होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको समस्या हो जुन राजस्वाला बन्द भईसकेका महिलाहरुलाई लाग्ने गर्छ । तरपनि, पुरुषहरुमा पनि ओस्टियोपोरोसिस लाग्ने प्रबल सम्भावना हुन्छ ।ओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
३०औं वर्षमा प्रवेश गर्ने कुरा मानिसले मनपराएको सपना चाहिं होइन तर यो वर्ष पनि १८ वर्ष जतिकै आकर्षक र मनमोहक हुनसक्छ यदि तपाईंले मात्र केहि समस्या-रहित तर गर्नै पर्ने कुराहरुलाई अपनाउनु भयो भने ।३० भनेको धेरै पुरुषहरुको लागि पैसा कमाउने एउटा उमेर हो, एउटा स्थिर व्यवसाय र एउटा सुन्दर र शानदार अवकाश योजनाको तैयारी गर्ने उमेर पनि हो । तर पैसा कमाउने, घर बनाउने, नयाँ गाडि किन्ने यो होड़मा, के तपाईंलाई लाग्दैन तपाईं शरीर, स्वास्थ्य र जोशमा जवान बन्ने त्यो चुस्ततालाई गुमाउँदै हुनुहुन्छ ? परिणाम, तपाईं एउटा वा अन्य जीवनशैली उब्जित रोगको काखमा हुनुहुनेछ । त्यसकारण अब गति कम गर्नुहोस र अलि कति विचार गर्नुहोस। तपाईंको उमेर तपाईंको पक्षमा हुनेछ,तब होइन जब यसबाट सम्पूर्ण शक्ति निकालेर यसलाई एकोहोरोपना र आलस्यताले तपाईं भर्नुहुन्छ, तब मात्र हुन्छ जब तपाईं यसलाई सम्हाल्नु हुन्छ । तपाईं हरेकको जीवनमा ३० वर्ष बिस वर्षको उमेरमा परिवर्तन हुनसक्छ तर त्यो चाहिं टिभी सेटको अगाडि बसेर तपाईंको मनपर्दो खेल हेर्दै र बियर खाँदै चाहिं हुँदैन । त्यसकारण तपाईंले आफ्नो ध्यान र मन संगै लगाउनु पर्छ र तपाईंको मानसिक र शारीरिक स्वास्थ्यालाई चुस्त बनाउन विभिन्न विकल्पहरुमा काम गर्ने कोशिस गर्नुपर्छ । आउनुहोस त्यस्ता केहि तरिकाहरुको छलफल गरौँ जुन तपाईंको ३० वसन्त पार तपाईंको स्वास्थ्यको कडी बन्न सक्छ । उन्मत्त भिडको एउटा भाग बन्नुहोस् ३० वसन्त पछि पुरुषहरुको बानी भनेको आफैलाई तिनीहरुका काममा पूर्ण रुपले यति तल्लिन बनाउँछन कि समाजमा घुमिल हुने र मानिसहरुसंग भेटघाट गर्ने समय अत्यन्त थोरै हुन्छ । अध्ययनले पुष्टि गरेकोछ कि ति मानिसहरु जो ठुलो सामाजिक समुहको भागहरु हुन् उनिहरुमा हृदय बिमारको मौका थोरै नै हुन्छ किनकि यसरी तिनीहरु आफ्ना समकालीन जो तिनीहरुका अफिसको फाइल र टिभीमा समय बिताउँछन उनिहरुको तुलनामा खुशी र तनाव-मुक्त रहन्छन् । स्वास्थ्य, सम्पन्न र सँधै व्यायाम  संगै बुद्धिमानि रहनुहोस् किशोरहरुका विचमा र २० वर्षकाहरुको विचमा जिममा जानु प्रचलित कुरा मानिन्छ, तर यो त तपाईंलाई ३० वर्ष देखि अत्यावश्यक छ कारण यो उमेरमा सबै रोगहरुलाई टाढै राख्नको निम्ति स्वास्थ्य रहनु महत्वपूर्ण छ । यदि तपाईं जिम जान त्यति मन पराउनु हुन् भने यहाँ मध्य कुनै अन्य व्यायामको तरिकाहरु अपनाउनु होस्: विहानको हिँडाइ जगिंग योगा एरोबिक्स विकल्पहरु असंख्य हुन सक्छन तर तपाईंले आफुलाई आफ्नो जीवनशैली संग सुहाउँदो छनौट गर्नुपर्छ । बेकारको बाकस देखि टाढा बस्नुहोस के तपाईं आफ्नो बेलुकीको समय टिभीको अगाडि बसेर बिताउनुहुन्छ ? हो यो नै निश्चित रुपले तपाईंको अहितकारी बानी हो जसलाई तपाईं प्रश्रय दिंदै हुनुहुन्छ । टेलिभिजनको सेटले तपाईंलाई निर्भर बनाइदिन्छ, जसको अर्थ न्युनतम शरीरको हलचल भन्ने हुन्छ । यसमा व्यायाम भनेको त्यति बेला मात्रै हुन्छ जब तपाईं पपकर्न खान जानुहुन्छ वा विच विचमा आउने विज्ञापनको आवाज बन्द गर्न रिमोट चलाउनुहुन्छ । साथै यसले तपाईंको परिवार र इष्टमित्रसंग बिताउने समय पनि खाइदिन्छ । त्यसकारण अर्को पटक जब तपाईं असिफ बाट घर आउनु हुन्छ, तब तपाईंको छोराछोरीहरु संग गेम खेल्नुहोस् वा श्रीमती संग एउटाs राम्रो गफ गर्नुहोस् वा तपाईंको मित्रको घरसम्म बाटोमा हिड्नुहोस् र केहि ताजा हावाको निम्ति जानुहोस् । धुम्रपानलाई हुँदैन भन्नुहोस् पुरुषहरुलाई तिनीहरुको किशोरावस्था देखि छिटो लाग्ने एउटा सामान्य बानी भनेको धुम्रपान हो । किशोर अवस्था देखि नै धुम्रपान गर्ने पुरुषहरुलाई आफ्ना बानी सुधार्नुपर्छ भन्ने आवश्यकतालाई महशुसनै गर्दैनन् र यो झन जटिल बन्दै जान्छ । अब तपाईंको उमेर ढल्कदै गरेको अवस्थामा तपाईं यसको असरको निम्ति नभएर सबै तनाव र संकष्ट देखि सहारा पाउन पिउनु हुन्छ वा बानीको असर हुनसक्छ । के तपाईंलाई थाहा छ धुम्रपान र निकोटिनमा भर पर्ने बानीले चाहि त्यो चुरोट बाट होस् वा खैनिसुर्ती खाएर होस्, तपाईंलाई फोक्सो क्यान्सर, मुटु नली थुनिने र त्यो भन्दा डर लाग्दो जोखिममा पर्न सक्छ ? तपाईंको २०औं वसन्तमा भन्दा यो उमेरमा चाहि बढी नै गम्भीर हुनु आवश्यक छ । धुम्रपान बन्द गर्नुहोस् र तपाईंको वरिपरि भएको शुद्ध हावालाई हेर्ने कोशिस गर्नुहोस् । जति कम मद्धपान, उति लामो जीवन मद्धपानले केवल तपाईंको कलेजोलाई आक्रमण गर्ने र तपाईंको जीवनको मिठो पलहरु बाट टाढा लैजाने मात्रै होइन तर तपाईंलाई ति सबै रोगहरु लाग्न सक्ने बनाउछ जसको संकेतहरु तपाईंको मध्य आयु देखि नै देखिन शुरु हुन्छ । उमेर वृद्धि संगै बढ्ने बिमारहरु भनेको चिन्ता, रक्तचाप, उच्च कोलेस्ट्रोल वा अन्य मुटु सम्बन्धि रोगहरु हुन् । के त्यसको मतलब यो तपाईंले एकै दिन वा दुइ दिनमा सक्नुपर्छ भन्नु हो ? होइन, तपाईंले एक दिनमा यसको संख्या घटाएर एक देखि बढिमा दुइ गिलास बनाउनुपर्छ तब तपाईं एउटा स्वस्थ जीवनको निम्ति तन्दुरुस्त बन्नु हुनेछ । माछा मार्न जानुहोस अब यो भन्नुको अर्थ तपाईं आफै भोजनको निम्ति माछा मार्न जानुहोस वा बल्छी थपेर बस्नुहोस् वा भोकै बस्नुहोस भनेको होइन । माछालाई तपाईंको दैनिक भोजनको एउटा भाग बनाउनुहोस भनेको हो । तपाईं ३०औं वसन्तमा पाइला टेक्नु हुँदा माछा वा समुद्री जीवको खानाले तपाईंको सक्षम-शरीर बनाउँछ र रोग प्रतिरक्षाको ताकत बढाइदिन्छ । एउटाइ माछाको श्रोतबाट आवश्यकीय प्रोटिनहरु, भिटामिनहरु, आवश्यक तेल, जिङ्क, सेलेनियम आदि प्राप्त गर्न सकिन्छ । हड्डी जोश महिलाहरुमा तिनीहरुको ३०औं वसन्तपछि एउटा सामान्य रोग भनेको क्याल्सियमको कमि हो जसले जोर्नीहरुको दुखाइ प्रमुख रुपमा हुनेगर्छ, अब यसलाई पुरुषहरुले पनि कहिल्यै वेवास्ता गर्नुहुँदैन कारण परिवर्तित जीवनशैली संगै, पुरुषहरु पनि यसका शिकार भईरहेकाछन् । ३० औं वर्ष पछिको उमेरमा तपाईंको हड्डीमा क्याल्सियम घनत्वको ह्रासले तिनीहरुलाई भाँचीन सक्ने र हड्डी बिग्रिने जोखिम बढाउँछ। फिजियोथेरापी र असल खानपानको बानीले तपाईंलाई अझै फुर्तिलो बनाउँछ र जोर्नीहरुलाई चुँइकिने समस्यालाई सफा गर्छ ! अझ बढि घाम अनुसन्धानले प्रमाणित गरेको छ कि हरेक दिन १५-२० मिनट घाममा बस्नाले ओस्टेओपोरोसिस, ढाड दुखाइ, बाथ जस्ता रोगहरु बाट परै राख्छ । भिटामिन डि को आवश्यकता पूर्ण हुन्छ र सबै शारीरिक कमजोरीहरु कम हुन्छ । त्यसकारण घाममा केहि समयको निम्ति निस्किनुहोस र आफै यसको नतिजा अनुभव गर्नुहोस् । अस्वस्थ्यकर खाना नखानुहोस् पुट्ट बाहिर निस्केको भुँडीहरु प्राय ३० वर्ष लागेका पुरुषहरुमा देखिने सामान्य अवस्था हो । तपाईं यो लिएर जिउनै पर्छ भन्ने छैन ! मोटोपन धेरै रोगहरुको शुरुवातको विन्दु हो । त्यसकारण तपाईंलाई चाहिएको केवल तपाईंको स्वास्थ्य खानपानमा ध्यान पुर्याउनु नै हो । तपाईंको किशोरावस्थामा मन थाम्न नसकिने बर्गर र पिज्जाहरुलाई अब दुखित भएर मुख सम्म नल्याई केहि मिटर पर बाटै आँखाले हेर्नु मात्रै पर्नेहुन्छ। अब तपाईंको प्लेटमा थप चिज र बटर हालिने छैन । अलि कठोर छ तर स्वास्थ्य रहने कुरा कुनै दोश्रो विकल्प बिना गरिहाल्नुपर्छ। त्यसकारण माथि उल्लेखित बुँदाहरु पुरुषहरुले कुनै पनि उमेरमा पालना गर्न सक्छन तर ३० लागे पछि अझ कडाईका साथ पालना गर्नु पर्नेहुन्छ ! यसरी, तपाईंको जीवन निरोगितामा र पूर्णतामा जिउनुहोस् !
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावारीको समयमा, महिला आफैलाई समेत आफ्नो मष्तिकले कसरी काम गर्छ भन्ने थाहा हुदैन !महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा आफ्नो दूध प्रदान नगरेर बच्चाको जीवनलाई संकटमा पार्न सक्छन् । आमाको दूधले बच्चालाई धेरै रोगहरूको विरुद्ध प्रतिरक्षा गर्दछ । यसले आमा र बच्चा दुवैको शारीरिक र भावनात्मिक कल्याण गर्दछ । तथापि, दुःखलाग्दो कुरा यो छ कि चेतनाको कमिका करण आधा भन्दा बढी नवजात शिशुहरू यस लाभबाट बञ्चित छन् ।स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
नवजात शिशु निकै बेरसम्म अत्यधिक रुन्छ भने त्यो पेटको समस्याको कारण होकेले पेट एकदमै दुखाउँछ ? आमाको दुध खुवाउँदा हावाको प्रवेश बच्चाले निकै छिटो चुस्दा खेरी त्यसले ग्यास्त्रोइन्टेसटाईनल पिडा गराउन सक्छ आमाले खाएको खानाले शिशुको पेटलाई असर गर्छ  रुने बच्चालाई सम्हाल्ने केही तरिकाहरु: पक्रने र बच्चालाई पाखुराले समातेर एता उता हल्लाउने l बच्चालाई सुताउन लोरी अर्थात् बच्चाको गित गाउनु प्रभावकारी हुन्छ l दुध खुवाएपछि प्रत्येक पटक बच्चालाई ढ्याउ गराउनुहोस् l रोएर भोक लागेको अभिव्यक्त गरिन्छ l दुध खुवाउनुहोस् l ठुलो आवाजले बच्चालाई अचम्म गराउन सक्छ l ठुलो आवाज नबनाउनुहोस् l केही बच्चाहरुलाई न्यानो स्नानले आराम दिन्छ l केही बच्चाहरुलाई रबर वा सिलिकनको चुस्ने वस्तु (पेसिफायर)ले राम्रो गर्छ l ग्यासको पिडा पनि कारण हुनसक्छ l डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्नुहोस् l आमाहरुले उनीहरुले खाने कुरामा परिवर्तनहरु ल्याउनुपर्छ l
एउटा बच्चासँग उड्नु एकदम कठिन अनुभव हुनसक्छ ! त्यसैले सोच्नको लागि र पर्खिनको लागि धेरै कुराहरु हुन्छन् ! के बच्चा रुनेछ ? के बच्चा बिरामी हुनेछ ? के मैले सबैकुरा प्याक गरेको छु ?  यहाँ हामी तपाईंलाई केही जुक्तिहरु दिन्छौ आफ्नो बच्चासँग आरामदायी किसिमले उड्नको लागि निश्चित गर्नुहोस् सबैसँग बच्चालाई आवश्यक कुराहरु सबै छन्: बच्चालाई बारम्बार आवश्यक हुने कुराहरु, यात्रा अगाडी त्यसको चेक लिस्ट तयार गर्नुहोस् l तपाईंको सुचीमा सबै कुराहरु प्याक गरिएको छन् भनेर जाँच गर्नुहोस् l र फेरी पुनः जाँच गर्नुहोस्  टेक अफ र ल्यान्डिंग: यो बच्चाको साना कानहरुमा अलिक तनाव दिने हुनसक्छ l टेक अफ र ल्यान्डिंगको ठिक समयमा आमाको दुध अथवा बोतलको दुध खुवाउन निश्चित गर्नुहोस् l यसले कानमा दबाब कम गर्न मद्दत गर्छ l खुट्टा अलिक फराकिलो गर्ने सिट माग्नुहोस्: यो धेरै महत्वपूर्ण हुन्छ किनकी बच्चाहरु एउटा ठाउँमा सिमित हुन चाहदैनन् l साथै यसले तपाईंको ठुलो बच्चाको झोला अटाउन मद्दत गर्नेछ l तपाईंको फोनहरु चार्जमा राख्नुहोस्: यदि त्यो एउटा लामो यात्रा हो भने, बच्चा विचलित हुने सम्भावना हुन्छ र उडानमा तपाईंले बच्चालाई भुलाउन तपाईंले गर्न सक्ने धेरै कुरा हुदैन l त्यसैले मोबाइल चार्जमा राख्नुहोस् ताकी त्यसले तपाईंको बच्चालाई एकछिन मनोरंजन दिन सक्छ l उडानको समय मिलाउने: तपाईंको बच्चा कहिले सुत्छ तपाईंलाई थाहा हुन्छ l त्यसैले यदि सम्भव हुन्छ भने आफ्नो टिकटहरु यसरी काट्नुहोस् कि तपाईको यात्राको मुख्य समय बच्चाको सुत्ने समय हुन्छ बोर्डिंग गर्नु अघि बाथरुम: तपाईंले उडान भर्नु अघि आफ्नो बच्चालाई बाथरुम लान कोशिश गर्नुहोस् l यदि तपाईंको बच्चा डायपरमा छ भने बोर्डिंग अगाडी नयाँ फेर्न निश्चित गर्नुहोस् l धैर्यता: जहिले शान्त रहनुहोस् र आफ्नो बच्चालाई केही क्रियाकलापमा संलग्न गराउन कोशिश गर्नुहोस् 
महिनावारीले अवश्य दुख्छ तर त्रासको कारण त्यहि हो त ? यदि तपाईंले मेनोफोबिया पुरुषको डर हो भनेर सोच्नुभयो भने, फेरी सोच्नुहोस् !  जब महिलाहरु जवान हुन्छन् तब महिनावारी सुरु हुन्छ । यहि समय हो जब शरीरमा हार्मोनल परिवर्तन हुन्छ अनि प्रकृतिले केटीलाई महिलापनको लागि तयार पार्छ । रगत बग्दा धेरै मुड स्विंग, पेट दुखाइ, खुट्टा सुन्निनेले गर्दा महिनावारीको सुरुवात संकटग्रस्त हुनसक्छ । यो समय यस्तो हो जब महिलालाई सान्त्वना चाहिन्छ अनि शिक्षा दिनुपर्छ, किनकी यो भयानक अनुभव हुन्छ । सामान्यतया यो परिवर्तन हुने चरणमा परिवारको आमा र बुढो महिलाले केटीको पूर्ण रुपले ध्यान राख्छन् । कोही महिलाको लागि महिनावारीको प्रारम्भिक अनुभव नराम्रो भएको हुन सक्छ त्यसैले उनीहरु ती ४ दिन डराउँछन् अनि यो डर त्रासमा परिवर्तन हुन्छ- मेनोफोबिया ! अलग अलग कारण हुन सक्छ । कसैको लागि दुखाइ मेनोफोबियाको कारण हुनसक्छ भने अरुको लागि कपडामा लागेको रातो दागको सम्झनाले हुन सक्छ । मेनोफोबियामा, महिनावारी सुरु हुनु अगाडी, मान्छेलाई प्रत्याशित चिन्ता हुन्छ अनि जन दुखाइ सामान्य हुन्छ त्यो १० गुणा धेरै जस्तो महसुस हुन्छ ।  यसले अत्त्याउँछ अनि भय हुन्छ जुन पुरा तरिकाले मनोवैज्ञानिक हो तर संकटग्रस्त र डरलाग्दो हुन्छ । महिनावारी जस्तो प्राकृतिक कुराको डर र दुखाइलाई हटाउन परामर्श र नदुख्ने औषधि खायो भने मद्दत गर्छ । चिकित्सामा यहि नै दोहोर्याइन्छ । महिनावारी पुरा तरिकाले प्राकृतिक प्रक्रिया हो अनि यदि महिनावारीको रगतको भय छ भने बिस्तारै महिलाले यो प्राकृतिक शरीर प्रकार्य हो जसले महिलापन हुनको लागि ठुलो भूमिका खेल्छ भनेर स्वीकार गर्छ ।
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
तौल व्यवथापनको लागि प्रमुख १० तरिकाहरुतरिका १ : शान्त बसेर योजना बनाउनुहोस् आफ्नो ओजनको बारे आत्तिन पर्दैन l यसले थप चिन्ता बढाउने छ र आफ्नो लक्षमा बाधा पुर्याउन सक्छ l आफ्नो लक्ष हाँसिल गरेको सम्झनुहोस् र यसलाई दिगो रुप दिन सक्नुहुन्छ भन्ने सोच्नुहोस् l एक पटकमा एक दिनलाई ग्रहण गर्नुहोस् l यो योजनालाई कसरी कायम गर्ने भन्ने नसोच्नुहोस् l केबल अर्को दिनलाई मात्रै ध्यानमा राख्नुहोस् l तरिका २ : स्वास्थ्य पत्रिका आफ्नो आहार र ब्यायामको सैलीलाई लेख्नको लागि एउटा पत्रिका राख्नुहोस् l आफुले खाएको कुरा लेख्नुहोस्, खानाको योजना गर्नुहोस्, पर्याप्त रुपमा पानीको सेवन गर्नुहोस् र कसरत गर्ने तालिका बनाउनुहोस् l २१ दिन कुनै कार्य गर्दा तपाईंले यसलाई बानीको रुपमा ढाल्न सकिने कुरा तपाईंलाई थाहा थियो ? यो अभियास गर्नुपर्छ भनेर भन्दा पनि आफुलाई राम्रो गर्छ भनेर गर्नुहोस् l क्रमसरुपमा यो तपाईंको आफ्नो हिस्सा बन्ने छ l तरिका ३: स्वास्थ्य रहनु जीबनभरको कमाई हो मान्छेले गर्ने सबै भन्दा ठुलो गलती चाहिं एक पटक वजन कम गरेपछि पुरानै खाने शैलीमा जान सकिने सोच्नु हो l तपाईंको स्वाथ्य सदाको लागि तपाईंको साथमा रहन्छ l आफ्नो दृष्टिकोण ‘ मैले पातलो बन्नु छ ‘ बाट ‘ मैले स्वास्थ्य रहनुपर्छ ‘ भन्नेमा परिवर्तन गर्नुहोस् l सन्तुलित शारिर हेतु, यसो गर्नाले स्वास्थ्य रहनको लागि सहज हुनेछ l तरिका ४: यथार्थबादी बनौं आफ्नो जीबनसैलीलाई योजना गर्दा अबास्तविक लक्ष्यहरु राख्नु हुँदैन l यो पनि एक कारण हो जहाँ वजन-प्रशिक्षकहरूले वजन घटाएर यसलाई दिगो पन दिने तरिका भनेको यसलाई आफ्नो ‘ जीबन बनाउनु ‘ भन्छन् l सही खाना, आरामदायी सुताई, र पर्याप्त पानी पिउनु l यी तीनको राम्रो पालना गरेमा सही वजन प्राप्त हुन सक्छ l यदि तपाईंको ‘केक वा पेस्ट्री ‘ नखाने वा ‘ पिउन छाड्न ‘ भन्ने कुनै नियम लगाउनु भएको छ भनें त्यसको बारेमा पुनःबिचार गर्नुपर्छ l के तपाईं कहिल्यै पनि मिठाई खाने योग्य बन्नु हुने छैन ? प्रारम्भिक लक्ष्य भनेको सन्तुलन बनाई मध्य मार्गको चयन गर्नु हो l तरिका ५: आफ्नो वजन ढाँचाको बिचार पाउनुहोस धेरै मानिसहरुले आफ्नो आदर्श वजन हाँसिल गरेपछि आफ्नो शरिरको तौल लिन छाड्छन् l उनीहरुलाई वजन लिने काम मोटा मानिसहरुको लागि मात्रै हो भन्ने लाग्छ l त्यस्तो मनोवृत्ति बोकेका मानिसले स्वास्थ्य शरीर हैन तर पातलो शरीरको कामना गरेका हुन्छन् l तपाईंको वजन भनेको तपाईंको रुपलाई जाँच गर्ने कुरा हैन तर स्वास्थ्यको परिणाम हो l तसर्थ साप्ताहिक रूपमा वजन जाँच गर्न नबिर्सनु होला l हरेक हप्ता आफ्नो वजनको रिपोर्ट राख्नुहोस् र अस्वभाविक परिवर्तनहरुको कारणको खोजी गर्नुहोस् l तरिका ६: तपाईंको सीमितता स्विकार्नुहोस् र त्यसबाट सिक्नुहोस् सबैका राम्रो र नराम्रो पक्ष हुने गर्छ । यदि तपाईंले कुनै दिन सोचे भन्दा धेरै खानु भयो भनें त्यसमा निराश वा क्रोधित हुनुपर्दैन । गल्ती सबैबाट हुन्छ । शरीरको वजन कायम गर्ने अन्तिम पल पनि होईन । यो एक गडबड मात्रै हो । यसबाट सिक्नुपर्छ । यसको कारण तत्व बुझेर अर्को पटक बेग्लै ढंगले प्रस्तुत हुनुहोस् । तरिका ७: प्यास र भोक तपाईंको शरीरले तपाईंलाई प्यास र भोकमा झुक्याउने गर्छ l त्यसैले भोजन गर्ने  बित्तिकै भोक लाग्यो भनें पानी पिएर हेर्नुहोस्, सायद आराम महशुस हुनसक्छ l आराम नभएको खण्डमा हल्का खाजाको सेवन गरे हुन्छ l तरिका ८: आफैलाई प्रेरित गर्नुहोस् वजन रखरखाव मुख्यत: एक मनोवैज्ञानिक कार्य हो l आफ्नो आदर्श वजन प्राप्त गर्ने दौडानमा स्वास्थ्य रहन चाहिने कुराको अनुभूत हुन्छ l अब तपाईले स्वास्थ्य जिबनलाई बाधा र अर्चना गर्ने कुराहरुलाई त्याग्नु पर्छ l ती मानिसको संगत गर्नु जो वजन कायम गर्नमा लागिपरेका हुन्छन् l रनिंग क्लबको हिस्सा हुनु वा स्वास्थ्य विद मित्रको संगतमा रहनु l तरिका ९: भौतिक तत्वलाई संकल्पले बसमा राख्नुहोस् आफ्नो भोजन सैलीलाई सन्तुलन गर्नुहोस् l बिहानको भोजनको सट्टा स्वास्थ्य खाजा खाएर बेलुका को खानामा कटौती गर्नुहोस् l तपाईंलाई मिस्ठानको तिर्सना हुनसक्छ र त्यो अवस्थामा तपाईं मूल खानाको रुपमा सलादको सेवन गरेर अन्त्यमा मिस्ठान लिंदा हुन्छ l के खाने भन्ने बारेमा आफुसँग कुरा गर्नुहोस् l तपाईं साँचिकै भोक लागेर खाँदै हुनुहुन्छ वा त्यतिकै भन्ने प्रश्न आफैलाई गर्नुहोस् l खाना खाएपछि तपाईंलाई कस्तो महशुस हुने छ l तरिका १०: आफ्नो उपलब्धिलाई मनाउनुहोस् अन्त्यमा आफ्नो वजन रखरखाव कार्यक्रमको गर्व गर्नुहोस् l आफुले आफ्नो गन्तब्यमा पुग्नको लागि चालेको कदममा गर्व गर्दै यस्तै गन्तब्य बोकेका मानिसहरुको सेवा गर्नुहोस् l आफ्नो शरीरलाई अंगमाल गरेर आगामी आउने बर्षको स्वस्थ जीबनको लक्ष्य राख्नुहोस् l
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
औलो (मलेरिया) परजीवीबाट लाग्ने रोग हो जसले उच्च ज्वरो, जाडोले काम्ने, साँझ शरीरको तापक्रम बढ्ने, फ्लू- जस्तो लक्षणहरू र रक्त अल्पत्ता वा एनीमिया गराउँदछ । भारतलाई औलोको कारणले दोस्रो उच्च संख्यामा मृत्यु हुने देशको रुपमा लिइन्छ । उडिसा, छत्तीसगढ, उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड र दक्षिण कर्नाटकलाई भारतमा सबैभन्दा धेरै औलो हुने ठाउँहरु हुन् ।कारणहरू औलो परजीवीको कारणले लाग्दछ जुन संक्रमित लामखुट्टेहरू - जसलाई एनोफिलिस भनिन्छ, ले टोकेर एकजना मानवबाट अर्कोमा सर्दछ । यो गर्भावस्थाको बेलामा आमाबाट बच्चालाई सर्न सक्दछ । लक्षणहरू  यसको पहिलो लक्षण सामान्यतया संक्रमण भएको १० दिन देखि ४ हप्ता सम्म हुन्छ, तर ८ दिन चाडैँ वा ४८ देखि ७२ घण्टाको चक्रमा संक्रमण पछि एक वर्षसम्म देखा पर्न सक्छ । ज्वरो: विशेषगरी साँझको समयमा शरीरको तापक्रम, चिसो वा काम्ने, पसीना आउने, वान्ता वाक वाक लाग्ने, जोर्नी दुख्ने, मांसपेशी दुख्ने र टाउको दुख्ने बढ्न सक्ने औलोको बलियो लक्षण हो । गम्भीर लक्षणहरू: रक्तअल्पत्ता वा एनीमिया, काम ज्वरो, खराब दिसाहरू, कमलपित्त वा जन्डिस, कोमा । निदान वा डायगनोसिस: संकेत र लक्षणहरूमा आधारित । डाक्टरद्वारा शारीरिक परीक्षण गरेर गरिन्छ- कलेजो वा फियो बढ्न सक्छ । परीक्षण: छिटो औलोको परीक्षण । औलोको औषधि ६-१२ घण्टाको अन्तरालमा, निदानले पुष्टि गरेपछि ज्वरो आएको समयमा लिइन्छ । उपचार: डाक्टरलाई देखाउनुहोस् । औलो निको पार्ने औषधि-   चोलोक्वाईन्स (सामान्यतया प्रयोग गरिने)। जटिलताहरू: श्वास प्रश्वासमा समस्या, फोक्सोमा पानी वा पीप जमेर सुन्निने, हेमोलिटिक रक्तअल्पत्ता- रक्त कोशिकाहरुको विनाश, कलेजो वा मृगौलाले काम नगर्ने, मेनेन्जाईटिस । रोकथाम: उचित सरसफाई र लामखूट्टेको उत्पादन रोकथामद्वारा लामखुट्टेहरुको- टोकाइलाई हटाउनुहोस्, लामखुट्टेबाट बच्ने कुराहरुको प्रयोग गर्नुहोस, हात र खुट्टाहरु ढाक्ने सुरक्षित कपडाहरु लगाउनुहोस्, झ्यालहरुमा पर्दाको प्रयोग गर्नुहोस । सवारी साधनका यात्रीहरू र गर्भवती महिलाहरूले औलो निवारण औषधिहरु लिनु पर्दछ  
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भन्ने बुझाउँछ l यौनमा संलग्न हुनु एउटा आनन्ददायी कुरा हो l यसबाट रमाइलो गर्ने सबभन्दा राम्रो तरिका गर्भवती हुने डर नभई यसमा संलग्न हुनु हो lसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
के यौन असन्तुष्टिले तपाईको मानसिक स्वास्थ्यमा तनाव गराउँदैछ ? जब जर्ज माइकलले गुनगुनाए “यौन प्राकृतिक हो, यौन राम्रो हो, म तपाईको यौन चाहन्छु,” के उनी एउटा भन्न नहुने कुरा गरे ?एक सुन्दर संसारमा, यो पूर्ण आनन्द र राम्रो सुनिन सक्छ तर वास्तविकतामा यौन सम्बन्ध गर्नुलाई एक निषेधित विषय मानिन्छ, जुन केवल अविकसित देशमा मात्र नभएर विकसित देशमा पनि नकारिन्छ । त्यसको माथी यौन सम्बन्धको असन्तुष्टिका प्रभावहरू जोड्नुहोस्, जुन पनि नकारिन्छ । जब एक जोडीले आखिरी पाइला चाल्ने निर्णय लिन्छन्, सामान्य विषयहरू जस्तै यौन अनुकूलता, सन्तुष्टि, आवृत्ति, निषेध, आदिको चिन्ता हुन्छन् । यदि तपाईंको आफ्नो पति वा साथी असन्तुष्ट हुनुहुन्छ भने के गर्ने ? यदी उनले यसलाई सुखद रुपमा अनुभव गर्दैनन् भने के गर्ने ? यी प्रश्न प्राय कुनै पनि सम्बन्धमा उत्पन्न हुन्छ र यो हुनु साधारण हो, तर के हुन्छ जब यी चिन्ता प्राय वास्तविक कुराहरूमा परिणत हुन्छन् ? असन्तुष्टताले तपाईंको मानसिक स्वास्थ्यमा हानी गर्छ । हो, तपाईंको मानसिक स्वास्थ्यले दुख पाउँछ, तपाईंको असन्तुष्टतालाई धन्यवाद । प्रत्येक पार्टनरसँग केही आशा हुन्छ जुब यौन सम्बन्धको कुरा आउँछ, र ती अपेक्षाहरू पुरा हुँदैन भने, असन्तुष्टता सुरु हुन थाल्छ । सामान्यतया, जब एक व्यक्ति यौनबाट सन्तुष्ट छन भने, तिनीहरु सधैं राम्रो मान्सिक स्थितिमा हुन्छन्, तर जब तिनीहरू असन्तुष्ट हुन्छन्, वरिपरिका मान्छेहरु सँगको तिनीहरूको व्यवहार ओरालो लाग्छ । त्यो मात्र होइन, उनीहरूको निराशा र तनाब बढ्छ र उनीहरूको मानसिक स्वास्थ्य र उनीहरूको सम्बन्धमा पनि दख्ल लगाउँछ् । धेरै पटक जब जोडी नमिल्दो हुन्छन्, उनीहरू यसको बारेमा कुरा गर्नुको सट्टा चुप लाग्ने निर्णय गर्छन् । यसले उनीहरूको मानसिक स्वास्थ्यमा दख्ल लगाउँछ, जुन त्यसपछि तनावमा परिणत हुन्छ र यसले उदाशिनता वा अझै नकारात्मकता बडाउँछ । पुर्व उल्लंघनको समझना र त्यसपछिको पश्चतापले यौन असन्तुष्टी लेराउन सक्छ, जसले कुनै पनि सम्बन्धलाई बनाउन वा बिगार्न सक्छ । एक व्यक्ती यौन असन्तुष्ट हुनुका अनेक कारणहरू छन्, यौन असफलताको कारण, कम सहनशीलता, यौन अभिविन्यास वा अन्य कारण! समस्या स्वीकार गर्नुको सट्टा प्राय मानिसहरु लागूपदार्थ, शराब, वा निर्भरताका लागी अरूमाथी पनि भर पर्न सक्छन्, जसले मानसिक साथ साथै हार्मोनल असंतुलन पनि ल्याउँछ । अधिकांश व्यक्तिलाई यौन असफलताको बारेमा सोध्दा यसको सामना गर्नु भन्दा लजाएर भाग्छन्, किनकी उनिहरु यसबारे लज्जित छन र यसबारे कुरा गर्न डराउँछन् । तथापि, उनीहरूलाई के थाहा छैन कि यसबारे कुरा नगर्नाले उदाशनिता, डर, निर्भरता, र अचानक नराम्रो बोली फुट्ने हुँदा सम्बन्ध बिग्रिने जस्ता समस्याहरूको नेतृत्व गर्दछ जुन केवल आफ्नो पति वा पार्टनरसँग मात्र नभै, आफ्नो परिवार र साथीहरु संग पनि हुन्छ । यौन असफलता अक्सर उदाशनिता को मुख्य कारण हो, जुन, यदि उपचार गरेन भने, अन्य समस्याहरु लाई भित्र्याउन सक्छ । त्यसैले यदि तपाई यौन असफलताबाट पीडित हुनुहुन्छ र अधिक मानसिक पीडामा हुनुहुन्छ भने, तपाईंको पार्ट्नर सँग खुलस्त रुपमा कुरा गर्न वा आफ्नो चिकित्सकको सल्लाह लिनु जहिल्यै उपयुक्त हुन्छ । रोकथाम सधैं उपचार भन्दा राम्रो हुन्छ ! कसैसँग यो कुरा गर्दा तपाइँलाई आफ्नो मानसिक तनाव घटेको महसुस हुनसक्छ र यसको परिणाम तपाईंको व्यक्तिगत सन्तुष्टि हुनेछ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न