठ्ने नियमित तालिका बनाउनु पर्छ । निद्रा राम्रो भएमा मस्तिष्क र शरिरलाई आराम मिल्नुका साथै स्वस्थ रहन्छ ।  यदि तपाई कामले थकित हुनुहुन्छ र शरिरलाई आराम चाहिएको छ भने ओछ्यानको अवस्था जति नै नाजुक भएपनि निद्रा लाग्ने सम्भावना हुन्छ । अन्यथा नियमित रुपमा सुत्ने तालिका र राम्रो ओछ्यान भएन भने शरिर र मस्तिष्क आरामले निदाउन सक्दैन । त्यसैले आफु सुत्ने ओछ्यान र समयतालिकालाई अस्तव्यस्त नगरि राम्रो निद्रामा ध्यान पुर्याउन अपरिहार्य छ  । मोवाइलमा अर्लाम सेट गरि सधै एउटै समयमा सुत्ने र उठ्ने बानिको विकास गर्न सकिन्छ ।   राम्रो निद्रा पर्ने कुरामा आफु कत्तिको तनावमुक्त छ भन्ने कुराले पनि निर्धारण गर्दछ । राम्रो निद्राका लागि चिन्ता तथा तनावमुक्त हुन जरुरी छ । यदि मस्तिष्कमा अनेकथरी कुरा खेलिरहन्छ र तनाव छ  भने निद्रा छेउमै पर्दैन । निद्रा परेन भने एउटा चिन्ताले डिप्रेसनको शिकार बन्न बेर लाग्दैन ।   त्यसैले मस्तिष्कबाट अनावश्यक त्यागेर ओछ्यानमा जानुस्. । मिठो निद्रा ग्रहण गर्नुस् ताकि भोलिपल्ट विहान उठ्दा मन चंगा जस्तै बनेको भान होस् ।  मानिस स्वस्थ रहन पर्याप्त निद्रा आवश्यक पर्छ । जसका लागि करिब ८ घण्टा सुत्न जरुरी हुन्छ । जसमा आन्तरिक तथा बाह्य तत्वले प्रभाव पारेको हुन्छ ।  यदि सुत्ने ओछ्यान आरामदायि भयो भने जतिबेला पनि निद्रा आउन सक्छ हैन भने निद्रा पर्न गाह्रो  हुन्छ । व्यक्तिको आनिबानी र जिवनशैलिको कारण सुत्ने तालिका फरक हुन सक्छ । यद्यपि, आरामदायि बेड बनाई निद्रा पुराउनु पर्छ । कतिपय व्यक्तिले निद्रा लागोस् भनेर नाइटक्याप लगाउछन् भने कतिपयले अल्कोहल र स्लिपिङ ट्याव्लेट सेवन गर्दछन् । धेरैले अल्कोहल सेवन गरेपछि राम्रो निद्रा पर्ने विश्वास गर्छन् तर यसले सुताईमा कुनै सहयोग गर्दैन,  बरु शरिरमा अल्कोहल र औषधिको असर कम भएसंगै निद्रा विगार्ने गर्दछ । अल्कोहल र ट्याव्लेट खाने बानि पर्छ र विस्तारै यसको दिर्घकालिन असर  मस्तिष्क  र शरिरमा पर्न जान्छ । त्यसैले सुत्नुअघि अल्कोहल, चिया कफि तथा निकोटिनयुक्त हानिकारक तत्व प्रयोग गर्नुको सट्टा  घरमा सहजै उपलब्ध हुने  तातो दुध र चकलेट खाएर मिठो निद्रा ग्रहण गर्नु उपयुक्त हुन्छ । विज्ञान तथा प्रविधिको युगमा जोसुकै व्यक्तिले प्रविधिको अत्याधिक प्रयोग गरिरहेका हुन्छन् ।  अवेरसम्म निद्रा नपर्नुमा कम्प्युटर, टेलिभिजन तथा मोवाइल जस्ता सामग्रीहरु मुख्य कार कतत्व हुन् । जसले सुत्ने तालिकालाई तलमाथि गर्न ठुलो भुमिका खेलिरहेका हुन्छन् । यस्ता सामग्री आफुनजिकै राख्नु निद्राको दृष्टिकोणले हानिकारक मानिन्छ ।  त्यसैले सुत्नुअघि ल्यापटप, टेलिभिजन तथा मोवाइल आफ्नो छेउ नजिकै नराखि मस्तले निदाउनुहोस् । सुत्नुअघि स्टिमुलेन्टहरु जस्तै कफी, चिया वा निकोटिन नखानुहोस् किनकी त्यसले तपाईंको स्नायुहरु हाइपर बनाउँछ र निद्रा लाग्न कठिनाइहरु दिन्छ l
सूर्यको अल्ट्राभायलेट विकिरणबाट छालामा हुने क्षति विभिन्न मात्रामा हुन्छ – हल्का जलेको जस्तै हुनेदेखि छाला रातो (रेडनेस) हुनु वा बाह्य छाला मात्र प्रभावित हुने पनि गर्छ । पछिल्लो खालको क्षतिले गर्ने हानीलाई पहिलो मात्राको बर्न भनिन्छ । दास्रो मात्राको बर्नमा छाला सुनिने र फोका उठ्ने गरिन्छ ।सूर्यको विकिरणले गर्दा औषधि, घाममा बस्दा हुने एक्सपोजर र सनस्क्रीनका उत्पादनहरूबाट एलर्जी हुने, दृष्टिमा समस्या आउने वा पुरै हानी पुग्नुको साथै हिटस्ट्रोक हुन सक्छ । समयको लामो अवधिमा, प्राय अवस्थाहरूमा सनबर्नले गर्दा चिसो घाउ, मोतिबिन्दु, छालामा हुने क्यान्सर, र लुपस हुन पनि सक्छ । सनबर्नको जोखिम निम्न कारणहरूबाट हुने गरिन्छ : छालाको प्रकार – सनबर्नको जोखिम र यसको तीव्रता छालाको प्रकारले निर्धारण गरिन्छ । प्राय जोखिममा पर्ने समूहहरूमा त्यसता व्यक्तिहरू पर्छन् जसको त्वचा गोरो छ र जसको छालामा कालो पोतो छ । छालाको रङ्गको बावजूद पनि प्राय सबै प्रकारहरूको छालामा क्यान्सरको जाखिम हुन्छ र सूर्यको किरणहरूको एक्सपोजरबाट बच्न उचित सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । मौसम– गर्मीको दिनमा छाला जल्ने (सनबर्न हुने) उच्च सम्भावना हुन्छ । यूभी इन्डेक्स – यो एक विशेष दिनको यूभी प्रकाशको ताकतको पूर्वअनुमानसँग सम्बन्धित छ । यसले गर्दा तपाईले थाहा पाउनु हुनेछ कि तपाईको छालालाई क्षतिबाट बचाउन कस्तो खालको सावधानी अपनाउनुपर्छ । यसलाई ० देखि ११+ को मात्राको अगाडी राखेको छ, जसमा ० मा सबैभन्दा कम एक्सपोजर पर्छ । अक्षांश – जसतो कि तपाई भूमध्य रेखाको नजिकको ठाँउमा जानुहुन्छ भने सूर्यको प्रकाश सिधै वायुमण्डलभन्दा पनि छिटो अगाडि जान्छ । उमेर – जो ६ वर्ष भन्दा कम उमेरका छन् र जो ६० वर्षभन्दा अधिक उमेरका छन् तिनीहरूलाई सनबर्नको अधिक खतरा हुने गर्छ । उचाई – जब तपाई उचाई चढ्नुहुन्छ, सूर्यको किरणबाट हुने गर्ने क्षति अधिक हुन्छ किनभने सूर्यको किरण रोक्ने पृथ्वीको वायुमण्डलको मात्रा कम हुन्छ । लगभग १००० फीटको हरेक उचाईमा, यूभी एक्सपोजर लगभग ४ प्रतिशतले बढ्दै जान्छ । स्थान– यदि तपाई हिउँ, पानी, बरफ, कंक्रिट र सेतो बालुवाको सतहको नजिक जाँदै हुनुहुन्छ भने सूर्यको किरणले तपाईलाई हानी पु¥याउन सक्छ दिनको समय – सूर्यको किरण बिहानको १० बजे र साँझको ४ बजेसम्म मजबुत हुन्छ । बादल लागेको दिन सनबर्न हुने सम्भावना कम हुन्छ तै पनि सूर्यको किरण बादलको बीचबाट हुँदै तपाईको त्वचाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ यी हुन् सूर्यको किरणबाट बच्न सतर्कता अपनाउनुपर्ने केहि कदमहरू : लामो समयसम्म घाममा नबस्नु । सनस्क्रीनको प्रयोग गर्नु र तपाईको पुरै शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यदि तपाईलाई सूर्यको किरणले गर्दा क्षति पुगेको छ भने यसलाई उपचार गर्ने तरिका तल दिएको छ ।  एक ओभर–द–काउन्टर दुखाइ कम गर्ने : सुन्निएको भागलाई कम गर्न र दुखाइ कम गर्न आइब्रुफिन वा एस्पिरिनको प्रयोग गर्ने एन्टी इन्फ्लामेटरी कन्डीमेन्ट : कोर्टिसोन क्रीम र एलोभेरा सुनिएको भागलाई कम गर्ने दुइ प्रमुख उपाय हुन् । । चिसो पानीले स्नान गर्ने : चिसो तापमानको पानीमा लगभग १० देखि २० मिनेटको लागि नुहाउनुपर्छ । (तर पानी एकदमै चिसो नभएको सुनिश्चित गर्नुहोस्) । यसले गर्दा प्रभावित ठाँउमा दुखाइ र जलाइ कम गराउँछ । कुनै प्रकारको नुहाउने तेल, साबुन र डिटर्जेन्टको उपयोग नगर्नुस् किनभने यसले गर्दा एलर्जी र जलाइ बढ्न सक्छ । नुहाइसके पछि आफै सुकिसके पछि रुमालले रगडेर सफा गर्नुहुँदैन कोल्ड कंप्रेशंन : सम्बन्धित क्षेत्रमा लगभग २० देखि ३० मिनेटसम्म चिसो र तातो कंप्रेशन प्रयोग गर्नुपर्छ । पर्याप्त हाइड्रेशन : तपाईले ८ देखि १२ गिलास पानी पिउनुहुन्छ भनि सुनिश्चित  गर्नुहोस् जसले गर्दा तपाईको त्वचाले सूर्यको किरणले भएको क्षतिबाट केहि राहत पाउन मदत गर्छ । मोइस्चराइजर : एक समयमा तपाईको त्वचा ठीक भइसकेपछि तपाईले कुनै बास्नादार मोइस्चराइजर नभइ सौम्य प्रकारको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । ब्लिस्टर (फोकाको) ट्रीटमेन्ट : यदि तपाईको छालामा फोकाहरू उठेको छ भने त्यसलाई नफटाउनुहोस् । यसले गर्दा छालामा संक्रमण हुनुका साथै दाग पनि हुनसक्छ । यदि तपाईको छालामा ठूलो खालको फुटाउनै पर्ने फोकाहरू छन् भने कीटाणुरहित सियो प्रयोग गर्नुपर्छ । गजले सफा गरी त्यो ठाँउलाई सुख्खा पार्नुपर्छ । त्यो ठाँउमा मलम – (एलोभेरा वा कुनै पनि एन्टीबायोटिक जस्तै ब्यासिट्रासिन र पोलिमिक्सिन बी) प्रयोग गरी गजले हल्का बाड्नुपर्छ । कसेर नबाड्नुहोस् र संक्रमण रोक्न गज दिनहुँ बदल्नुहोस् । चिकित्सीय ध्यान : यदि तपाईले ज्वरो, डाबर र चिसो भएको महशुस गर्नुभयो भने डाक्टरलाई देखाउनुहोस् । निम्न लिखित लक्षणको लागि पनि तपाईलाई तुरुन्तै चिकित्सीय आवश्यकता परेको हुनसक्छ : प्रकाश देख्ने बित्तिकै आँखामा दुखाइ हुने, चक्कर आउनु, एकदमै प्यास हुनु तर पनि पिशाब नआउनु, दुख्ने खालको फोका उठ्नु र अनुहारको रङ्ग फिक्का पर्नु र चिसो हुनु ।
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
धेरै अवस्थामा, त्यस दुखाइ राहत क्रीम गर्दन समस्याको समाधान होइन ।गर्दनमा कुनै पनि दुखाइ साँच्चै मात्र हो: गर्दनमा एक वास्तविक दुखाइ! र यो वास्तव मा डरलाग्दो हुन सक्छ । निरन्तर गर्दनको दुखाईलाई बेवास्ता गर्नुहुँदैन र चाँडो चिकित्सकलाई देखाउनु पर्छ । यदि चिकित्सकले कुनै गम्भीर अवस्थाको निचोड बनाउँछ भने, दुखाई गल्ती आशन र असजिलो गरी बस्ने बानिसँग सम्बन्धित हुनसक्छ । गर्दनको दुखाईका कारण केहि सामान्य आशन: यदि टाउको पाखुराको अगाडि राखिएको छ भने, नजचाँएमा यसले गर्दनको भर्टिब्रेमा अनावश्यक तनाव उत्पन्न गर्दछ र यो सजिलै डिजेनेरेटिभ डिस्क रोगमा बदल्न सक्दछ, अचयनित भएमा । कम्प्युटरको अगाडि लामो घण्टाको लागी बस्नाले गर्दन अगाडी झुक्छ जसले गर्दनमा कष्ट र पुरानो गर्दनको दुखाइ बढाउन सक्दछ । गर्दन के को कारण दुख्छ ? हड्डी वा जोडीहरूमा असामान्यताहरू ट्रमा खराब आशन उपासनात्मक रोगहरू ट्यूमर मांसपेशी तनाव कहिलेकाहीँ गर्दनको दुखाइको कारण सर्भिकल फोरामिनल स्टेनोसिस जस्तै केहि गम्भीर हुन सक्छ ।
कोटस इन्टेरपटसको शाब्दिक अर्थ अवारोधित यौन सम्पर्क बुझिन्छ l यो गर्भनिरोध प्रक्रिया सहवास हुँदा देखि रहेको प्रक्रिया हो lबाहिर तान्ने, विथड्रवल र कोइटस इन्टरप्टस सम्भवत गर्भनिरोधकको सबैभन्दा सुरक्षित तरिकाका लागि सबै फरक नामहरू हुन् । यसमा पुरुष पार्टनरले विर्य निस्कासन भन्दा अघि आफ्नो लिंगलाई हटाउनुपर्दछ । यसले  महिला पार्टनरको गुप्ताङ्ग वा भुल्भामा विर्य निस्कासन भएको छैन भन्ने सुनिश्चित गर्दछ । भित्र कुनै विर्य नहुनुको कारण - गर्भावस्था हुँदैन ! के यो विधि साँच्चै प्रभावकारी छ? गर्भनिरोधकका सबै तरिकाहरु जस्तै, बाहिर तान्ने विधिको प्रभावशीलता पनि यो सही तरिकाले गर्नुमा निर्भर पर्दछ । यो तरिकाको लागी पार्ट्नरहरुको बिच साझेदारी मेलमिलाप हुनु आवश्यक छ । पुरुष पार्टनरले सही क्षणमा लिंगलाई हटाउनको लागी यौन उत्साहको उच्चतम बिन्दु थाहा पाउन आत्म-नियन्त्रण र शुद्धताको अभ्यास गर्नुपर्छ । तथ्याङ्कहरूले यस्तो बताउँदछन् महिलाहरु जसका पार्ट्नरहरु विथड्रवल प्रयोग गर्दछन्, प्रत्येक वर्ष ४% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिन्छ, र प्रत्येक वर्ष २७% गर्भवती हुन्छन् यदि यो सधैं सही ढंगले गरिदैंन। गुप्ताङ्ग वा भूल्वाको नजिकै निस्कासनको अर्थ विर्यले गुप्ताङ्ग भित्र भ्रमण गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ पुर्व-निस्कासनमा अघिल्लो-निस्कासनको विर्यहरु हुन सक्छन्, जुन अन्तत गर्भावस्थाको कारण बन्न सक्छ । यसको विरुद्ध सावधानीको रूपमा, विशेषज्ञहरूले यौन अघि पुरुष पार्ट्नरलाई पिशाव फेर्ने सल्लाह दिन्छन् । गर्भनिरोधकको विथड्रवल विधि धार्मिक समूहको सदस्यहरुको लागि सर्वोत्तम विकल्प हो जहाँ गर्भनिरोधक उपकरणहरु जस्तै औषधी, कन्डम वा आईयुडीलाई पापको रुपमा लिईन्छ । विथड्रवल विधिले तपाईंलाई एचआईभी  एड्स र अन्य एसटिडीहरूबाट रक्षा गर्दैन । यस विधिको फाइदाहरू र बेफाइदाहरू के के हुन्? फाइदाहरू यो सरल, सुरक्षित र सुविधाजनक छ । जब कुनै अन्य गर्भनिरोधक विधि उपलब्ध हुँदैन यो उत्तम तरिका हो । यसमा कुनै साइड इफेक्ट छैन । यसलाई चिकित्सा प्रेस्कृप्सनको आवश्यक छैन । यसले मासिक धर्म चक्रलाई परिवर्तन गर्दैन । यसले भविष्यको उर्वरतालाई असर गर्दैन । बेफाइदाहरु महान् आत्म-नियन्त्रण, अनुभव र भरोसा चाहिन्छ । अपरिपक्क निस्कासन गर्ने पुरुषहरूको लागि उपयुक्त छैन । किशोरहरुका लागि र यौन अनुभवहिन व्यक्तिहरूका लागि उपयुक्त छैन । यौन संचारित रोगहरू र एचआईभी  एड्सबाट सुरक्षा सुनिश्चित गर्दैन । जन्म नियन्त्रणका अन्य तरिका भन्दा कम प्रभावकारी । सही समयमा बाहिर निकाल्ने पूर्वानुमान र अतालिनुको कारण यौन आनन्दको साथ हस्तक्षेप हुन सक्छ । बाहिर तान्ने विधि गर्भनिरोधक गर्ने सबैभन्दा सुरक्षित तरिका मध्ये एक हो, यदि कसैले आफ्नो शरीरलाई पूरै बुझेको छ, पार्ट्नरमा विश्वास र उच्च आत्म-नियन्त्रण छ ।
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एकता भन्दा पर जान्छ; यो त्यस्तो केही हो जसले तपाईको दिमाग बनाउँन वा भत्काउन सक्छ lमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न