होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको सओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अश्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवगर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
सुत्केरी उदाशिनता नयाँ आमाहरूको सामना गर्नु पर्ने सामान्य अवस्था हो, र यो सजिलैसँग हटाउन सकिन्छ बच्चा जन्मिनु उत्सवको कारण हो । विशेष गरी भारत जस्तै देशमा, जहाँ पारिवारिक सम्बन्ध नजिक हुन्छन्, घरमा उत्सवको वातावरण छ । तथापि, कहिलेकाहीँ आमाहरुले पनि उत्साह प्रकट गर्न सक्दैँनन । यो खुशीयालिको बीचमा नकारात्मक भावनाहरूको यो लहर नयाँ आमाको लागि भ्रमित हुन सक्छ । रोचक तरिकाले यी भावनाहरु असामान्य छैनन्, किनकि धेरै नयाँ आमाहरूले सुत्केरी उदाशिनताको सामना गर्छन्, जसलाई बेबी पनि ब्लुज भनिन्छ । यो एक भावुक प्रतिक्रिया हो जुन डेलीवरीको केही दिन पछि सुरु हुन्छ र २ हप्ता भन्दा बढी टिक्दैन । सुत्केरी उदाशिनताका लक्षण के के हुन ? क्रोध वा चिन्ताको भावना । बच्चामाथी को रुचिको कमी । भोकको कमी र निद्रामा वाधा । रुने र उदासीपन । झर्कोपन र अधिक भावुकता । दोष, लाज वा निराशाको भावना । तपाईंको पुर्व मनोरञ्जनात्मक रुचि, आनन्द वा खुशीमा कमी । बच्चा वा आफैलाई हानिकारक विचारहरू उठ्ने सम्भावना । सुत्केरी उदाशिनताको कारण के हो ? सुत्केरी उदाशिनता भिन्न कारकहरूको संयोजनको कारण हुन सक्छ । हार्मोनल परिवर्तनहरू: हार्मोनको स्तरमा हुने परिवर्तनले तपाईंलाई थकित, सुस्त र उदास पार्न सक्छ । तपाईंको रगतको मात्रा, रक्तचाप, प्रतिरक्षा प्रणाली र पाचनमा हुने परिवर्तनले थकान र मूड स्विंगमा योगदान दिन सक्छ । भावनात्मक कारकहरू: परिवारमा नयाँ आगमनको साथ ब्याकुल महसुस हुँदै, र दिन रात बच्चाको स्याहार गर्दा, यसले तपाईंलाई अनिद्रा, आत्ंक र चिन्ता ग्रस्थ बनाउन सक्छ । नयाँ आमाहरूले गर्भवती भएपछि आफुलाई कम आकर्षक महसुस गर्दछन । तपाईंलाई महसुस हुनसक्छ कि तपाईं वरपरका मानिसहरू तपाईं भन्दा बढी बच्चामा चिन्तित छन्, र तपाइँलाई बेवास्ता गरिरहेका छन ।यी सबै भावनात्मक कारकहरुले सुत्केरी उदाशिनता हुनसक्छ । अन्य कारकहरू: स्तनपान, वित्तीय तनाव, र सम्बन्ध समस्याहरू जस्ता समस्याहरूले पनि सुत्केरी उदाशिनतामा योगदान दिनसक्छ. सुत्केरी उदाशिनता सँग एक कसरी व्यवहार गर्दछ ? पूर्ण आराम लिनुहोस् र पर्याप्त घण्टाको लागि सुत्नुहोस् तपाईंको पतिसँगको गुणस्तर समय बिताउनुहोस् स्वस्थ आहार खानुहोस् ताजा हवाको लागि बिहान वा साँझ पैदल यात्रा गर्नुहोस् योगा वा अन्य व्यायामहरु अभ्यास गर्ने प्रयास गर्नुहोस् तपाईंको भावनाहरू तपाईंको पति वा साथीहरूसँग बाड्ँनुहोस् अधिक काम नगर्नुहोस् केही नयाँ आमाहरूको समूहहरूमा सामेल हुनुहोस् व्यक्तिगत उपचार वा सल्लाहकारहरूको परामर्श लिनुहोस् याद गर्नुहोस्, सुत्केरी उदाशिनता एक  निको पार्न नसकिने समस्या होइन । यो केवल एक अस्थायी मन्स्थिती हो, तपाइँ समस्याको बारेमा सजग भएर जुन पराजित हुन सक्छ।
प्रत्येक उमेर समुहसँग आफ्नै तनावको कारणहरु छन् l आफ्नो बच्चाहरुलाई उनीहरुको सम्हाल्न दिनुहोस् lप्राय जब हामी तनावले भरिपूर्ण हुन्छौ, हामी बिगतमा जान्छौ र प्रतिबिम्बित गर्छौ l हामी बाल्यकालको सुनौलो दिनहरु सम्झिन्छौ l हामी ति दिनहरु उत्सुकताको साथ सोच्छौ, खुला र स्वतन्त्र समय सम्झन्छौ l हामी फेरी केटाकेटी बनौ भन्ने महसुस गर्छौ l तर सत्य के हो भने कुनै उमेरमा पनि हामी तनाव र चिन्ताबाट स्वतन्त्र छैनौ l त्यो केवल समयसँग हो, हामी नयाँ अवस्थाहरुमा सर्छौ र प्रत्येक नयाँ तनाव दिने कारक पहिलेको भन्दा खराब लाग्छ l केटाकेटीहरु पनि तनाव लिन्छन्, कोही अरु भन्दा बढी l तनाव दिने कारणहरु स्कुलमा हुने साधारण कुरा जस्तै एउटा परिक्षण, एउटा शारीरिक सिप कक्षा वा कविता वचन साना केटाकेटीहरुको लागि ठुलो तनाव हुनसक्छ l बच्चाहरुमा आमाबाबु र शिक्षकहरुको आशा पुरा गर्ने इच्छाले पनि ठुलो दबाब निर्माण गर्नसक्छ l उनीहरु कहिलेकाँही राम्रो गर्ने इच्छा राख्छन् र सानो गल्तीहरुले ति बच्चाहरुलाई अत्यन्तै निरास बनाउँन सक्छ l साथीको समुहहरु व्यवस्था गर्न कठिन हुन्छ l बाल्यकालमा, सामाजिक परिपक्कता दैनिक द्वन्द्वहरुको सम्हाल्नको लागि पर्याप्त विकसित हुदैन l कक्षाका साथी वा छिमेकका साथीहरुको टिप्पणीहरु र सानातिना झगडाहरुले कलिलो मस्तिष्कमा दिर्घकालिन प्रभाव प्रभाव पुर्याउन सक्छ l उनीहरु आफ्नो साथीहरुद्वारा सजिलै प्रभावित हुन्छन् l   ठुला दाजु दिदीहरुले प्रमुख भूमिका खेल्छन् l केही सुझाव दिन्छन् भने कसैले दुर्व्यवहार गर्छन् l केहीले थाहा नदिइ हानी पुराउँछन्, कोही मतलव नगर्ने हुन्छन् l जीवन नयाँ कुराहरुले पूर्ण छ र बाल्यकाल फास्ट-ट्रयाक सिकाइ पाठ हो l प्रत्येक दिन, एउटा बच्चाले गर्नको लागि केही नयाँ छ l एउटा नयाँ बच्चा भेट्नु, एउटा नयाँ विषय सिक्नु, फरक तरिकाले भकुण्डो हिर्काउनु, वा एउटा साइकल चलाउनु; सिक्नको लागि धेरै छ l यिनीहरुले निरासापन गराउन सक्छ र बच्चालाई बेचैन बनाउँन सक्छ l प्रदर्शनको दबाबहरु, प्रविधि, स्मार्टनेस, मिडिया प्रभावहरु आदि केही अरु कारकहरु हुन् जसले बाल्यकालमा तनाव थप्छन् l चिन्हहरु भाव र व्यवहारमा सुक्ष्म परिवर्तनहरु हेर्नुहोस् l वयस्कहरुसँग, तनाव पहिचान गर्न सहज हुन्छ र त्यो सच्याउन पनि l तर केटाकेटीसँग यो एउटा चुनौती हो l प्राय केटाकेटी आफैलाई उनीहरु कस्तो तनाव अनुभव गरिरहेका छन् भन्ने थाहा हुदैन, उनीहरु किन निरास, रिसाएको वा डराएको छन् भन्ने बुझ्दैनन् l उनीहरु सहज हुदैनन् l असामान्य रुने र चिच्याउने एउटा साधारण चिन्ह हो l एक्लो हुने, शान्त हुने पनि एउटा तरिका हो जुन केटाकेटीहरु आफ्नो तनाव अभिव्यक्त गर्छन् l शारीरिक चिन्हहरु साधारण शरीर क्रियात्मक परिवर्तनहरुमा देख्न सकिन्छ (धेरै सुत्ने वा सुत्न नसक्ने), खाने बानीहरु (नखाने वा धेरै खाने) बारम्बार दुख्ने, विशेषगरी पाचनमा गडबडी र टाउको दुख्ने आदि l बाल्यकाल तनाव व्यवस्थापन तपाईको बच्चालाई ध्यान दिनुहोस् l उसले के भनिरहेको छ सुन्नुहोस् तर उसले शब्दमा के भनिरहेको छैन. कार्यमा मात्रै भएपनि त्यसलाई सुन्ने कोशिश गर्नुहोस् l बच्चालाई तपाईंसँग खुलिने गर्न मद्दत गर्नुहोस्, उनीहरुसंग गुणस्तर समय बिताउनुहोस् र जेको बारेमा पनि कुरा गर्नुहोस् l उनीहरुको स्कुल शिक्षक र उनीहरुको मिल्ने साथीहरुको आमाबाबुहरुसँग राम्रो सम्पर्कमा रहनुहोस् l आवश्यक छ भने, मनोवैज्ञानिकहौर र बच्चा परामर्शदाताहरुसँग व्यावसायिक सहयोग माग्न नहिचकिचाउनुहोस् l “तपाईंलाई जीवनमा हुनसक्ने एउटा सबभन्दा भाग्यमानी कुरा भनेको मेरो विचारमा, एउटा खुशी बाल्यकाल पाउनु हो l”- अगाथा क्रिस्टी  
केटाकेटी र किशोर किशोरीहरुमा उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ lयदि तपाईंलाई हाइपरटेन्सनको एउटा बिरामीको चित्र बनाउँन दियो भने त्यो कस्तो देखिन्छ? विवरणहरु छेउमा राख्नुहोस्, के तपाईं एउटा बुढो व्यक्ति, जवान व्यक्ति वा एउटा बच्चाको चित्र बनाउँनुहुन्छ ? सम्भवत तपाईंले एउटा बुढो मान्छे वा सायद अधवैशे मान्छेको चित्र कोर्नुहुनेछ l तर एउटा बच्चा, कसले एउटा बच्चालाई उच्च रक्तचाप हुन्छ भनेर सोच्न सक्छ ! हामी प्रायलाई बिश्वास गर्न कठिन हुनसक्छ तर यो सम्भव मात्र छैन, यसको घटनाहरु बिस्तारै बढ्दैछन् l वास्तवमा, केटाकेटीहरुमा हाइपरटेन्सन साधारण हुँदैछ l अमेरिकामा भएको अध्ययनले देखाउँछ कि ५%सम्म केटाकेटी र किशोर किशोरीहरुमा हाइपरटेन्सन छ l त्यो के हो? केटाकेटी र किशोर किशोरीहरुमा हुने उच्च रक्तचापलाई पेडीयाट्रीक हाइपरटेन्सन पनि भनिन्छ l पेडीयाट्रीक हाइपरटेन्सन मर्करीमा रेकर्ड भएको रगतको चापले परिभाषित गर्छ, दिइएको मानक दरसँग तुलनागर्दा l जब एउटा बच्चा हुर्कन्छ, सबै माइलस्टोनहरुमा तीव्र विकास हुन्छ l केटाकेटीको लागि, विभिन्न उमेर समुहहरुको लागि सबै पारामिटरहरुमा पेर्सेंटाईलहरु परिभाषित गरिएको छ l केटाकेटीहरुमा, जब रक्तचाप ९०औं पेर्सेंटाईलभन्दा माथि हुन्छ तर ९५औं भन्दा कम, त्यसलाई प्रिहाइपरटेन्सन भनिन्छ l जब त्यो ९५औं पेर्सेंटाईलभन्दा माथि हुन्छ, त्यसलाई हाइपरटेन्सन भनेर निदान गरिन्छ l पेडीयाट्रीक हाइपरटेन्सनको छुट्याउने लक्षणहरु छैनन् त्यसैले त्यो सजिलै छुट्न सक्छ l किपय तपाईंको बच्चाको रक्त चाप नियमित मेडिकल परिक्षणको लागि जाँच गराउने अभ्यास गर्नुहोस् l किन त्यस्तो हुन्छ? दश वर्षभन्दा कमका केटाकेटीहरुमा उच्च रक्तचाप अन्य स्वास्थ्य अवस्थाको लागि प्राय सहायक हुन्छ l त्यो लुकेको हृदय रोग, मृगौला रोग, हर्मोनल समस्या वा जेनेटिक समस्याहरुको कारणले हुनसक्छ l यसले मुख्य समस्याको उपचार माग गर्छ l ठुला केटाकेटीहरु, ६-१० वर्ष भन्दा माथि र किशोर किशोरीहरुमा प्राथमिक हाइपरटेन्सन देखिन्छ l यसको लागि कुनै विशेष कारण पहिचान भएको छैन, जीवनशैली, मोटोपन, र परिवार इतिहास बाहेक l त्यो कति खराब हुनसक्छ ? बच्चाहरुले नमिलेको सुताई ढाँचा देखाउँन सक्छन् जब उनीहरुसँग हाइपरटेन्सन हुन्छ l उनीहरु सुत्दा खेरि हुने स्वासको समस्याले ग्रसित हुनसक्छन् घुरेर वा असाधारण स्वास फेरर l निद्राबाहेक, हाइपरटेन्सनको अन्य प्रभावहरु जानेबुझेकै हुँन् l लामो समयमा त्यसले हृदयको रोग वा मृगौला रोग गराउन सक्छ l के गर्ने? सानै उमेरबाट रक्तचाप नियन्त्रण गर्नु निकै महत्वपूर्ण हो l नियमित जाँच र रक्तचापको मुल्यांकन आवश्यक हुन्छ l हाइपरटेन्सन प्राथमिक हो वा सहायक हो भन्ने पहिचान गर्न गहिरो जाँच आवश्यक हुन्छ l सहायक हाइपरटेन्सनमा औषधीद्वारा गरिने उपचार सिफारिस गरिन्छ जहाँ रक्तचापको व्यवस्थापन सँगै मुख्य अवस्था पनि सामना गरिन्छ l प्राथमिक हाइपरटेन्सनको मामलामा, औषधी निकै कठिन मामलाहरुमा मात्र सुझाव गरिन्छ l नत्र, जीवनशैली व्यवस्थापन त्यसको समाधान हो l जीवनमा यति छिटै एन्टी-हाइपरटेन्सिभहरु सुरु गर्नु स्वस्थ विकल्प हैन l तपाईंको बच्चालाई स्वस्थ खाना दिनुहोस्, उसलाई/उनीलाई आदर्श शरीर तौल कायम गर्न मद्दत गर्नुहोस् र उसले पर्याप्त शारीरिक व्यायाम पाउँछ भन्ने निश्चित गर्नुहोस् l जति छिटो हामी समस्या पहिचान गर्छौ अनुशासित जिवनशैलीसँग नतिजाहरु त्यति राम्रा हुन्छन् l अस्वस्थ्य जीवनशैलीले हाम्रो सबै जीवनमा भद्रगोल बनाइरहेको छ l बच्चाहरु कति समयसम्म उम्कन सक्छन् ? हाम्रो जीवनशैली हाम्रा केटाकेटीहरुमा प्रतिबिम्बित हुन्छ l एउटा स्वस्थ दैनिकीमा चल्नुहोस् र परिवारलाई स्वस्थ राख्नुहोस् !  
धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपपौराणिक कुरा गर्दा- “चिन्ता हल्लिने कुर्सि जस्तो हो । त्यसले गर्नको लागि तपाईलाई केही दिन्छ तर तपाईलाई कतै लग्दैन” । यो कुरा धेरै जस्तोको लागि सहि हो जसले परिणाम र परिस्थितिको बारेमा चिन्ता लिन्छन् । कुराहरुको बारेमा सोच्नु अनि कसरी गर्ने त्यो सोच्नु राम्रो हो किनभने केही गर्नु अगाडि संधै सोच्नु पर्छ । तर धेरै सोच्यो भने के हुन्छ ? के त्यो तपाईको लागि राम्रो हो ? कुनै पनि कुरा धेरै भयो भने नराम्रो हो, चाहे त्यो मनपर्ने खाना होस् या सोच होस् । लगातार चिन्ता लिनु भनेको धेरै सोच्नु हो जता तपाईलाई नकारात्मक विचारहरुले छोड्दैन अनि तपाईको दिमागमा आई रहन्छ । धेरै सोच्ने एक नकारात्मक अनंत लुप हो, कसैले रोक्न नसक्ने भाँचिएको रेकोर्ड हो । धेरै सोचले लामो समयमा नराम्रो गर्छ त्यसलाई कसरी समान गर्ने ?  धेरै सोच र चिन्तासँग सामना गर्न मनोवैज्ञानिकहरुले विभिन्न वैज्ञानिक विधिहरु निकालेका छन् तर तपाईलाई यी चिन्ता र सोचसँग सामना गर्नको लागि हामीले सजिलो विधिहरुको सुची बनाएका छौँ । ध्यान – योगले भन्छ कि ध्यान गर्यो भने दिमाग र आत्माबाट सबै नकारात्मक उर्जा निस्किन्छ । आफ्नो साँसमा ध्यान दिने अनि सबै सकारात्मक उर्जालाई भित्र लिने ध्यानको सार हो । त्यसैले जब तपाई केही कुरामा चिन्तीत हुनुहुन्छ भने बस्नु अनि ध्यानमा लाग्नु । शारीरिक गतिविधि – संधै कसरत गर्यो भने मद्दत गर्छ । शारीरिक गतिविधिमा संलग्न भयो भने त्यसले शरीरको मेटाबोलिजम बढाउँछ अनि त्यो गर्न प्रयास चाहिन्छ । नृत्य गर्ने या पौडी गर्ने या साइकल चलाउनेमा आफुलाई व्यस्त गर्यो भने तपाइले दिमागलाई ती नकारात्मक सोचबाट मुक्त गर्नु हुन्छ । तपाईको सौकहरु पुरा गर्नु – तपाईले सोच्नु भयो कि तपाईलाई आफ्नो सौक पुरा गर्ने समय छैन तर तपाईको सौकले तपाईको दिमाग र शरीरलाई आराम दिन्छ । अनि सौकले तपाईको सिर्जनशीललाई बाहिर निकाल्छ । त्यसैले, यदि तपाईलाई स्ट्याम होस् या पैसा संकलन गर्न मनपर्छ या चित्रहरु हेर्न मनपर्छ, यी सौकले तपाईको दिमाग चिन्ताबाट हटाउँछ । घुलमिल गर्नु – साथीहरु र परिवारहरु तपाईको जीवनको सहयोगी हुन् । यदि तपाई मानसिक रुपले शान्त हुनु हुदैन भने आफ्नो परिवार वा साथीलाई फोन गर्नु भयो भने तपाईलाई शान्त हुन्छ । त्यस्तो मान्छेहरु भेट्ने कोशिश गर्नु जसले तपाईलाई त्यो परिस्थितिबाट निकाल्न सक्छ । लगतार आउने सोचबाट निस्किने हो भने घुलमिल गर्नु । थोरै समयलाई राहत दिने भएता पनि फिल्म हेर्न जाने, आफ्नो मान्छेसँग बाहिर घुम्न जाने अनि आफ्नो श्रीमतीलाई शपिंग लग्ने, त्यसले मद्दत गर्छ । कुरा गर्नु – तपाईसँग नजिक भएको मान्छे जसले तपाईलाई बुझ्छ उसँग कुरा गर्नु भयो भने आफ्नो समस्या पोख्न मद्दत गर्छ । धेरै सोच्यो भने तपाईले आफ्नो भावनाहरुको वेवास्ता गरिन्छ । तपाईको दिमाग त्यहि सोचमा डुबी रहन्छ अनि तपाईको भावनात्मक स्वास्थ्य बिग्रिदै जान्छ । जब तपाइले अरुसँग कुरा गर्नु हुन्छ, उहाँहरुले तपाईले भनेको सुन्नु हुन्छ अनि तपाईको दिमाग तनावबाट हट्छ । उहाँहरुले तपाईको अवस्था बुझ्नु हुन्छ अनि भावनात्मक रुपमा सहायता दिनु हुन्छ । सजग हुनु – त्यहि नकारात्मक सोचमा तपाई सजिलोसँग जान सक्नु हुन्छ । आफ्नो दिमागलाई यता उता जान नदिनु । आफ्नो लागि लडेर दिमागलाई रोक्नु । ऐना अगाडि उब्बिनु अनि भन्नु “म पिडित होइन । अगाडि बढ्नको लागि मसँग शक्ति र बल छ” । त्यहि नकरात्मक कुरा सोच्न लाग्नु भयो भने यो भन्नु । यसले तपाईलाई त्यसबाट आउने मकसिक शक्ति दिन्छ । सजग र ध्यान दिने हुनु अनि आफु माथि कडा नहुनु । जिम्मेवार हुनुहोस् – तपाईको दिमागले तपाई बनाउँछ या बिगार्छ । तपाईले यदि यो सत्य मान्नु हुन्छ भने आफ्नो सोचलाई नियन्त्रणमा लिएर आउन सजिलो हुन्छ । राम्रो या नराम्रो सोचको जिम्मेवारी लिनु । अरुलाई दोषी ठहराउनको लागि दिमागले सोच बनाउँछ । जब तपाईको सोच आफ्नो हुन्छ त्यसलाई आफ्नो हिसाबले तोडमोड गर्न सकिन्छ । आफ्नो जीवनको उच्च दृष्टि सिर्जना गर्नुहोस् – जब जीवनमा तपाईले ठुलो दृष्टि राख्नु हुन्छ तब सजिलोसँग अगाडि बढ्न सकिन्छ । ठुलो दृष्टि राखेर तपाईले आफुलाई को हो ? भनेर सोध्नु हुन्छ अनि त्यो पाउन अगाडि बढ्नु हुन्छ । तपाईले सकारात्मक कुरा गर्नु हुन्छ अनि तपाईसँग के छ त्यसको कदर हुन्छ अनि के छैन त्यसको रिस हुदैन । यसले नचाहिने बेला तपाईको दिमाग काम गर्न बन्द गर्छ । धेरै चिन्ता गर्नु भनेको मनोवैज्ञानिक अव्यवस्था हो जुन चरम मामलामा प्याथालोजिकल हिसाबले निको पार्नु पर्छ । आफ्नो अवस्थालाई चरम सीमामा पुग्न दिनु हुदैन । आफै ती बिचारहरुसँग सामना गर्नेको लागि माथि लेखिएको सल्लाहहरु अनुसरण गर्नु पर्छ । केही समय लाग्न सक्छ तर लामोमा प्रभावकारी हुन्छ ।
तपाईंको दिमागलाई सकारात्मक फ्रेममा राख्न कोशिश गर्नु बेकुफी लाग्नसक्छ l तर फाइदाहरु धेरै हुनसककसैले सही भने, “हामी हाम्रो विचारहरुको कुल जम्मा हौ” l त्यसैले तपाईंसँग जति बढी सकारात्मक विचारहरु छन् वा सोचाइको क्षमता छन्, तपाईंको जीवन यात्राको परिणाम त्यतिनै बढी सकारात्मक हुनेछ l थप सकारात्मक सोच र आफैलाई सशक्त बनाउन यहाँ केही जुक्तिहरु छन्:  एउटा दैनिक सकारात्मक सोच हुने दैनिकीमा हिड्नुहोस् l साधारणतया त्यस्तो समय जब तपाईं ठिक उठ्दै हुनुहुन्छ, अर्थात् आधी जागेको अवस्था आफैलाई सकारात्मक विचारहरु दिन सुरु गर्नु उत्कृष्ट हुन्छ l त्यो समयमा दिमाग सुझावलाई बढी स्वीकार गर्ने हुन्छ l तपाईंले आफ्नो दिमागलाई तपाईंको अवस्थाबारे र तपाईंले आफु र आफ्नो परिवारको लागि के प्राप्त गर्ने आशा गर्नुहुन्छ त्यो बारे खुशी र सकारात्मक विचारहरु भर्न सक्नुहुन्छ l सकारात्मक सोचको राम्रो तरिका सृजनसिल सकारात्मक दृश्यावलोकन हो l एउटा निश्चित समयमा, केवल आफ्नो जीवन आफुले चाहने तरिकामा हेर्नुहोस् l यो दिउँसो कल्पना गर्ने भन्दा फरक छ l सृजनसिल दृश्यावलोकनले तपाईंलाई कार्यको लागि जागरुक बनाउँछ भने दिउँसै सपना देख्ननाले तपाईंलाई चाहेको कुरा सोच्नेमा सिमित गराउँछ l यदि तपाईंसँग आफ्नो जीवनको निश्चित क्षेत्रहरुमा कठिनाइ छ भने, काममा भनौ वा तपाईंको सम्बन्धलाई लिएर, एउटा सकारात्मक परिणाम कल्पना गर्नुहोस् l यसले सकारात्मक नतिजा पाउन तपाईंको दिमागलाई थुप्रै कार्य योजनाहरु बनाउन व्यस्त गर्नेछ l सकारात्मक पुष्टिकरणहरु आफैलाई सबै राम्रो छ भन्ने एउटा महान् तरिका हो l आफैसँग धैर्य रहनुहोस् किनकि तपाईंको दिमागले तपाईंले पुष्टि गर्नुभएको आधा कुराहरु पनि बिश्वास गर्नेछैन l पुष्टिकरणहरु तिनै बारे हुन् l तपाईं के हुनुहुन्छ र के प्राप्त गर्न सक्नुहुन्छ बारे तिनीहरु कथनहरु हुन् जुन तपाईंले आफ्नो दिमागलाई दिनुहुन्छ l सकारात्मक पुष्टिकरणहरुले तपाईंलाई तपाईंको हृदयले वास्तवमै के चाहन्छ त्यसबारे आफ्नो दिमाग रिप्रोग्राम गर्न मद्दत गर्नसक्छ l जान दिनुहोस् l जब तपाईं कुराहरु मानसिक रुपमा जान दिनुहुन्छ त्यति बेलाको सुन्दर आत्मसमर्पणको भावना महसुस गर्नुहोस् l एउटा व्यस्त व्यक्ति भएर तपाईं प्रत्येक अवस्थाको परिणामहरु नियन्त्रण गर्न पुग्नुहुन्छ र तपाईंले आशा गरेजस्तो भएन भने नराम्रो महसुस गर्नुहुन्छ l सम्झनुहोस् कुराहरु समय समयमा नराम्रो हुनसक्छन् l तपाईं जस्तै, जीवन उत्कृष्ट छैन त्यसैले किन अरुबाट उत्कृष्टता आशा गर्ने ? त्यो तपाईले बोकिरहनुभएको भावनात्मक झोला त्यागुहोस् l संसारको बोझ तपाईंको काँधमा रहनु आवश्यक छैन l सामुहिक चेतनाको बारे तपाईंले बुझ्नुपर्छ l त्यस्ता अवस्थाहरु बारे सोच्नुहोस् जब कुराहरु कसैको लागि अत्यन्तै नराम्रो हुनपुग्छ l यो संसारमा ति अभागी व्यक्तिहरुको लागि मौन प्रार्थना पठाउनुहोस् l कोही अपरिचित व्यक्तिलाई प्रार्थनाको खाँचो भैरहेको हुनसक्छ l यो तपाईंमा अनेक तरिकाले फर्कनसक्छ l  कोही अरुलाई सकारात्मक व्यक्ति बन्न मद्दत गर्नुहोस् l यसले तपाईंको सकारात्मक सोचको विश्वास पुनःपुष्टि गर्न मात्र सक्छ l सकारात्मक उर्जा त्यो हो जसलाई प्राकृतिक हिसाबले सबैले खोज्छन् र हामीले हाम्रो जीवनमा नकारात्मक प्रभाव भएकोले हाम्रो साथीहरु र परिवारजनलाई आरोप पनि लगाउन सक्छौ l यो किसिमको विचारले हामीलाई कतै पुराउदैन l त्यसको सट्टा अर्को कुन उत्कृष्ट विकल्प हो त्यसबारे सोच्नुहोस् l तपाईंले कसरी नकारात्मक उर्जा वा अनुभवहरुलाई सकारात्मकमा बदल्न सक्नुहुन्छ त्यसबारे सोच्नुहोस् l सुरुमा तपाईंले प्रतिरोध सामना गर्नुहोला तर सम्झनुहोस् यदि तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईंको स्वामित्वमा सकारात्मकता हुन्छ l
गुड नाइट...स्लिप टाइटलाई एउटा वास्तविकता बनाउँन तपाईले गर्ने कुराहरुमिठो निद्रा कसलाई प्यारो लाग्दैन र ! राम्रो निद्रा परेन भने भएभरको दोष आफु वरिपरिको हुनेगरेका गतिविधिलाई दिइन्छ । यो स्वभाविक हो, यदि राम्रो निद्रा पुगेन भने व्यक्तिको शारीरिक तथा मानसिक विकासमा अवरोध आउछ र अरुलाई दोष दिइन्छ । राम्रो निद्रा पार्नु नपार्नु व्यक्ति स्वयममा भर पर्छ । राम्रो निद्राका लागि गर्न हुने र नहुने कुरा  सुत्ने र उठ्ने समय एउटै हुनु निद्राको लागि राम्रो मानिन्छ ।  नियमित सुत्ने र उठ्ने नियमित तालिका बनाउनु पर्छ । निद्रा राम्रो भएमा मस्तिष्क र शरिरलाई आराम मिल्नुका साथै स्वस्थ रहन्छ ।  यदि तपाई कामले थकित हुनुहुन्छ र शरिरलाई आराम चाहिएको छ भने ओछ्यानको अवस्था जति नै नाजुक भएपनि निद्रा लाग्ने सम्भावना हुन्छ । अन्यथा नियमित रुपमा सुत्ने तालिका र राम्रो ओछ्यान भएन भने शरिर र मस्तिष्क आरामले निदाउन सक्दैन । त्यसैले आफु सुत्ने ओछ्यान र समयतालिकालाई अस्तव्यस्त नगरि राम्रो निद्रामा ध्यान पुर्याउन अपरिहार्य छ  । मोवाइलमा अर्लाम सेट गरि सधै एउटै समयमा सुत्ने र उठ्ने बानिको विकास गर्न सकिन्छ ।   राम्रो निद्रा पर्ने कुरामा आफु कत्तिको तनावमुक्त छ भन्ने कुराले पनि निर्धारण गर्दछ । राम्रो निद्राका लागि चिन्ता तथा तनावमुक्त हुन जरुरी छ । यदि मस्तिष्कमा अनेकथरी कुरा खेलिरहन्छ र तनाव छ  भने निद्रा छेउमै पर्दैन । निद्रा परेन भने एउटा चिन्ताले डिप्रेसनको शिकार बन्न बेर लाग्दैन ।   त्यसैले मस्तिष्कबाट अनावश्यक त्यागेर ओछ्यानमा जानुस्. । मिठो निद्रा ग्रहण गर्नुस् ताकि भोलिपल्ट विहान उठ्दा मन चंगा जस्तै बनेको भान होस् ।  मानिस स्वस्थ रहन पर्याप्त निद्रा आवश्यक पर्छ । जसका लागि करिब ८ घण्टा सुत्न जरुरी हुन्छ । जसमा आन्तरिक तथा बाह्य तत्वले प्रभाव पारेको हुन्छ ।  यदि सुत्ने ओछ्यान आरामदायि भयो भने जतिबेला पनि निद्रा आउन सक्छ हैन भने निद्रा पर्न गाह्रो  हुन्छ । व्यक्तिको आनिबानी र जिवनशैलिको कारण सुत्ने तालिका फरक हुन सक्छ । यद्यपि, आरामदायि बेड बनाई निद्रा पुराउनु पर्छ । कतिपय व्यक्तिले निद्रा लागोस् भनेर नाइटक्याप लगाउछन् भने कतिपयले अल्कोहल र स्लिपिङ ट्याव्लेट सेवन गर्दछन् । धेरैले अल्कोहल सेवन गरेपछि राम्रो निद्रा पर्ने विश्वास गर्छन् तर यसले सुताईमा कुनै सहयोग गर्दैन,  बरु शरिरमा अल्कोहल र औषधिको असर कम भएसंगै निद्रा विगार्ने गर्दछ । अल्कोहल र ट्याव्लेट खाने बानि पर्छ र विस्तारै यसको दिर्घकालिन असर  मस्तिष्क  र शरिरमा पर्न जान्छ । त्यसैले सुत्नुअघि अल्कोहल, चिया कफि तथा निकोटिनयुक्त हानिकारक तत्व प्रयोग गर्नुको सट्टा  घरमा सहजै उपलब्ध हुने  तातो दुध र चकलेट खाएर मिठो निद्रा ग्रहण गर्नु उपयुक्त हुन्छ । विज्ञान तथा प्रविधिको युगमा जोसुकै व्यक्तिले प्रविधिको अत्याधिक प्रयोग गरिरहेका हुन्छन् ।  अवेरसम्म निद्रा नपर्नुमा कम्प्युटर, टेलिभिजन तथा मोवाइल जस्ता सामग्रीहरु मुख्य कार कतत्व हुन् । जसले सुत्ने तालिकालाई तलमाथि गर्न ठुलो भुमिका खेलिरहेका हुन्छन् । यस्ता सामग्री आफुनजिकै राख्नु निद्राको दृष्टिकोणले हानिकारक मानिन्छ ।  त्यसैले सुत्नुअघि ल्यापटप, टेलिभिजन तथा मोवाइल आफ्नो छेउ नजिकै नराखि मस्तले निदाउनुहोस् । सुत्नुअघि स्टिमुलेन्टहरु जस्तै कफी, चिया वा निकोटिन नखानुहोस् किनकी त्यसले तपाईंको स्नायुहरु हाइपर बनाउँछ र निद्रा लाग्न कठिनाइहरु दिन्छ l
चकलेटको बारमा जति कोका छ, त्यो त्यति स्वस्थकर हो lतपाईलाई यो पत्याउन कठिन होला तर चकलेट वास्तवमा तपाईको स्वस्थको लागि राम्रो हो l तपाई बेहोस हुनु अघि पर्खनुहोस् l पहिला हामी कुराको मूलमा पुगौं l यदि तपाईले ठिक मात्रामा खानुभयो भने चकलेट वास्तवमा तपाइको लागि राम्रो हुन्छ l त्यसोभए मान्छेहरुले जहिले कुरा गर्ने चकलेटको खराब पक्षहरु के हुँन् ? तिनीहरु पालैपालो उडाऔं: चकलेटले क्याभिटी गराउँछ: प्रिय, ममी, डेन्टल क्याभिटीहरु कमोजोर मुखको सरसफाई र कुहिने कार्बोहाइड्रेटहरु धेरै हुने खाना खाँदा हुन्छ l जब यी कार्बोहाइड्रेटहरु मुखमा लामो समयको लागि छोडिन्छ, तिनीहरुले एसिड रिहाइ गर्छन् l यसले दाँतको इनामेल क्षति गर्न सक्छ र दाँतलाई कुवाउँन सक्छ l वास्तवमा, चकलेटमा ट्यानीन हुन्छ जसले वास्तवमा क्याभिटीहरु बन्न दिँदैन l त्यसैले अर्को पटक, प्रिय ममीहरु, आफ्नो बच्चालाई सानो टुक्रा चकलेट खान दिनुहोस् l तपाईले तिनीहरुसँग सामेल हुन सक्नुहुन्छ l चकलेट फ्याट र सुगरले भरिएको हुन्छ: हो, चकलेटमा दुवै स्याचुरेटेड र अनस्याचुरेटेड बोसोहरु हुन्छन् तर तिनीहरु प्राय ओइलिक एसिड र स्टेरिक एसिडको आकारमा हुन्छन् l अब, ओलीक एसिड (ओलिभमा भएको) र स्टेरिक एसिड रगत कोलेस्ट्रोल तहहरु घटाउन राम्रा छन् l त्यसैले कुनै बारमा उच्च मात्राको कोकाले चकलेटमा कम बोसो छ भन्ने सुनिस्चित गर्छ l त्यसोभए, सुगर नि ? सुगर खराब हो तर चकलेटको डार्क किसिमकोमा नियमित मिठो चकलेटभन्दा कम सुगर हुन्छ l डार्कको अर्थ बढी कोका सामाग्री हो र त्यसैले अरु फिलरहरु जस्तै कोका बटर, सुगर, नटहरु आदिको लागि ठाउँ हुँदैन l चकलेटमा कुनै पोषण हुँदैन: खासमा यसमा एन्टीअक्सिडेन्टहरुको मात्रा उच्च हुन्छ l एउटा एन्टीअक्सिडेन्टको काम के हो ? एन्टीअक्सिडेन्टहरुले तपाईको शरीरबाट फ्री रेडीकलहरु जसले रोग र उमेर बढाउछ त्यसलाई फ्लस गर्छ l त्यसैले, यदि तपाई जवान रहन चाहनुहुन्छ भने, हप्तामा एक पटक चकलेट खानुहोस् l दोश्रो, एन्टीअक्सिडेन्टहरु धेरै हुने खानेकुराले हृदयघात, स्ट्रोक, मुटु रोग, हाइपरलिपिडेमिया र बाथ कम गर्ने भनिएर प्रमाणित भएको छ l त्यसैले म एन्टीअक्सिडेन्टहरु भरिएको चकलेटको बार सेवन गर्छु, यो वास्तवमा राम्रो छ l चकलेटमा क्याफिन हुन्छ: चकलेटमा हुने क्याफिनको मात्रा कम हुन्छ तपाईको चिया, कफी वा कोला ड्रिंकहरुसँग तुलना गर्दा l अब, चकलेटको गजब स्वास्थ्य फाइदाहरु गिन्ती गरेर, यो तपाईलाई भन्न महत्वपूर्ण छ तपाईको लागि कुन चकलेट स्वस्थ छ l त्यो जुन सबभन्दा शुद्ध आकारमा छ-बिटरस्विट किसिमको, जुन कोका सामाग्रीमा उच्च छ, त्यहीनै तपाईको लागि स्वस्थ चकलेट हो l त्यसैले अर्को पटक तपाई डेसर्ट लिँदा, सानो चकलेट खानुहोस् तपाईको मिठोपन सन्तुष्ट गर्न र त्यो दोष बिर्सन l 
हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलोदैनिक दुई पल्ट आफ्नो दाँत ब्रश गर्नु मात्र ताजा श्वासको लागि पर्याप्त हुँदैन । तपाईं कस्तो तरिकाले ब्रश गर्नुहुन्छ, र तपाइँ कति लामो समयसम्म ब्रश गर्नुहुन्छ समान रूपमा महत्त्वपूर्ण हुन्छ, साथै नियमित रूपमा फ्ल्स गर्नु र सही खाना खानु । १९ वर्षीया रिता खराब श्वासबाट ग्रस्त छिन् । यो उनको लागि एक ठूलो कम्जोरी हो । कलेजमा कोही पनि उनको मित्र हुन चाहँदैनन् । उनको चिकित्सकले दैनिक दुई पटक ब्रश गर्ने सुझाव र उनको लागि राम्रो माउथ वाश निर्धारण गरिदिएका छन । यस सल्लाह पालना गर्दा पनि उनलाई धेरै सहयोग पुगेको छैन् । हामी लाखौं हुनुपर्छ जसले रिताको समस्या पहिचान्न सक्छौं । हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलो असजिलोपन हो । यो रिताको जस्तै सामाजबाट अलग्गिनुको कारण हुन सक्छ । ताजा श्वास स्वच्छताको चिन्ह हो । ताजा श्वासले आफुलाई अझ विश्वस्त बनाउँछ, र तपाइँलाई जिवनले फ्याँक्ने कुनै पनि चुनौती सामना गर्न तयार बनाउँछ । त्यसोभए, तपाईंले आफ्नो श्वास दिन भरी ताजा राख्न के गर्नुपर्छ ? दिनको दुई पटक ब्रश गर्नुहोस्, र नियमित रूपमा राम्रो माउत वाश प्रयोग गर्नुहोस्, तपाईंको उत्तर हुनेछ । तर के यो पर्याप्त हुनेछ हामी यहाँ केही काल्पनिक कथाहरु हेरेर सुरू गरौं! माउत वाशले तपाईंलाई दिनभरी ताजा श्वास दिनेछ । यसले दिदैंन । यसले तपाईंको श्वासलाई केहि क्षणको लागी मात्रै ताजा बनाउँछ  जबसम्म तपाइँ आफ्नो दाँत नियमित रूपमा ब्रश गर्नुहुन्छ, तपाईले खराब श्वासको बारेमा चिन्ता गर्नुपर्दैन! आफ्नो दाँत ब्रश गर्न आवश्यक छ ।  तपाईंले कति लामो समय र तपाइँले कसरी ब्रश गर्नुहुन्छ, यही महत्व छ । हामीमध्ये अधिकांशले ३५ देखि ४० सेकेण्डसम्म ब्रश गर्दछ, जुन पर्याप्त छैन ।  दाँत राम्ररी सफा गर्नको लागि दाँतको सबै सतहहरुमा राम्रो तरिकाले ब्रश गर्नुपर्छ । यसले तपाईंलाई २ मिनेट भन्दा बडी लाग्न सक्छ ! र तपाईंले दैनिक दुईचोटी ब्रश गरेर पुग्छ सोचेको हुनुहुन्थ्यो! तपाईंको खराब श्वास मुखमा भएका ब्याक्टेरियाको गतिविधिको परिणाम हो । ब्याक्टेरियाको विकासको एक कारण सूखापन पनि हो । त्यही कारण तपाईंको मुख सुक्न नदिनुहोस् । आफ्नो मुखलाई राम्ररी बिझाईराख्नुहोस् । धेरै पानी पिउनुहोस् । मुखमा ब्याक्टेरिया गतिविधिको अन्य कारणहरु मध्ये एक तपाईंको दाँतको बीच अड्किएका खानाका टुक्राहरु हुन् । केहि खाईसकेपछी निश्चित रुपमा मुख राम्रोसँग कुल्ला गर्नुहोस् । फ्लसिङ एक यस्तो गतिविधि हो जुन तपाईंले कहिल्यै नकार्नु हुँदैन । फ्लसिङ्ले नियमित ब्रेसिङले गर्न नसक्ने कुरा गर्छ; यसले तपाईंको दाँतको बीचमा भएको खाना हटाउँछ । त्यस्ता खाद्य पदार्थबाट बच्नुहोस् जुन खराब श्वासको कारण हो जस्तै कफी, चिया, गुलियो डृन्क्स्, लसुन, प्याज, वा ब्रोकोली । सुगर फृ चिविङ गम तपाईंको मुखलाई हाइड्रोइड राख्ने एक राम्रो तरिका हो, किनकि तिनीहरू थुकको प्रवाह बढाउँछ् । जेल आधारित मन्जनहरूले तपाईंलाई ताजा श्वास दिन सक्छ, तर यसको प्रभावहरू अस्थायी हुन्छन् । फ्लोराइड युक्त मन्जनको लागि जानुहोस् जुन लामो समयको लागी राम्रो हुन्छ । योगाको रूपमा कपाल भाती प्रणायम, शीतली प्रणायम, शीतकिरी प्रणायम, योगा मुद्र, सिंह आसन हरु खराब श्वासको सामना गर्न प्रभावकारी हुन्छ । नियमित रूपमा तपाईंको दन्त चिकित्सक सँग भेट गर्नुहोस्, र तपाइँको दाँतलाई विशेष रुपमा सफा गर्नुहोस् । जंक फूडदेखि, र सुगर र फ्याट्मा धनी हुने खाद्य पदार्थबाट बच्नुहोस् । बरु, ताजा फलफुल र तरकारीको लागि जानुहोस् । धूम्रपान र शराब उपभोग छोड्नुहोस् । सरल चीजहरू जस्तै, दैनिक ब्रश, दैनिक फ्लस्, हरेक भोजन पछि आफ्नो मुख कुल्ला गर्ने, र सही खाना खानाले तपाइँको श्वास दिन भरी ताजा राख्न मद्दत गर्न सक्छ ।  
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
यद्दपी, यो महत्वपूर्ण छ कि जोडीहरुले गर्भावस्था निम्न जोखिम वर्गमा छ भनेर निश्चित गर्न आफ्नो चिकएउटा महिला गर्भवती हुँदा खडा हुने प्रश्नहरु मध्ये एउटा प्रश्न हुन्छ यी जोडीले अब यौन सम्पर्क गर्न सुरक्षित हुन्छ कि हुँदैन । हामी जोडीहरुले प्राय सोध्ने प्रश्नहरुको जवाफ दिने कोशिस गर्नेछौं । गर्भावस्थामा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यदि गर्भावस्था सबै चरणहरुमा सामान्यनै छ भने यौन सम्पर्क सुरक्षितनै मानिन्छ । तर पनि, त्यो सुरक्षित हुँदा हुँदै पनि, महिलाले यो गर्ने इच्छा गर्छन् भन्ने छैन । गर्भावस्थाको विभिन्न चरणहरुमा यौनसम्पर्क प्रतिको चाहनामा घटबढ हुन्छ र शरीर बढ्दै जाँदा यौन सम्पर्क सिधै असहज बन्छ । के सुरक्षित छैन ? गर्भावस्थामा दुई प्रकारको यौन क्रियाकलाप सुरक्षित छैनन् । मुख मैथुन गर्दा, पुरुषले उसको जोडीको यौनि भित्र हावा फुक्नु हुँदैन । एउटा हावाको फोकाले रक्त नलीहरुमा अवरोध पुर्याउन सक्छ, जसलाई एयर इबोलिजम भनिन्छ, र यो आमा र नानी दुवैको निम्ति घातक हुनसक्छ । गर्भवती महिलाले एउटा अज्ञात यौन सम्पर्कको इतिहास भएको वा यौन प्रसारित संक्रमण (STD) भएको जोडीसँग यौन सम्पर्क निषेध गर्नुपर्छ । सामान्य जोखिमपूर्ण कारकहरु के हुन् ? गर्भावस्थामा ठुलै समस्याहरु देखिएमा, यौन सम्पर्क नगर्न सल्लाह दिईएको छ । सामान्य जोखिमपूर्ण कारकहरु निम्न हुन् सक्छन्: गर्भपतन हुने खतरा । समय पुर्व बेथा लाग्न सक्छ वा पुर् बेथा सँग सम्बन्धित खतराको संकेत हुन सक्छ (जस्तै असामयिक संकुचनहरु) । अस्पष्ट यौनि रक्तश्राव, बग्ने, वा खुम्चिनु । बच्चाको वरिपरि एम्नियोटिक तरलको चुहावट हुनु । प्लासेण्टा प्रेभिया, त्यस्तो अवस्था हो जहाँ प्लासेण्टा (आमा र बच्चालाई जोड्ने नली जसले बच्चालाई पोषण दिन्छ) तल मुनि भेटिन्छ र त्यसले पाठेघरको मुखलाई ढाकिदिन्छ । सेर्भिक्स असक्षमता, एउटा त्यस्तो अवस्था हो जहाँ सेर्भिक्स कमजोर हुन्छ र समय अगाव नै बढ्छ, जसले गर्भपतन वा समय पुर्वको बेथा वा डेलिभरीको जोखिमलाई बढाईदिन्छ । के गर्भावस्थामा यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ? बच्चालाई जहिले पनि एम्नोईटिक थैलीले (यो एउटा झोला जस्तै हुन्छ जसले भ्रूणलाई र वरिपरिको तरल पदार्थलाई थामेको हुन्छ) र पाठेघरको मांशपेशीहरुले सुरक्षा दिएको हुन्छ । सर्भिक्सलाई एउटा बाक्लो म्युकस प्लगले बन्द गरेको हुन्छ र बच्चालाई संक्रमित हुनबाट बचाउँछ । यौन सम्पर्कको बेला लिङ्ग भ्रूणको संसर्गमा आउँदैन । त्यसकारण, यौन सम्पर्कले बच्चालाई सिधै नोक्सान गर्दैन । के चरम-आनन्दले गर्भ पतन वा संकुचन गराउँछ ? चरम-आनन्दको बेला वा ठिक त्यस पछि गर्भवती महिलाहरुले महशुस गर्ने संकुचन बेथा लाग्दाको संकुचन भन्दा एकदम भिन्न हो । त्यसकारण, सामान्य वा कम-जोखिम गर्भावस्थाको अवस्थाहरुमा, चरम-आनन्दले संकुचन ल्याउने वा गर्भपतन हुने हुँदैन, तर जहिले पनि डाक्टरसँग जाँच गराउनुहोस् र तपाईंको गर्भावस्था कम-जोखिमको वर्गमा छ भनि ढुक्क हुनुहोस् । गर्भावस्थामा सुरक्षित यौन सम्पर्कको मुद्राहरु के के हुन् ? अब तपाईंको लागि पुरानो मिसनरी (पुरुष माथि बाट घोप्टो परि गर्ने यौन सम्पर्क) मुद्राको यौन सम्पर्क काम दिंदैन । त्यसको बदला यी विकल्पहरु अपनाउनुहोस्: स्पुनिङ्ग: उसंगै एउटै दिशा पट्टि फर्किनुहोस् । यसको गर्दा तपाईंको भुँडीमा कुनै दबाव पर्दैन, र अझ गहिरो प्रवेश गराउँछ । महिला माथि पट्टी: यसो गर्दा भुँडीमा कुनै दबाव पर्दैन, र महिलाले प्रवेशको गति र गहिराईलाई नियन्त्रण गर्न सक्छन् । बेडको छेउ: महिला बेडको छेउमा सुत्छन र आफ्नो खुट्टा खुम्चाएर आफ्नो पाउ बेडको किनारमा राख्छन । यसमा पुरुष उनि पट्टी फर्किएको हुन्छ । यो पुरानो मिसनरी मुद्रा नै हो, तर फरक चाहि पुरुषले आफ्नो शरीरक भार गर्भवती महिला माथि चढाउँदैन । तरपनि, ध्यान दिनुहोस्, गर्भवती अवस्थामा यौन समपर्क गर्ने विषयमा सामान्य एउटा परस्पर शब्द हो । तपाईं र तपाईंको जोडीले तपाईं दुवैको निम्ति के गर्दा सहि हुन्छ भनि कुरा गर्नु आवश्यक छ र डाक्टरको सल्लाह लिनुहोस् ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न