होम
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरुले दिन सक्दैन ।संगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
राम्रो शारीरिक सरसफाई सफल हुनको लागि मात्र नभएर स्वास्थ्यको लागि मात्र महत्व छ l कसैलाई उसको रुपले प्राय मुल्यांकन गरिन्छ l आफैलाई सफा गर्ने र श्रिंगार गर्नाले रुप बदल्न सक्छ र नयाँ आत्मविश्वास दिन सक्छ l अनावश्यक शरीरको कपालबाट मुक्त हुनुहोस्: तपाईंको कान, पिठ्यु, काखी वा आँखीभुइँहरु बीचको कपालले पटक्कै आकर्षित गर्दैन l यदि तपाईसँग तिनीहरु छन् भने, कपाल हटाउने जेल प्रयोग गर्नुहोस् वा बिस्तारै वाक्स लगाउनुहोस् l नाकका कपालहरु समय समयमा ट्रिम गर्न सकिन्छ ताकी त्यो देख्न सकिदैन l काखीका कपाल कि त वेक्स गर्न सकिन्छ वा रेजरले हटाउन सकिन्छ l पिठ्युको कपाल पनि राम्ररी वेक्स गरेर हटाउन सकिन्छ l राम्ररी सेभ गर्नुहोस्: यदि सुहाउँछ भने, दाह्री राख्नुहोस् तर त्यसलाई नियमित ट्रिम गर्नुहोस् l यदि तपाईं दाह्री चाहनुहुदैन तर जुँगा मात्र चाहनुहुन्छ भने त्यसलाई पनि मिलाउने काम गर्नु आवश्यक हुन्छ l आफैलाई सफा सेभ गरेको अवस्थामा राख्नुहोस् यदि तपाईं अगाडी भनिएझैँ शैलीहरु सहजै व्यवस्थापित गर्न सक्नुहुदैन l गन्हाउने स्वासबाट मुक्त हुनुहोस्: गन्हाउने स्वासले तपाईंलाई समस्यामा सजिलै पार्न सक्छ विशेषगरी कार्यलयको प्रस्तुतिहरु, ग्राहक भेटघाट वा तपाईंको गर्ल फ्रेन्डसँगको निजी भेटघाटमा पनि l यो समस्याबाट मुक्त हुन माउथ वासहरु प्रयोग गर्नुहोस् र प्रत्येक खानापछि फ्लस गर्नुहोस् l माउथ फ्रेस्नरहरु पनि उपयोगी हुनसक्छन् त्यसैले जुनैबेला पनि छन् भन्ने निश्चित गर्नुहोस् l नियमित दाँत माझ्नुहोस्: लाजमर्दो अवस्थाहरुबाट बच्न पनि दिनमा दुईपटक दाँत माझ्ने र फ्लोस गर्ने दैनिकी बनाउनुहोस् l आफ्नो नंगहरु काट्नुहोस् र सफा गर्नुहोस्: लामो नंगहरु केटीहरुमा सुहाउँन सक्छ तर तिनीहरु केटाहरुमा सुहाउँदैनन् l पुरुषहरुले आफ्नो नंगहरु सानो राख्नुपर्छ र जहिले ट्रिम गर्नुपर्छ l तिनीहरुलाई राम्ररी काट्न नंगको क्लिपरहरु प्रयोग गर्नुहोस् र सफा गर्न क्लिनरहरु प्रयोग गर्नुहोस् l आफ्नो छालाको हेरचाह गर्नुहोस्; एउटा राम्रो घामबाट र सुख्खाबाट बच्नको लागि राम्रो लोसनहरु खरिद गर्नुहोस् र फेसवास र नुहाएपछि जहिले प्रयोग गर्नुहोस् l यसले तपाईंलाई एउटा राम्रो चम्किलो छाला दिनेछ l नियमित कसरत गर्नुहोस्: एउटा राम्रो शरीरले कसैको पनि ध्यान खिच्न सक्छ l सक्रिय र स्वस्थ रहन स्वस्थ खाना खानुहोस् र नियमित व्यायाम गर्नुहोस् l शरीरको दुर्गन्धबाट मुक्त हुनुहोस्: शरीरको दुर्गन्धबाट मुक्त हुन अत्तरको सट्टा, डियोडेरेन्टहरु र टाल्कम पाउडरहरु प्रयोग गर्नुहोस् l काखीको लागि, आफुसँग जहिले रोल गर्ने डियो राख्नुहोस् र नियमित लगाउनुहोस् l यदि समस्या रहिरहन्छ भने मद्दतको लागि एउटा डाक्टरसँग परामर्श लिनुहोस् l राम्रो फिट हुने कपडा लगाउनुहोस्: फिट नभएको वा खुकुलो कपडा लगाउनाले तपाईं भएको भन्दा बुढो देखाउनेछ l तसर्थ, तपाईंलाई राम्रो फिट हुने लुगा लगाउनुहोस् l आफ्नो आसन सच्याउनुहोस्; हिड्दा, उभिंदा वा बस्दा पनि पिठ्यु सिधा बनाउनुहोस् l यसले तपाईंलाई राम्रो आसन दिनेछ l तपाईं बढी सुन्दर र मनमोहक देखिनुहुनेछ l श्रृंगार महिलाको लागि सामान मात्रै हैन l यो सबै आफ्नो लागि हेर्नुबारे हो l त्यसैले पुरुषको लागि आफैले गर्ने श्रृंगार बुझ्न पढ्नुहोस् l यी केही तरिकाहरु थिए जसले तपाईंलाई आफ्नो लागि राम्रो देखिन मद्दत गर्न सक्छ र साथै अरुभन्दा राम्रो हुने मौका दिन्छ l त्यसैले तिनीहरु अहिलेनै लागु गर्न कोशिश गर्नुहोस् !
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ ।बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गायब गर्दिन सक्छ । तथापि चिन्ता गर्नुभन्दा राम्रो कार्य थाल्नु हो, किनकि धेरैजसो समय यी गाँठोहरू क्यान्सर हुने खालका हुँदैनन् ।विगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
बच्चाहरू धेरै अचम्मका प्राणीहरु हुन् ! तिनीहरूका बारेमा हामीले केहि चिन्ता गर्नु पर्दैन । नीलो- आँखाको आश्चर्य:  धेरैजस्ता बच्चाहरु नीलो आँखा लिएर जन्मिएका हुन्छन् । जन्मको समयमा आँखाको रङ्गको निर्णय गर्ने मेलानिन रङलाई विकसित भएको हुदैँन । त्यसैले बच्चाहरु आनुवंशिक मेकअपको बिरुद्ध नीलो/ हल्का आँखाहरु भएर जन्‍मिएका हुन्छन् । बच्चाहरु ६- ७ महिना भएको उमेरमा, वर्णहरू विकास हुन सुरु हुन्छ र बच्चाको आँखाको रंग आमाबाबुको आनुवंशिक मेकअप अनुसार परिवर्तन हुन्छ । जीवनको लागि चिन्ह:   प्रत्येक तीन शिशुमा एकजना जन्म चिन्ह लिएर जन्मिएको हुन्छ ! कुनै आँसु हुदैँन:   त्यो सत्य हो ! नयाँ जन्मिएका बच्चाहरूले कुनै आँसु बगाउँदैनन् । लार्किमल डक्ट र आँसुका ग्रन्थिहरू राम्रोसँग विकसित भएका हुन्छन् तर तिनीहरूले चिप्लोपनाको लागि मात्र पर्याप्त आँसूहरू उपलब्ध गर्दछन् । वास्तविक आँसुहरु एक महिनाको उमेरपछि देखा पर्न सुरु हुन्छ । घस्रने चमत्कारहरू:   नयाँ अनुसन्धानले पत्ता लगाएको छ कि बच्चाहरू जन्मने बित्तिकै घस्रन सक्छन् । तिनीहरु कहिले बाँकी रहन्छन् भनें, तिनीहरू आफ्नो हात खुट्टाहरू प्रयोग गर्न केही सक्षम हुन्छन् र तिनीहरुको खानाको लागि बाटो खोज्छन् उदाहरणका लागि आमाको स्तन । हामीलाई लाग्छ कि तिनीहरू साना असहाय जीवहरु हुन् ! तापक्रमको संवेदनशीलता:   बच्चाहरु तापक्रम परिवर्तन र शरीरको तातोमा धेरै संवेदनशील हुन्छन् । हुनत बच्चाले चिसो पार्नको लागि कपडाहरु फ्याल्न सक्दैन, यी अन्य चीजहरु गर्नकोलागि चलाख छ । जब बच्चालाई चिसो हुन्छ, उ वरिपरि बढि सर्नेछ र यदि यो धेरै तातो छ भने उ घाममा नुहाएको जस्तैगरि अझै सुतेर बस्न सक्दछ । छुने थेरापी:   छुनु बच्चाहरु, अपरिपक्वहरुमा पनि हुने सबैभन्दा धेरै विकसित संवेदना हो । छुने अनुभुति मुख सबैभन्दा संवेदनशील बनि टाउकोदेखि खुट्टाको औंलासम्म विकास हुन्छ । तिनीहरूले आफ्नो मुखमा सबै चीज राख्दा कुनै आश्चर्य हुने छैन । छोटो- दृष्य:   बच्चा जन्मेको बेलामा छोटो दुरीमा मात्रै देख्ने हुन्छन् । तिनीहरूको दृष्टि ८ देखि १२ इन्च सम्मको सीमामा रहेको हुन्छ । यदि तिनीहरू यो सीमा भित्र छन् भनें, तिनीहरूले मानिस र वस्तुहरूलाई स्पष्ट रूपमा हेर्न सक्छन् । मस्तिष्कको आकार: नवजात शिशुहरुमा मस्तिष्क यस्तो दरमा बढ्छ कि पहिलो वर्षको अन्त्यसम्ममा, मस्तिष्क जन्मेको आकारको भन्दा दोब्बर हुन्छ र यसको अन्तिम आकारभन्दा आधा हुन्छ ! पाल्मर समात्ने:   नयाँ जन्मिएका शिशुहरूको बाँदरले जस्तो बलियोसँग समात्न सक्ने हुन्छ । बच्चाहरु धेरै बलियोसँग समात्छन् कि यदि तपाईंले तिनीहरूलाई एउटा हातमा झुण्ड्याउनुभयो भनें, तिनीहरू आफ्नो तौल समर्थन गर्न थाम्न सक्दछन् । यो सम्भवतः शुरुको बाँच्ने स्वभाविक प्रवृत्तिबाट शुरु भएको हो । यो बलियोसँग समात्ने क्षमता केही महिना पछि घट्छ । स्वादको तन्तु:   बच्चाहरुको जिब्रो वरिपरि र माथि र छेउ छेउमा लगभग १०,००० भन्दा धेरै स्वादका तन्तुहरु रहेका हुन्छन् । तिनीहरू हुर्कदै जाँदा, यी अतिरिक्त स्वादका तन्तुहरू हराउँछन् ।
जहाँसम्म बच्चाको हेरचाहको कुरा छ, सबैकुरा उनीहरुको घरमा र घर बाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा ध्यान दिइनुपर्छ lबच्चाहरु हेरचाह गर्ने एउटा महत्वपूर्ण काम हो l सबैजनाले बच्चाहरुलाई माया गर्ने र हेरचाह गर्ने अनि रक्षात्मक वातावरणमा हुर्काउने चाहना राख्छन् l विकासको सुरुवाती चरणहरुमा हेरचाह र ध्यान आवश्यक पर्छ l जब बच्चाहरुको कुरा आउँछ घरभित्र र घरबाहिर स्वास्थ्य, सरसफाई र सुरक्षा महत्वपूर्ण हुन्छ l यहाँ सबै अभिभावकहरुको लागि सहयोगी तरिकाहरु छन्:  आफ्नो शिशुहरुलाई मसाजले पोषण दिनुहोस् l सही तरिका सिक्नुहोस् वा एउटा व्यावसायिकबाट गराउनुहोस् l यो मांसपेशीहरु बलियो बनाउने र बच्चासँग सम्बन्ध बनाउने राम्रो थेरापी हो l धेरै लामो समयसम्म रुँदा अभिभावकहरुलाई दिक्क बनाउछ l प्राय निकै लामो समयसम्म रुनुले पेटको दुखाइ हो भन्ने सुझाव दिन्छ l यो बच्चाहरुमा एकदम साधारण समस्या हो, अपरिपक्क ग्यास्ट्रिक प्रणालीको कारणले l चिन्ता नगर्नुहोस् l औषधीहरु साथमा राख्नुहोस् र तपाईंको बच्चाको डाक्टरको सल्लाह अनुसार खुवाउनुहोस् l घिस्रिने बच्चाहरु प्राय बोक्नु भनेर जिद्दी गर्छन् यद्दपी उनीहरुलाई हिड्न आउँछ l तिनीहरुलाई आरामदायी तरिकाले बोक्न निश्चित गर्नुहोस् l बच्चालाई डायपर लगाउनु पनि एउटा सिप हो जुन राम्ररी गरिनुपर्छ विशेषगरी जब बच्चा शान्त नबस्ने छ l पछाडी ढाडमा सिधा राखेर बोक्नाले सजिलो बनाउँछ l आमाबुवाहरु त्यस्तो काम अभ्यासले सहजै गर्न बानी परेका हुन्छन् l प्राय बच्चाहरुलाई आमाको दुध खुवाउने बाट खानेकुरा खुवाउने बीचको समय कठिन हुन्छ l डाक्टरहरुले सल्लाह दिए अनुसारको खुवाउने रणनितिहरु विचार गर्नुहोस् l हतार नगर्नुहोस् l बिस्तारै गर्नुहोस् l केही सुरक्षा तरिकाहरु: औषधीहरु, डीटर्जेन्टहरु, केमिकलहरु आदि बिर्को बन्द गरेर लक गरेर कन्टेनरहरुमा केटाकेटीहरुले नभेट्नेगरि राख्नुहोस् l बच्चालाई नुहाउनु अगाडी नुहाउने पानी राम्ररी जाँच गर्नुपर्छ l पानीको टब अथवा कुनै पानीको श्रोत नजिकै बच्चालाई एक्लै नछोड्नुहोस् l कुनै अग्लो कुर्सीमा बच्चालाई नछोड्नुहोस् खसेर, उफ्रेर अथवा चिप्लिएर हुने चोटपटकबाट बच्नको लागि l विष, घाउ, आगोको जलन र निस्सासिने जस्ता दुर्घटनाबाट बच्नको लागि सबै चक्कु, सलाई र प्लास्टिक झोलाहरु बच्चाहरुबाट पर राख्नुहोस्
जस्तै दिमागले चाल-ढाललाई असर गर्छ त्यस्तै गरि चाल-ढालले दिमागमा असर गर्छ ।अनि उहाँहरुले तपाईलाई के भनेका छन् ?  केवल शाररिक रुपमा आकर्षक मान्छेलाई आत्मविश्वासी हुन अधिकार छ ? त्यो कि तपाईमा छ या छैन ? यो बुझौं, सबै कुरा र हरेक कुरालाई आत्मविश्वास चाहिन्छ । गाडी चलाउने देखि काम गर्ने देखि होस् या डेटमा जानु होस्, आत्मविश्वासले परालबाट गहुँ छुट्टाउँछ । तपाइले के सम्झनु पर्छ भने दिमागले चाल-ढाल बदल्छ । विपरीतमा यदि तपाइले चाल-ढाल बदल्नु हुन्छ भने त्यसले दिमागमा पनि असर गर्छ । मि. हंच्डड ओभर आफुलाई मन नपराउने यो मान्छे त्यसको उदाहरण हो । यो संसार उहाँको लागि सबै भन्दा खतरनाक हो । उहाँले हिंडेको तरिका हेर्नु । कुम्भ र टाउको तल राखेर, खुट्टा घिसारेर हिड्दै हुनुहुन्छ । श्री हंच्ड ओभर बोल्ने बेला मान्छेहरुको आँखामा हेर्न सक्दैन अनि उहाँको दिमाग जस्तै उहाँको हात मिलाउने तरिका पनि अल्छि लाग्दो छ । उहाँले हात बाँधेर बस्छ अनि हरेक समय झुटो बोल्ने बेला नांक बढेको छ कि छैन भनेर नांक छुनु हुन्छ । मिस्टर वाक द वाक एण्ड टक द टक यो मान्छे पहिलोको भन्दा धेरै नै फरक छ । उहाँको हिडाई, व्यवहार र बोलिमा आत्मविश्वास देखिन्छ । उहाँ माथि हेरेर, चिउँडो भित्र हालेर र कुभ माथि राखेर हिड्नु हुन्छ जसमा आत्मविश्वास देखिन्छ ।  यसले उहाँलाई आत्मविश्वास दिन्छ किनकी उहाँको मुद्र दक्षताको लागि बनेको छ । तपाईलाई भन्छु उहाँ रड जस्तो सिधा छैन, यति सिधा हुनुहुन्छ कि उहाँको कान, उहाँको कुभ र कम्मरको बराबर छ । छाति पनि बाहिर निस्केको छ किनकी कुम्भ पछाडी कम्मर तिर छ । यसले गर्दा गहिरो र सजिलोसँग साँस लिन मिल्छ जसले चिन्ता रोक्छ । उहाँको हात मिलाउने तरिका कढा छ । बलियो पकड संकेत गर्नको लागि उहाँले हात मिलाउने बेला अर्को मान्छेको हातमा सहि दबाव दिन्छ । यो कुस्ती खेल्ने ठाउँ होइन, आत्मविश्वास भएको मान्छेले हात मिलाउने बेला सहि बल लगाउँछ । कुरा गर्ने बेला उहाँले अर्को मान्छेको आँखामा हेर्नु हुन्छ, आँखा तरेर होइन तर सामान्य तरिकाले हेर्नु हुन्छ जसले गर्दा आरुलाई टरेको महसुस हुदैन । आफ्नो आँखालाई आराम दिनको लागि उहाँले यता उता हेर्नु हुन्छ । त्यसैले उहाँ साँचो देखिनु हुन्छ, अस्थिर देखिनु हुदैन । हुन लागेको मिस्टर या मिस वाक द वाक हिड्ने बेला संधै आफ्नो कुम्भ पछाडि अनि टाउको माथि राख्नु । तिमी घमण्डी देखिन सक्नु हुन्छ तर यसले तपाइको आत्माबलमा राम्रो हुन्छ अनि तपाईलाई आफ्नो बारेमा राम्रो महसुस हुन्छ । बबाल र आत्मविश्वासी हुन अग्लो मान्छे हुनु पर्दैन तपाई आफ्नो उचाईमा उब्बिनु अनि चमत्कार हेर्नु । बिस्तारै अनि गहिरो साँस लिनु । साँस भित्र लिनको लागि पेटको मांशपेसी प्रयोग गर्नु पर्छ किनकी घाँटीको मांशपेसीले तपाईलाई सानो साँस लिने बनाउँछ अनि साँस फेर्दा तपाईले आफ्नो पेट र करंग बढेको महसुस गर्नु भएन भने तपाईलाई कुप्रो बनाउँछ । ऐनाको अगाडि उब्बेर बोल्ने अभ्यास गर्नु । त्यसले तपाई अरुको अगाडि कस्तो देखिनु हुन्छ त्यो देखाउँछ । भिडियो क्यामेराको अगाडि हिडाईको अभ्यास गर्नु अनि आफ्नो मेटामोर्फसिसको रेकोर्ड राख्नु ।  
तपाईंको दिमागलाई सकारात्मक फ्रेममा राख्न कोशिश गर्नु बेकुफी लाग्नसक्छ l तर फाइदाहरु धेरै हुनसक्छन् lकसैले सही भने, “हामी हाम्रो विचारहरुको कुल जम्मा हौ” l त्यसैले तपाईंसँग जति बढी सकारात्मक विचारहरु छन् वा सोचाइको क्षमता छन्, तपाईंको जीवन यात्राको परिणाम त्यतिनै बढी सकारात्मक हुनेछ l थप सकारात्मक सोच र आफैलाई सशक्त बनाउन यहाँ केही जुक्तिहरु छन्:  एउटा दैनिक सकारात्मक सोच हुने दैनिकीमा हिड्नुहोस् l साधारणतया त्यस्तो समय जब तपाईं ठिक उठ्दै हुनुहुन्छ, अर्थात् आधी जागेको अवस्था आफैलाई सकारात्मक विचारहरु दिन सुरु गर्नु उत्कृष्ट हुन्छ l त्यो समयमा दिमाग सुझावलाई बढी स्वीकार गर्ने हुन्छ l तपाईंले आफ्नो दिमागलाई तपाईंको अवस्थाबारे र तपाईंले आफु र आफ्नो परिवारको लागि के प्राप्त गर्ने आशा गर्नुहुन्छ त्यो बारे खुशी र सकारात्मक विचारहरु भर्न सक्नुहुन्छ l सकारात्मक सोचको राम्रो तरिका सृजनसिल सकारात्मक दृश्यावलोकन हो l एउटा निश्चित समयमा, केवल आफ्नो जीवन आफुले चाहने तरिकामा हेर्नुहोस् l यो दिउँसो कल्पना गर्ने भन्दा फरक छ l सृजनसिल दृश्यावलोकनले तपाईंलाई कार्यको लागि जागरुक बनाउँछ भने दिउँसै सपना देख्ननाले तपाईंलाई चाहेको कुरा सोच्नेमा सिमित गराउँछ l यदि तपाईंसँग आफ्नो जीवनको निश्चित क्षेत्रहरुमा कठिनाइ छ भने, काममा भनौ वा तपाईंको सम्बन्धलाई लिएर, एउटा सकारात्मक परिणाम कल्पना गर्नुहोस् l यसले सकारात्मक नतिजा पाउन तपाईंको दिमागलाई थुप्रै कार्य योजनाहरु बनाउन व्यस्त गर्नेछ l सकारात्मक पुष्टिकरणहरु आफैलाई सबै राम्रो छ भन्ने एउटा महान् तरिका हो l आफैसँग धैर्य रहनुहोस् किनकि तपाईंको दिमागले तपाईंले पुष्टि गर्नुभएको आधा कुराहरु पनि बिश्वास गर्नेछैन l पुष्टिकरणहरु तिनै बारे हुन् l तपाईं के हुनुहुन्छ र के प्राप्त गर्न सक्नुहुन्छ बारे तिनीहरु कथनहरु हुन् जुन तपाईंले आफ्नो दिमागलाई दिनुहुन्छ l सकारात्मक पुष्टिकरणहरुले तपाईंलाई तपाईंको हृदयले वास्तवमै के चाहन्छ त्यसबारे आफ्नो दिमाग रिप्रोग्राम गर्न मद्दत गर्नसक्छ l जान दिनुहोस् l जब तपाईं कुराहरु मानसिक रुपमा जान दिनुहुन्छ त्यति बेलाको सुन्दर आत्मसमर्पणको भावना महसुस गर्नुहोस् l एउटा व्यस्त व्यक्ति भएर तपाईं प्रत्येक अवस्थाको परिणामहरु नियन्त्रण गर्न पुग्नुहुन्छ र तपाईंले आशा गरेजस्तो भएन भने नराम्रो महसुस गर्नुहुन्छ l सम्झनुहोस् कुराहरु समय समयमा नराम्रो हुनसक्छन् l तपाईं जस्तै, जीवन उत्कृष्ट छैन त्यसैले किन अरुबाट उत्कृष्टता आशा गर्ने ? त्यो तपाईले बोकिरहनुभएको भावनात्मक झोला त्यागुहोस् l संसारको बोझ तपाईंको काँधमा रहनु आवश्यक छैन l सामुहिक चेतनाको बारे तपाईंले बुझ्नुपर्छ l त्यस्ता अवस्थाहरु बारे सोच्नुहोस् जब कुराहरु कसैको लागि अत्यन्तै नराम्रो हुनपुग्छ l यो संसारमा ति अभागी व्यक्तिहरुको लागि मौन प्रार्थना पठाउनुहोस् l कोही अपरिचित व्यक्तिलाई प्रार्थनाको खाँचो भैरहेको हुनसक्छ l यो तपाईंमा अनेक तरिकाले फर्कनसक्छ l  कोही अरुलाई सकारात्मक व्यक्ति बन्न मद्दत गर्नुहोस् l यसले तपाईंको सकारात्मक सोचको विश्वास पुनःपुष्टि गर्न मात्र सक्छ l सकारात्मक उर्जा त्यो हो जसलाई प्राकृतिक हिसाबले सबैले खोज्छन् र हामीले हाम्रो जीवनमा नकारात्मक प्रभाव भएकोले हाम्रो साथीहरु र परिवारजनलाई आरोप पनि लगाउन सक्छौ l यो किसिमको विचारले हामीलाई कतै पुराउदैन l त्यसको सट्टा अर्को कुन उत्कृष्ट विकल्प हो त्यसबारे सोच्नुहोस् l तपाईंले कसरी नकारात्मक उर्जा वा अनुभवहरुलाई सकारात्मकमा बदल्न सक्नुहुन्छ त्यसबारे सोच्नुहोस् l सुरुमा तपाईंले प्रतिरोध सामना गर्नुहोला तर सम्झनुहोस् यदि तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईंको स्वामित्वमा सकारात्मकता हुन्छ l
ध्यान प्रमुख रूपमा कसैको मनलाई प्रशिक्षित गर्ने एउटा कार्य हो, कुनै गुणलाई महसूस गर्नको लागि वा आफै स्वयंको रूपमा बुझ्नको लागि एउटा माध्यम हो । यसको उद्देश्य आफ्नै चेतनालाई बढाउने एउटा निश्चित विधा हो । विभिन्न प्रकारको ध्यानमा सचेतना र  ध्वनिमा आधारित ध्यान पनि हुन सक्छ । जबकि धेरै समय अगाडि, ध्यान केहि व्यक्तिहरूका लागि एउटा स्थान थियो, आज यसको लाभको लगातार बढ्दै गएको शोधको साथै ध्यान एउटा एक अभ्यास बनिरहको छ जसले कुनै पनि व्यक्तिलाई अगाडि बढ्न मदत गर्छ । ध्यानको एउटा विशेषताहरू मध्ये एक हो तपाईको भट्कि रहेको मनलाई दबाउनलाई कुनै पनि खालको दबाव दिँदैन । के आवश्यक छ भने तपाई आफ्नो दिमागलाई हेर्नुहोस् र यो यो भट्की रहेको पनि हेर्नुहोस् र विस्तारै यसलाई आराम गर्न दिनुहोस् । यसरी तपाई आफ्नो ध्यानको चरणको अन्तमा कुनै अवशिष्ट चिन्ता बाँकी रहदैन । तीव्र स्मृति:  हामीले दैनिक जीवनमा प्रयोग गर्ने सबैभन्दा महत्वपूर्ण संज्ञानात्मक क्षमताहरूमध्ये हाम्रो स्मृति हो । तपाईको मस्तिष्क र शरीरमा अत्यधिक मात्राको तनावले कार्यस्थल र घरको मागको कारणले गर्दा तपाईको स्मरण गर्ने क्षमतामा नकारात्मक प्रभावको उच्च सम्भावना हुन्छ ।  यो ध्यान जागरुक दिमागमा केन्द्रित हुन सक्छ जहाँ ध्यानको ध्यान एक विशेष शारीरिक संवेदनामा हुने गर्छ । यसले तपाईको दिमागलाई शान्त गर्छ र हातमा मात्र ध्यान केन्द्रित हुन सिकाउँछ, त्यसैले तपाईको दिमाग अधिक तीव्र र चाँडै सम्झन सक्षम हुन मदत गर्छ । तनावसँग सम्झौता गर्ने: तनाव जुनसुकै व्यस्त सहरहरूमा  आफ्नो जीवनको नेतृत्व गर्ने व्यक्तिहरूको लागि मन्त्र हो । अफिसमा हतारमा पुग्नुदेखि डेडलाइनमा काम गर्नुसम्म र थकित भइ घरमा गाह्रो काम तल्लीन भइ आफूलाई खोज्नु प्राय मानिसहरूलाई यो एउटा दैनिक जीवनको शर्त हो । ध्यान तपाईको आफ्नो शरीरको उर्जाको तपाईकै नियन्त्रणमा ल्याएर मजबूत तरिकाबाट तनाबको सामना गर्न दिन्छ र यो तरिकाबाट तपाई उनीहरूलाई प्रभावित ढंगले च्यानलाइज गर्न शक्ति दिन्छ । दुखाइ कम गर्ने पेनकिलरहरू: भर्खरै गरिएको एउटा चिकित्सा अध्ययन, विशेष रूपमा जुन २०१० मां मोन्ट्रियलमा आयोजना गरिएको थियो जसमा देखाएको थियो कि जेन ध्यानको अभ्यास मस्तिष्कको यसतो तरिकाले संरचना गर्छ कि यसको भावना अरु दुखाइसँग लड्ने क्षमता बढाउदै जान्छ । मुख्य रूपमा बौद्ध भिक्षुहरूद्वारा यो अभ्यास गर्ने जेन ध्यानको रूप जुनमा तपाई आफ्नो सास र आसनको बारेमा ध्यान केन्द्रित गरेको हुनुपर्छ र आफ्नो मनलाई विस्तारै विस्तारै शान्त बनाउनुपर्छ । यो तरिकाबाट तपाईले ती पेनकिलरहरूलाई पर राख्न सक्नुहुन्छ र दुखाइ कम गर्न आफू जन्मिदा हुने क्षमतालाई बढाउन सकिन्छ । खुशीको भाग: प्रीफ्रन्टल कोर्टेक्स दिमागको एउटा भाग हो जुन सकारात्मक भावना र भावनासँग सम्बन्धित हुन्छ । ध्यान गर्ने मान्छेको यस क्षेत्रमा धेरैभन्दा पनि धेरै गतिविधि गरेका देखेका छन् । प्रमुख पत्रिकाहरु र शोध संस्थाहरुले डिप्रेशनलाई कम गर्न  र ध्यानमा केंद्रित गरेको छ र यो पत्ता लगाउको छ कि ध्यानले व्यक्तिको आफ्नो जीवनको नियन्त्रण गर्ने महसूसको लागि मदद गर्छ र त्यसैले, डिप्रेशन र नकारात्मक सामना गर्नको लागि भावनाहरू अधिक क्षमताको बनाउने गर्छ तपाईको हृदयको लागि राम्रो: तपाईको हृदयको सुचारु कामको लागि दुई लाभकारी ध्यानका प्रकार छन् जुन हो जेन र ट्रान्सेन्डेन्टल ध्यान हो। ट्रान्सेन्डेन्टल ध्यान, यसको नामको अनुसार,  तपाईलाई चिन्ता ध्यानको मार्फत् आफ्नो चिन्ताहरू पार गर्न मद्दत गर्छ । दैनिक ध्यान गर्नाले ४० प्रतिशत भन्दा बढी स्ट्रोक र हृदयघातको सम्भावना कम गर्न मद्दत गरेको पाइएको छ ।  
सूर्यको अल्ट्राभायलेट विकिरणबाट छालामा हुने क्षति विभिन्न मात्रामा हुन्छ – हल्का जलेको जस्तै हुनेदेखि छाला रातो (रेडनेस) हुनु वा बाह्य छाला मात्र प्रभावित हुने पनि गर्छ । पछिल्लो खालको क्षतिले गर्ने हानीलाई पहिलो मात्राको बर्न भनिन्छ । दास्रो मात्राको बर्नमा छाला सुनिने र फोका उठ्ने गरिन्छ ।सूर्यको विकिरणले गर्दा औषधि, घाममा बस्दा हुने एक्सपोजर र सनस्क्रीनका उत्पादनहरूबाट एलर्जी हुने, दृष्टिमा समस्या आउने वा पुरै हानी पुग्नुको साथै हिटस्ट्रोक हुन सक्छ । समयको लामो अवधिमा, प्राय अवस्थाहरूमा सनबर्नले गर्दा चिसो घाउ, मोतिबिन्दु, छालामा हुने क्यान्सर, र लुपस हुन पनि सक्छ । सनबर्नको जोखिम निम्न कारणहरूबाट हुने गरिन्छ : छालाको प्रकार – सनबर्नको जोखिम र यसको तीव्रता छालाको प्रकारले निर्धारण गरिन्छ । प्राय जोखिममा पर्ने समूहहरूमा त्यसता व्यक्तिहरू पर्छन् जसको त्वचा गोरो छ र जसको छालामा कालो पोतो छ । छालाको रङ्गको बावजूद पनि प्राय सबै प्रकारहरूको छालामा क्यान्सरको जाखिम हुन्छ र सूर्यको किरणहरूको एक्सपोजरबाट बच्न उचित सन प्रोटेक्सन प्रयोग गर्नुपर्छ । मौसम– गर्मीको दिनमा छाला जल्ने (सनबर्न हुने) उच्च सम्भावना हुन्छ । यूभी इन्डेक्स – यो एक विशेष दिनको यूभी प्रकाशको ताकतको पूर्वअनुमानसँग सम्बन्धित छ । यसले गर्दा तपाईले थाहा पाउनु हुनेछ कि तपाईको छालालाई क्षतिबाट बचाउन कस्तो खालको सावधानी अपनाउनुपर्छ । यसलाई ० देखि ११+ को मात्राको अगाडी राखेको छ, जसमा ० मा सबैभन्दा कम एक्सपोजर पर्छ । अक्षांश – जसतो कि तपाई भूमध्य रेखाको नजिकको ठाँउमा जानुहुन्छ भने सूर्यको प्रकाश सिधै वायुमण्डलभन्दा पनि छिटो अगाडि जान्छ । उमेर – जो ६ वर्ष भन्दा कम उमेरका छन् र जो ६० वर्षभन्दा अधिक उमेरका छन् तिनीहरूलाई सनबर्नको अधिक खतरा हुने गर्छ । उचाई – जब तपाई उचाई चढ्नुहुन्छ, सूर्यको किरणबाट हुने गर्ने क्षति अधिक हुन्छ किनभने सूर्यको किरण रोक्ने पृथ्वीको वायुमण्डलको मात्रा कम हुन्छ । लगभग १००० फीटको हरेक उचाईमा, यूभी एक्सपोजर लगभग ४ प्रतिशतले बढ्दै जान्छ । स्थान– यदि तपाई हिउँ, पानी, बरफ, कंक्रिट र सेतो बालुवाको सतहको नजिक जाँदै हुनुहुन्छ भने सूर्यको किरणले तपाईलाई हानी पु¥याउन सक्छ दिनको समय – सूर्यको किरण बिहानको १० बजे र साँझको ४ बजेसम्म मजबुत हुन्छ । बादल लागेको दिन सनबर्न हुने सम्भावना कम हुन्छ तै पनि सूर्यको किरण बादलको बीचबाट हुँदै तपाईको त्वचाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ यी हुन् सूर्यको किरणबाट बच्न सतर्कता अपनाउनुपर्ने केहि कदमहरू : लामो समयसम्म घाममा नबस्नु । सनस्क्रीनको प्रयोग गर्नु र तपाईको पुरै शरिर ढाक्ने गरी कपडा लगाउनुपर्छ । यदि तपाईलाई सूर्यको किरणले गर्दा क्षति पुगेको छ भने यसलाई उपचार गर्ने तरिका तल दिएको छ ।  एक ओभर–द–काउन्टर दुखाइ कम गर्ने : सुन्निएको भागलाई कम गर्न र दुखाइ कम गर्न आइब्रुफिन वा एस्पिरिनको प्रयोग गर्ने एन्टी इन्फ्लामेटरी कन्डीमेन्ट : कोर्टिसोन क्रीम र एलोभेरा सुनिएको भागलाई कम गर्ने दुइ प्रमुख उपाय हुन् । । चिसो पानीले स्नान गर्ने : चिसो तापमानको पानीमा लगभग १० देखि २० मिनेटको लागि नुहाउनुपर्छ । (तर पानी एकदमै चिसो नभएको सुनिश्चित गर्नुहोस्) । यसले गर्दा प्रभावित ठाँउमा दुखाइ र जलाइ कम गराउँछ । कुनै प्रकारको नुहाउने तेल, साबुन र डिटर्जेन्टको उपयोग नगर्नुस् किनभने यसले गर्दा एलर्जी र जलाइ बढ्न सक्छ । नुहाइसके पछि आफै सुकिसके पछि रुमालले रगडेर सफा गर्नुहुँदैन कोल्ड कंप्रेशंन : सम्बन्धित क्षेत्रमा लगभग २० देखि ३० मिनेटसम्म चिसो र तातो कंप्रेशन प्रयोग गर्नुपर्छ । पर्याप्त हाइड्रेशन : तपाईले ८ देखि १२ गिलास पानी पिउनुहुन्छ भनि सुनिश्चित  गर्नुहोस् जसले गर्दा तपाईको त्वचाले सूर्यको किरणले भएको क्षतिबाट केहि राहत पाउन मदत गर्छ । मोइस्चराइजर : एक समयमा तपाईको त्वचा ठीक भइसकेपछि तपाईले कुनै बास्नादार मोइस्चराइजर नभइ सौम्य प्रकारको मोइस्चराइजर प्रयोग गर्नुपर्छ । ब्लिस्टर (फोकाको) ट्रीटमेन्ट : यदि तपाईको छालामा फोकाहरू उठेको छ भने त्यसलाई नफटाउनुहोस् । यसले गर्दा छालामा संक्रमण हुनुका साथै दाग पनि हुनसक्छ । यदि तपाईको छालामा ठूलो खालको फुटाउनै पर्ने फोकाहरू छन् भने कीटाणुरहित सियो प्रयोग गर्नुपर्छ । गजले सफा गरी त्यो ठाँउलाई सुख्खा पार्नुपर्छ । त्यो ठाँउमा मलम – (एलोभेरा वा कुनै पनि एन्टीबायोटिक जस्तै ब्यासिट्रासिन र पोलिमिक्सिन बी) प्रयोग गरी गजले हल्का बाड्नुपर्छ । कसेर नबाड्नुहोस् र संक्रमण रोक्न गज दिनहुँ बदल्नुहोस् । चिकित्सीय ध्यान : यदि तपाईले ज्वरो, डाबर र चिसो भएको महशुस गर्नुभयो भने डाक्टरलाई देखाउनुहोस् । निम्न लिखित लक्षणको लागि पनि तपाईलाई तुरुन्तै चिकित्सीय आवश्यकता परेको हुनसक्छ : प्रकाश देख्ने बित्तिकै आँखामा दुखाइ हुने, चक्कर आउनु, एकदमै प्यास हुनु तर पनि पिशाब नआउनु, दुख्ने खालको फोका उठ्नु र अनुहारको रङ्ग फिक्का पर्नु र चिसो हुनु ।
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
धेरै अवस्थामा, त्यस दुखाइ राहत क्रीम गर्दन समस्याको समाधान होइन ।गर्दनमा कुनै पनि दुखाइ साँच्चै मात्र हो: गर्दनमा एक वास्तविक दुखाइ! र यो वास्तव मा डरलाग्दो हुन सक्छ । निरन्तर गर्दनको दुखाईलाई बेवास्ता गर्नुहुँदैन र चाँडो चिकित्सकलाई देखाउनु पर्छ । यदि चिकित्सकले कुनै गम्भीर अवस्थाको निचोड बनाउँछ भने, दुखाई गल्ती आशन र असजिलो गरी बस्ने बानिसँग सम्बन्धित हुनसक्छ । गर्दनको दुखाईका कारण केहि सामान्य आशन: यदि टाउको पाखुराको अगाडि राखिएको छ भने, नजचाँएमा यसले गर्दनको भर्टिब्रेमा अनावश्यक तनाव उत्पन्न गर्दछ र यो सजिलै डिजेनेरेटिभ डिस्क रोगमा बदल्न सक्दछ, अचयनित भएमा । कम्प्युटरको अगाडि लामो घण्टाको लागी बस्नाले गर्दन अगाडी झुक्छ जसले गर्दनमा कष्ट र पुरानो गर्दनको दुखाइ बढाउन सक्दछ । गर्दन के को कारण दुख्छ ? हड्डी वा जोडीहरूमा असामान्यताहरू ट्रमा खराब आशन उपासनात्मक रोगहरू ट्यूमर मांसपेशी तनाव कहिलेकाहीँ गर्दनको दुखाइको कारण सर्भिकल फोरामिनल स्टेनोसिस जस्तै केहि गम्भीर हुन सक्छ ।
के तपाईं सधैं यौन सुखबारे धेरै जानकारी राख्न रुचि राख्नुहुन्थ्यो र विना हिचकिचाहट कसैलाई सोध्न सक्नुहुँदैनथ्यो ? केही छैन । हामीलाई अब ती पाँच शीर्ष बिन्दुहरू थाहा हुनेछ जसले महिलालाई आनन्दको ढोकासम्म लैजान्छ ! संभोगको बेलामा मात्र यौन सुख हुन्छ ! यस्तै खालका धेरै कुराहरू पढ्नुभएको वा सुन्नुभएको छ ? ल अब योनीबाहेक महिला यौन सुखका ती दबाब क्षेत्रबारे बुझ्ने कोसिस गरौँ ।महिलाको यौन सुखसँग जोडिएका तथ्यको तुलनामा सधैं नै  धेरै कल्पनाका कुराहरू रहेका छन् । यस बिषयमा हरेकले बताउने आफ्नै अन्तर्दृष्टि हुन्छ, तर वास्तविकता भनिएका कुराभन्दा बिल्कुलै बेग्लै छन् । धेरैजस्तो भन्दै आइएको छ कि यौन सुख संभोगको बेलामात्र हुन्छ वा योनीमा रहेको भंगाकुरलाई उत्तेजनामा ल्याएर मात्र यसको सुख प्राप्त हुन्छ । अब भन्नुपर्दा, सत्य यो हो कि महिला यौन सुख शरीरको अन्य गैरयौन अङ्गलाई चलाएर पनि हुनसक्छ । अधिकांश महिला संभोगको समयमा यौन सुख अनुभव गर्न सक्छन्, तर केही अरुको हकमा थप केही गर्नुपर्ने हुन्छ जसले उनीहरूलाई गहन आनन्दका साथ यौन सुख महसुस गर्न मद्दत गर्न सक्छ । यदि आनन्द महसुस गराउने अन्य ठाउँहरू कुन हुन् भनेर खोज्ने हो भने यहाँ तपाईंलाई त्यहाँ लैजान ५ बाटोहरू छन्  ।   स्तन र स्तनको मुन्टो :   स्तन चलाउनु र स्तनको मुन्टो चुस्नु पूर्व यौनक्रिडाको समयमा धेरैजस्तो गरिने कार्य हुन्, तर केही महिलाको लागि यसले उनीहरूलाई परमआनन्दको सागरमा तुरुन्तै लैजाने हुन्छ । एक खोज अध्ययनका अनुसार स्तनको कोमल स्पर्शले मात्र पनि धेरैजसो महिलालाई यौन सुखको बाटोमा लैजानसक्छ । स्तनभन्दा पनि अझै धेरै स्तनको मुन्टो अधिक संवेदनशील बढाउने अङ्ग हो ।   नाइटो (नाइटो वरिपरिको भाग) :   यस्तो पनि भन्ने गरिएको छ कि महिलाको नेटो वा भंगाकुरलाई चलाउनाले लगभग समान सुख वा उत्तेजना दिन्छ किनकि यी दुवै स्नायुगतरुपमा एकअर्कासँग जोडिएका हुन्छन् । त्यसकारण, महिलामा यौन सुख बढाउन यो सर्वाधिक खोजी गरिने सहायक अङ्ग बन्न पुग्दछ । नाइटो क्षेत्रमा औंला घुमाउँदा वा नाइटोमा चुम्बन गर्दा महिलाको धड्कन दौडाउन सक्छ । ओठ महिला यौन सुखको दबाब बिन्दुको लागि धेरै महत्व नदिइएको क्षेत्र, तर धेरै प्रभावकारीमध्येको एक पनि । अध्ययनले बताउँछ कि कामुक चुम्बनले केही महिलामा यौन सुख बढाउने काम गर्न सक्छ । ओठ वा अनुहारमा बिस्तारै छुने वा कोलम ढंगले हात फिराउनाले कुनै महिलालाई यति धेरै उत्तेजित गर्छ कि उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।  यदि चुम्बनले नै यौन सुख प्राप्त गर्न सकिन्छ भने उनको पुरुषलाई अवश्य पनि धेरै मेहनत गर्नुपर्ने अवस्थाबाट बचाउँछ ।   घाँटी वा गर्दन :   महिलालाई जगाउने एक महत्वपूर्ण दबाब बिन्दु घाँटी वा गर्दन पनि हुन सक्छ । दबाब बिन्दु भन्नाले घाँटी निमोठ्ने भनेर हामीले भन्न खोजेको हैन (तथापि त्यसो गर्नाले पनि केही महिला पूर्ण उत्तेजित हुने गर्छन्, र धेरै यौन आनन्द अभ्यास !) । हामीले भन्न खोजेको कानको लोती तल र वरपर कोमल मायालु छुवाइ हो । त्यहाँ गरिने एक मायालु चुम्बन वा टोकाइले रसलाई सही दिशामा बहाउन सक्छ । यसको अर्को पक्ष यो हो कि यसले महिलामा हाँसोको फोहोरा पनि ल्याउन सक्छ ।   खुट्टाको बुढी औंला :   महिलाको खुट्टाको बुढी औंला चुम्नु र चुस्नु भनेको सदैव मनपर्ने पूर्व यौनक्रीडा हो । तर कसलाई सिकाइएको छ कि यो यौन सुख वढाउने मुख्य ठाउँ हुनसक्छ । बुढी औंला चाट्ने वा चुस्ने कार्य गर्दा यसले महिलालाई आनन्दको अर्को संसारमा पठाउन सक्छ । यो सँगै अन्य केही कोमल उपायले महिलालाई बहुयौन सुखको सागरमा पौडन मद्दत गर्न सक्छ र कल्पना गर्नुहोस् त्यहाँ १० औंला छन्, तब त यसले आनन्दको सम्भावनालाई दशगुणा बढाउँछ !
इन्टरनेटमा प्रयोगकर्ताहरुको यौन उत्तेजनालाई लक्षित गरिएको विषय वस्तुको उपलब्धतालाई इन्टरनेट/भर्चुअल पोर्नोग्राफी भनिन्छ l पोर्न वा पोर्नो भनेर पनि चिनिएको, वेभमा यसको उपस्थिति १९९१मा सुरु भयो l इन्टरनेट पोर्नोग्राफी थुप्रै रुपहरुमा जस्तै तस्विर फाइल, भिडियो, स्ट्रिम गर्ने भिडियो, वेभ क्यामेरा साथै टेक्स्ट फाइलहरु, च्याट र कमिस्कमा उपलब्ध हुन्छ l पोर्नोग्राफी साधारणतया इरोटिकाबाट छुट्याइन्छ जसलाई भावनाहरुमा केन्द्रित हुने कामुकताको चित्रण सुन्दर शब्दहरुमा गरिने भनिन्छ l पोर्नोग्राफी भावनाहरु बिना पूर्ण रुपमा यौन सम्बन्धको शारीरिक कार्यलाई केन्द्रित गर्छ l यो यौन प्रतिक्रिया उजागर गर्न मात्रै लक्षित गरिएको छ lपोर्नोग्राफी (अश्लिल दृश्य) लाई फराकिलो रुपले सफ्टकोर (सामान्य यौनगतिविधि) वा हार्डकोर (कठोर, समर्पित यौनगतिविधि) मा वर्गीकृत गरिएको छ। हार्डकोरमा यौन सम्बन्धलाई उच्च रुपले र गहन रुपले स्पष्ट दृश्यमा दर्शाईएको हुन्छ भने, सफ्टकोरले कम गहन प्रकारका यौन सम्बन्धका गतिविधिलाई समेटेको हुन्छ। पोर्नोग्राफीका विधाहरुको निर्धारण विषयवस्तुको आधारमा र सहभागीहरुको स्तरको अधारमा गर्नेगरिन्छ। प्राय सामान्य उप-प्रकारहरुमा यी कुरा हुन्छन, जातीय, फेटिश, वास्तविकता, सामुहिक, र एमेटुर (नयाँ)। विभिन्न यौन चाहना भएकाहरुको लागि विशेष गरि तयार गरिएका यौन सामग्रीहरु पनि हुन्छन जस्तै: विपरित लिङ्गि, समलिङ्गि, र उभयलिङ्गि। शारीरिक यौन चाहना भनेको प्राकृतिक हो र यो हाम्रो शारीरिक बनोटको एउटा भाग हो तर पोर्नोग्राफीले मानव वास्तवमा को हो भन्ने कुराको एउटा आंशिक भागलाई मात्रै दर्शाएको कारण यसको सर्वत्र आलोचना भएको छ। अधिकतम पोर्नोग्राफी सम्बन्धि सामग्रीहरुले मानवलाइ केवल एउटा यौनको वस्तु-केवल यौन व्यवासयमा तल्लिन-मानिसको भावना र मानसिक स्थिति प्रति ध्यान नदिने र आत्मसात नगर्ने भनि दर्शाउँछ। मानवको व्याख्या एउटा विशुद्ध रुपमा यौनको वस्तुको रुपमा गरिएको छ र धेरै पटक दर्शकहरुको आँखालाई शारीरिक संसर्गको एउटा भावनात्मक र मानसिक स्थिति प्रति बन्द गराएको छ, जसले गर्दा तिनीहरुको आफ्नै सम्बन्ध भित्र भएको यौन संसर्गलाई हेर्ने प्रवित्तिलाई विकृत बनाएको हुन्छ। एउटा स्वास्थ सम्बन्धको रुपमा यौनलाई सामाजिक मंचहरुमा सर्वाङ्गिण छलफल नगरिएको कारण एउटा व्यक्तिले पोर्नोग्राफीको माध्यम बाट मात्रै यौन सम्बन्धि अभ्यासहरु बुझ्न सक्छ, र यो पोर्नोग्राफी यौनको लतको जोखिम सहित आउँछ। अझै भन्नु पर्दा, पोर्नोग्राफीले प्राय प्रचलित रुपमा यौन रुपले आकर्षित ठानिएका सहभागीहरुलाई संलग्न गराउने भएकोले, दर्शकहरु तिनीहरुका वास्तविक जीवनमा त्यस्तै शारीरिक बनोटहरु नभएको कारण तिनीहरुका यौन जीवन देखि असन्तुष्ट बन्न सक्छन। मेडिकल खोजहरुले पनि पत्ता लगाएका छन कि आफ्ना जोडीहरु बाट अवास्तविक अपेक्षाहरु राख्नु संग संगै, दर्शकहरुले  यौन सम्बन्धि विषयहरुमा आफैलाई हिनता बोध गराउन सक्छन कारण उनिहरुले पोर्नोग्राफी युक्त दृश्यमा त्यस्ता यौन अभ्यास गरु गरेका देख्छन जसलाई नक्कल गर्न गाह्रो हुन सक्छ वा मन नपराउन सक्छन। पोर्नोग्राफी भित्र महिलाहरुलाई प्राय त्यस्तो व्यक्तिको रुपमा प्रदर्शित गरिएको हुन्छ जसलाई अधिकार गरिंदा पनि कुनै समस्या हुँदैन र जसले त्यस्ता अधिकार गराई प्रति उल्टै यौन उत्तेजना पाउँछन। तरैपनि, त्यस्ता विचारहरु पूर्ण रुपले झुट हो र त्यस्तो प्रकारको पोर्नोग्राफीलाई नियमित रुपले पचाउने दर्शक अन्तमा गएर उसमा महिला प्रति एउटा गहिरो कलंकित दृष्टिकोण हुन्छ। अन्तमा, पोर्नोग्राफीले धेरै प्रकारको विकृत यौनको रुपहरुलाई व्यक्त गर्दछ जुन समाजको लागि, विशेष गरि कमजोर समुहहरुको लागि हानिकारक हुन्छ। यसमा यी कुराहरु समावेश छन, बाल यौन, आफिस-सम्बन्धित यौन कार्यहरु, कठोर र बलात्कारयुक्त यौन, र सार्वजनिक यौन कार्यहरु। जबकी पोर्नोग्राफी यौन विकृतिको सम्भावनाको एउटा निश्चित द्वार हो भने, प्रत्येकको यौन आवश्यकताहरुलाई  सन्तुष्ट गर्ने स्वास्थ्य  तरिकाहरुलाई स्वीकार गर्नु पर्छ र लिईनु पर्छ। अझ, यो त यति अत्यावश्यक छ कि सामाजिक रुपमा, यौन सम्पर्कलाई भावनात्मक सम्बन्धको एउटा स्वास्थ्य अंगको रुपमा मान्यता दिईनु पर्छ। यसलाई केवल एउटा विशुद्ध शारीरिक कार्यको रुपमा मात्रै लिनु हुँदैन जुन नैतिक रुपमा आलोचित र अस्वीकृत छ-यस्तो पद्धतिले केवल पोर्नोग्राफीलाई यौनको विषयमा सिक्ने एउटा अन्तिम थलो रुपमा सम्भावना बढाइ दिन्छ। दुइ परस्पर रुपले सहमत भएका वयस्कहरु बीच यौनलाई एउटा प्राकृतिक प्रक्रियाको रुपमा कुरा गर्दा र एउटा भावनात्मक सम्बन्धको रुपमा लिँदा, हामी यौनलाई एउटा एउटा भावना-रहित क्रियाकलाप हुने सम्भावनालाई कम गर्न सक्छौं र यौन सम्पर्कलाई एउटा सर्वाङ्गिण बुझाईको अनुमति दिन्छौं। यौन रुपले परिपक्क उमेरमा प्रवेश गर्दै गरेका किशोरकिशोरीहरुको निम्ति, मानिसहरु बीचको शारीरिक सम्बन्धलाई एउटा भावनात्मक सम्बन्धहरुको परिणाम हुन् भनि परिचय गराउनु अत्यन्त महत्त्वपूर्ण छ, र यो शरीरलाई सर्वाङ्गिण रुपमा बुझाईनु पर्छ-शरीर र मानसिक अवस्था बीचको एउटा मेलको रुपमा। सर्वाङ्गिण निर्देशको उपस्थिति नहुँदा, किशोरकिशोरीहरु यौन सम्पर्कलाई बुझ्नको निम्ति पोर्नोग्राफीको जालमा उच्च रुपले परिरहेका छन र जसरी अघि पनि पत्ता लगाईएको छ, यौन रुपले-उन्मत्त व्यक्तिहरु बीच त्यस्तो प्रकारको यौन क्रियाकलापको ज्ञान लिने कुरा भावनात्मक सम्बन्धको एउटा विकृत विचारमा पनि परिणत हुन सक्छ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न