होम
जस्तो हामी धेरैलाई थाहा छ ओस्टियोपोरोसिस, एउटा हड्डीको समस्या हो जुन राजस्वाला बन्द भईसकेका महिलाहरुलाई लाग्ने गर्छ । तरपनि, पुरुषहरुमा पनि ओस्टियोपोरोसिस लाग्ने प्रबल सम्भावना हुन्छ ।ओस्टियोपोरोसिस  एउटा यस्तो अवस्था हो जसमा शरीरको हड्डीहरुले तिनीहरुका ताकत क्रमिक रुपमा हराउँदै जान्छन र पातलो र कमजोर बन्छ। यो साधारणतय महिलाहरुमा देखिन्छ जो रजस्वला बन्द हुने स्थितिमा पुगेका हुन्छन। यसको कारण हर्मोनको स्तरहरुमा ह्रास आउनाले हो विशेष गरि एस्ट्रोजेन । अध्ययनले देखाएको छ कि २०% यो समस्या भोग्ने पुरुषहरु छन् । टेस्टोस्टेरोनको स्तरमा गिरावट आउनु पुरुषहरुमा कमजोर हड्डीहरु हुनुको एउटा प्रमुख कारण हो । पुरुषहरुको शरीरले टेस्टोस्टेरोनको केहि मात्रालाई एस्ट्रोजेनमा बदलिदिन्छ, जुन चाहिं हड्डीको आकारलाई राम्रो बनाइ राख्न धेरै महत्त्वपूर्ण हुन्छ । इन्जाइमको वंशानुगत कमजोरी जसले टेस्टोस्टेरोनलाई एस्ट्रोजेनमा बदल्न सहायता गने भएकोले यो पुरुषमा ओस्टियोपोरोसिस विकास गर्ने कुरामा महत्त्वपूर्ण कारण हो । क्याल्सियम र भिटामिन डिले हड्डीको आकार विकासमा र वृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायामले पनि मद्दत गर्छ। जब तपाईं व्यायाम गर्नुहुन्छ, मांशपेशीहरु कसिन्छ र हड्डीहरु बढ्न थाल्छ । अत्याधिक कामर र धेरै बेर सम्म बसेर गर्ने कामले पुरुषहरुलाई सबै तीनहरुमा ह्रास ल्याइदिन्छ र अन्तमा कम्जोर हड्डीहरु र ओस्टियोपोरोसिस तिर लैजान्छ । अध्ययनले देखाएको छ कि ओस्टियोपोरोसिसको २०% बिरामीहरु पुरुषहरु छन् । केहि उपचारहरु जस्तै छोपुवा विमारको दवाई, प्रोस्टेट क्यान्सरको दवाई र स्टेरोइड्सका साइड-इफेक्ट्सहरु छन् जसले शरीरलाई भिटामिन डि प्रयोग गर्नलाई असम्भव बनाइदिन्छ । यी दवाईको लामो प्रयोगले हड्डीको आकार वजन सब घटाईदिन्छ र हड्डीलाई यति कमजोर बनिदिन्छ कि ति सजिलै भाँचिन सक्ने हुन्छन् । धुम्रपान एउटा नराम्रो बानी हो जसलाई एउटा भन्दा बढि कारणहरुको निम्ति रोक्नु पर्छ । धुम्रपानको असर सम्बन्धि थुप्रै प्रमुख खोजहरुको अध्ययनले देखाउँछ कि धुम्रपानकर्तालाई धुम्रपान नगर्नेहरुको तुलनामा ५५% बढि कम्मरको हड्डी भाँचिने तथा हड्डीमा खनिजको घनत्वको कमिको खतरा बढि हुनेगर्छ । रोगहरुको लामो सूची जस्तै मधुमेह, गोलिगाँठामा बाथ, र पाचन तथा रगतको अव्यवस्थाहरुले तपाईंको हड्डीमा खतरा ल्याउन सक्छ। सोहि बिमारहरुको लागि धेरै लामो समय देखि औषधि सेवन गर्दा पनि हड्डीहरुमा यसको नकारात्मक असर पुग्छ । ओस्टियोपोरोसिसलाई कसरी रोक्ने? व्यायाम-जवान हुँदा देखि नै पुरुषहरु प्राय विभिन्न हड्डी निर्माण हुने प्रकारक खेलकूद गर्दै हुर्किएका हुन्छन। यसले हड्डीको शक्ति वृद्धिमा मद्दत गर्छ र धेरै वर्ष पछि गएर यो सजिलो हुन्छ । हप्ताको ५ पटक केवल ३० मिनटको पैदल हिँडाई र हल्का प्रकारको कसिलो व्यायाम गर्नाले हड्डीको घनत्वलाई सुधार गर्छ र हड्डी खिईन कम हुन्छ । क्याल्सियम खाना-पुरुषको निम्ति दैनिक चाहिने क्याल्सियमको मात्रा भनेको महिलाको बराबर नै हो। तसर्थ, पोषणयुक्त भोजनको सल्लाह पनि एउटै नै रहेको छ ।१,००० एमजी क्याल्सियम प्रति दिन १९ देखि ५० वर्षकाहरुलाई र यदि तपाईं ५० काट्नु भएको छ भने १२०० एमजी क्याल्सियम प्रति दिन हुनुपर्छ। यसको साथै, तपाईंले उचित मात्रामा भिटामिन डि पनि पाएको छ छैन निश्चित गर्नुहोस, ताकि तपाईंले खानु हुने क्याल्सियम सहि ढंगले पच्नु पर्दछ । प्रस्तावित आहार स्तर चाहिं ४०० IU हो। कुनै कुनै डाक्टरहरुले यो ८०० IU सम्म बढाउन सल्लाह दिन्छन् । नियमित स्वास्थ्य जाँचहरुले तपाईंलाई खतराको संकेतहरुको पुर्व जानकारीहरु दिन मद्दत गर्छ र तपाईंले आवश्यकीय पुर्व सावधानीहरु अपनाउन सक्नुहुन्छ । पुरुषहरुमा ओस्टियोपोरोसिस महिलाहरु जतिकै हुनेगर्छ । तरैपनि, यसबाट बच्ने उपायहरु पनि छन् । यस अवस्था बारे सचेतना साथै यस बाट बाच्ने उपायहरुले ओस्टियोपोरोसिसलाई पाखा लगाउन सक्छ । हड्डीको घनत्व महत्त्वपूर्ण छ । यसको अर्थ यी दुई फरकहरु हुन सक्छन् जीवनमा, पछि गएर कम्मरको हड्डी भाँचिने-वा जोशिलो, उच्च-ताकतयुक्त जीवनशैली ।
पुरुषमा प्रजनन क्षमता गिरावट एउटा अवस्था हो जसलाई पुरुषमा बिस्तारै हर्मोनहरुको मात्रा घट्दै जान्छ l हर्मोनल उतारचढावहरु साधारणतया महिलासँग जोडिएका शब्दहरु हुन् तर हर्मोनहरु महिलाको जस्तै पुरुषको भाग पनि हो l त्यसैले पुरुषमा रजोनिवृति महिलामा जस्तै एउटा वास्तविकता हो lमहिलामा डिम्बक्षरण र हर्मोनल तहहरुमा अचानक गिरावट भन्दा फरक पुरुषमा प्रजनन क्षमतामा गिरावट एउटा बिस्तारै हुने प्रक्रिया हो l पुरुषहरुमा परिणाम त्यति प्रष्ट हुदैनन् l स्वास्थ्य जोखिमहरु यद्दपी महत्वपूर्ण हुन्छन् र सुरुवातमै पुरुष प्रजनन क्षमतामा गिरावटको लक्षणहरु पहिचान गर्नु महत्वपूर्ण हुन्छ l थप बुझ्न अरु पढ्नुहोस् l एउटा स्वस्थ पुरुषमा ३००-१२०० एनजी/डीएलको टेस्टोरेस्टोन तह नर्मल मानिन्छ l जब मान्छेको उमेर बढ्दै जान्छ, टेस्टोरेस्टोन तहहरु बिस्तारै तल जान्छन् l ३० वर्षको उमेरपछि, प्रत्येक वर्ष १% तह घट्छ l ५० वर्षको उमेर पुग्दासम्म एउटा पुरुष प्रजनन क्षमतामा गिरावटमा पुग्छ l तपाईंको टेस्टोरेस्टोन तहहरु घटिरहेको छन् कि बुझ्न निम्न लक्षणहरु विचार गर्नुहोस्:  कम यौन चाहना: कम यौन चाहना घट्दो टेस्टोरेस्टोन स्तरहरुको पहिलो चिन्ह हो l  लिंग उत्तेजना नहुने: टेस्टोरेस्टोन नाइट्रिक अक्साइड रिहाइको लागि जिम्मेवार हुन्छ जसले उत्तेजना गराउछ l उमेरसँग टेस्टोरेस्टोन तह घट्ने हुँदा, उत्तेजना पाउन र त्यो लामो समयसम्म कायम गराउन कठिन हुनसक्छ l  कम शुक्रकिट स्तर: साधारणतया विर्यपात हुने शुक्रकिट ०.१ र १० एमएल बीचको फरकमा हुन्छ l यो साधारण स्तर अन्डकोष, सेमिनल भेसिकल्स र प्रोस्टेट सबैको कुशल कार्यले हुन्छ, सबै टेस्टोरेस्टनको प्रभावमा काम गर्छन् l जब तपाईको उमेर बढ्छ, टेस्टोरेस्टोन स्तर घट्छ र विर्यपात हुने मात्राको विर्य पनि घट्छ l  कामोत्तेजना समस्याहरु: जब तपाईंको उमेर बढ्छ, टेस्टोरेस्टोन स्तरहरु घटेको कारणले प्रत्येक समय कामोत्तेजना पाउन अलिक कठिन हुनसक्छ l  मुड परिवर्तन हुने: यो महिलामा जतिनै हुन्छ पुरुषमा पनि त्यतिनै हुन्छ l रोमान्चक कुरा के छ भने यसमा जसले यो भोग्छ उक्त पुरुष त्यसलाई स्वीकार गर्ने र थाहा पाउने अन्तिम व्यक्ति हुन्छ l त्यसैले यदि तपाईं सानो सानो कुरामा दिक्क मान्नुहुन्छ भने तपाईंको टेस्टोरेस्टोन स्तर जाँच्नुहोस् l निराशा: जब तपाईं जुनैसुकै समय झोक्राएको वा सुस्त हुनुहुन्छ भने, तपाईंको टेस्टोरेस्टोन स्तर निकै तल खसेको हुनसक्छ l  पेटको बोसो: यो घट्दो टेस्टोरेस्टोन स्तरको एउटा सुरुवाती लक्षण हो l पेटको बोसो बढ्दो उमेरको संकेत हो l न्युन टेस्टोरेस्टोन स्तरको बढ्दो उमेरको लक्षण हो l टेस्टोरेस्टोन स्तर कम हुने सबै पुरुषहरुमा लक्षणहरु नदेखिन सक्छ l त्यस्ता अवस्थाहरुमा, कुनै उपचारको आवश्यकता हुँदैन l न्युन टेस्टोरेस्टोन अरु कुनै अवस्थाहरु जस्तै थाइराइड रोग, अत्यधिक मदिरा सेवन, निद्रामा स्वास फेर्न कठिनाइ आदिले पनि हुनसक्छ l   ३० वर्षको उमेरपछि, टेस्टोरेस्टोन स्तरको प्रति वर्ष १%ले घट्छ l एउटा पुरुष ५० वर्षको पुग्दासम्म उ प्रजनन क्षमता गिरावटको अवस्थामा हुन्छ l यी कारणहरु पहिचान गरेर हटायो भने त्यसले टेस्टोरेस्टोन स्तर नर्मलमा फर्काउनेछ l यद्दपी न्युन टेस्टोरेस्टोन स्तरहरु कुन कारणले गरेको हो भने पत्ता लाग्दैन भने त्यो साधारण उमेर वृद्धि र प्रजनन क्षमता गिरावटको प्रष्ट संकेत हो l महिलामा जस्तै पुरुषसँग पनि हर्मोन प्रतिस्थापन थेरापीको विकल्प छ l यद्दपी यो उपचार विधि विवादास्पद छ l केही पुरुषहरुमा, टेस्टोरेस्टोन प्रतिस्थापनले थुप्रै लक्षणहरुबाट छुट्कारा दिनसक्छ तर जोखिमहरुले लाभलाई उछिन्छन् l हृदयघातको उच्च जोखिम, प्रोस्टेट क्यान्सर र अन्य स्वास्थ्य समस्याहरु टेस्टोरेस्टोन प्रतिस्थापनसँग सम्बन्धित छन् l घट्दो टेस्टोरेस्टोन स्तरहरुसँग सम्बन्धित समस्याहरुको लागि हर्बल पुरकहरु साधारणतया सुरक्षित मानिन्छन् तर तिनीहरुको पनि प्रमाणित स्वास्थ्य फाइदाहरु छैनन् र प्रोस्टेट क्यान्सरको जोखिम बढाउने भन्ने मानिन्छन् l पुरुषमा प्रजनन क्षमता गिरावट महिलामा जस्तो नाटकीय र छिटै हुदैन तर यो एउटा वास्तविकता हो l यो थुप्रै वर्षको समय अवधीमा बिस्तारै हुन्छ l
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवाफ भनेको उनले व्यायाम गर्न छोडिनन् ।गर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
तपाईंको स्तनमा भएको गाँठो चिन्ताको एक प्रमुख कारण हुनसक्छ र तपाईंको रातको निन्द्रा गायब गर्दिन सक्छ । तथापि चिन्ता गर्नुभन्दा राम्रो कार्य थाल्नु हो, किनकि धेरैजसो समय यी गाँठोहरू क्यान्सर हुने खालका हुँदैनन् ।विगत एक दशकदेखि महिलामा हुने स्तन क्यान्सरको वृद्धिले विशेषगरी सहरी क्षेत्रका महिलालाई उनीहरूको स्तनमा हुने गाँठोलाई लिएर धेरै सतर्क बनाएको छ । जब स्तनमा कुनै सानो गाँठो हुन्छ, तब दिमागमा आउने पहिलो सोच भनेको यो क्यान्सरको लक्षण हो कि भन्ने हुनसक्छ । तर आफ्नो दिमागमा चिन्ता भर्नुभन्दा तुरुन्त कार्य थाल्नु र आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु राम्रो हो ।  यहाँ केही मिथक छन् जुन नियमित रुपमा स्तनको गाँठोसँग सम्बन्धित छन् र त्यसैसँग सम्बन्धित वास्तविक तथ्यसँग जोडिएका छन् । मिथक : यदि स्तनमा गाँठो छ भने यो पक्कै पनि क्यान्सरको लक्षण हुनुपर्छ तथ्यांकले भन्छ कि महिलामा स्तनको गाँठोका १० केसहरूमध्ये २ वटा मात्र क्यान्सर हुने गर्छ । प्रायजस्तो यस्ता गाँठोहरू फाइब्रोएडिनोमा वा सिस्टको कारण हुनेगर्छ । धेरैजसो महिलामा रजश्वला चक्रको समयमा गाँठो बन्ने गर्दछ र यो चक्र सकिने बित्तिकै हराएर जाने गर्दछ । हातले मात्र छोएर यो कस्तो किसिमको गाँठो हो ठ्याक्कै भन्न सम्भव हुँदैन । तरपनि गाँठोको बनौटको बारेमा पत्ता लगाउनु महत्वपूर्ण हुन्छ र यो सुरुवाती चरणमा गर्नु जरुरी हुन्छ, ताकि यदि क्यान्सरको लक्षण हो भन्ने थाहा भएमा सुरुमै निदान गरी उपचार गरेमा तपाईंको जीवन बचाउन सकिन्छ । मिथक : यदि तपाईंको म्यामोग्राम सामान्य छ भने तपाईं सुरक्षित हुनुहुन्छ र गाँठो क्यान्सरको लक्षण हैन यो कुरा खासमा सत्य हैन । क्यान्सर हुने कोष रहेको पत्ता लगाउन तपाईंले थप टेस्टहरू गर्नुपर्छ; गाँठोलाई दोस्रोपटक हेर्न अल्ट्रासाउण्ड, एमआरआइ र अनुवर्ती म्यामोग्राम गर्नुपर्छ । निदानमा १०० प्रतिशत निश्चित रहन डाक्टरले बायोप्सीको सुझाव पनि दिन्छन् । यदि गाँठो रहिरहन्छ तर कुनै कुरा पत्ता लागेन भने तपाईंको डाक्टरले तपाईंलाई लक्षणको विकासको मूल्यांकन गर्न नियमित अन्तरालमा परीक्षण गर्दै रहन भन्न सक्छन् । मिथक : घातक स्तन गाँठोले कुनै पनि दुखाइ गराउँदैन   यद्यपि स्तन क्यान्सरका बिरामी धेरै दुखाइबाट पीडित हुँदैनन्, तर यसको मतलब यो हैन कि यदि तपाईंलाई दुखाइ छैन भने गाँठो क्यान्सर हुने खालको छैन । स्तन क्यान्सर विभिन्न प्रकारको हुन्छ; पोल्ने खालको स्तन क्यान्सरजस्ता केही प्रकारहरूमा बिरामी तातो हुने, हल्का दुख्ने, रातो हुने र सुन्निने जस्ता कुराबाट पीडित हुनसक्छन् र त्यसपछि गाँठोमा दुखाइ बढ्ने हुनसक्छ । मिथक : स्तनपान गराउँदाको समयमा स्तनमा गाँठो देखियो भने यो क्यान्सरको लक्षण हैन यो सत्य हो कि स्तनपान गराउँदा क्यान्सर हुने कोषको विकास हुने सम्भावना कम हुन्छ । तर अझै पनि केही सम्भावना हुन्छ र त्यसैले तपाईंले गाँठो बनेको कुरालाई वेवास्ता गर्नु हुँदैन । गाँठोको अवस्था हेर्न तुरुन्त अल्ट्रासाउण्ड गर्न सल्लाह दिइन्छ । मिथक: जवान महिलामा हुने गाँठो क्यान्सर हुने खालको हुन सक्दैन महिलामा स्तन क्यान्सर जुनसुकै उमेरमा पनि हुनसक्छ । त्यसैले, यदि सानो उमेरमा नै तपाईंको स्तनमा गाँठो देखियो भने वा तपाईंको किशोरावस्थामा रहेकी छोरीको स्तनमा शंकास्पद गाँठो देखियो भने तपाईंले सकेसम्म छिटो सधैं जाँच गराउनुपर्छ । धेरैजस्तो स्तनमा क्यान्सर तब विकसित हुन्छ जब महिलामा रजस्वला हुने समय सकिन्छ । तर यसको मतलव यो हैन कि उनीहरूमा सानो उमेरमा नै क्यान्सर हुँदैन । मिथक : ठूलो गाँठो मात्र क्यान्सर हुने खालको हुनसक्छ, सानो हुँदैन स्तनमा हुने गाँठो विभिन्न आकारको हुनसक्छ; र आकारले क्यान्सरको कोष उपस्थित छ भन्ने कुरा निर्धारण गर्दैन । न्यूयोर्कको म्यानहटन डायग्नोस्टिक रेडियोलोजीकी ब्रेस्ट इमेजिंग विशेषज्ञ डाक्टर मेलिसा स्कीरको भनाइ अनुसार तपाईंको स्तनमा सानो गाँठो रहेको तपाईंलाई महसुस भयो भने तुरुन्त डाक्टरलाई देखाउनुपर्छ, किनकि सानो गाँठो पनि आक्रामक रुपमा क्यान्सरको कारण बन्न सक्छ । धेरैजसो स्तनमा हुने गाँठो क्यान्सर हुने खालको हुँदैन । तथापि तपाईंले पहिलोपटक कुनै गाँठो देख्नेबित्तिकै आफ्नो हेरचाह गर्नेसँग परामर्श गर्नु उचित हुन्छ ।
अपर्याप्त शारीरिक क्रियाकलापले बच्चाहरुलाई स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सक्छ ।आधुनिक दिनका बच्चाहरु अल्छी र अयोग्य हुदैँ हुर्किरहेका छन् । टिभी हेर्दै, कन्सोल र स्मार्टफोनहरुमा खेलहरु खेल्दै, र सामाजिक सञ्जालहरूमा समय बिताएर समय खेर फ्यालिरहेको छ जुन कुराले गर्दा घर बाहिर खेल्ने कम भइरहेको छ । व्यायामको कमीले समस्याहरु ल्याउँदछ, जसले बाल्यकालमा बच्चाहरुलाई वा पछि जीवनमा असर गर्न सक्छ । त्यसैले, आमाबाबुले बच्चाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्न उदाहरण बन्नु पर्दछ । तथापि, बच्चाहरुलाई ट्रेडमिलमा हिड्ने वा तौल उठाउनेभन्दा दिक्कलाग्दो कुरा केही हुदैँन भन्ने कुरालाई ध्यान राख्नुहोस् । खेलकुदहरु खेल्ने यसको धेरैजस्तो राम्रो तरिका हो । एरोबिक्सको प्रयास गर्नुहोस् एरोबिक व्यायामहरूले बच्चाहरूलाई स्वस्थ रहन मद्दत गर्न सक्छ र त्यहि समयमा रमाइलो पनि गर्न सक्दछ । सामान्य धारणा भनेको एरोबिक्स नृत्यको ढाँचा पनि हो । तथापि, एरोबिक्स कुनै व्यायाम हो जसले तपाईंको अक्सीजन लिने मात्रालाई बढाउँदछ । घर बाहिरका   गतिविधिहरूभित्र बास्केटबल खेल्ने, साइकल चलाउने, फुटबल, पौडी, टेनिस खेल्ने, हिड्ने वा दौडने कुराहरु समावेश हुन सक्छ । एरोबिक्स सँगसँगै, बच्चाहरूले तन्काउने व्यायामहरु पनि गर्नु पर्छ, जसले पूर्ण दायराको चालमार्फत लचीलोपना सुधार गर्न, मांसपेशिहरु चलाउन र जोर्नीहरू सजिलै घुमाउन र चलाउन मद्दत गर्दछ । तपाईंको बच्चाहरुलाई उत्साहित बनाउन  कुनै पनि प्रकारले तपाईंको बच्चालाई व्यायामको आवश्यकताको बारेमा कुराकानी गर्न महत्वपूर्ण रहेको छ । तपाईं तिनीहरूलाई विद्यालयमा साथै तपाईं बस्नु भएको स्थानमा घर बाहिर हुने खेलहरूमा भाग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बच्चाले टिभी वा पीसीको अगाडि बसेर बिताएको समयहरूको संख्या नियन्त्रण गर्नुपर्छ । यस तरिकामा उनीले घरको बाहिर खेलिने खेलका साधनहरु खोज गर्नेछिन् । तपाईं उनीहरुसँग खेल्न पनि सक्नुहुन्छ । यो तपाईंहरु दुवैको लागि रमाइलो हुनेछ, साथसाथै तपाईंलाई आफ्नो बच्चासँग मिलेर बस्न पनि मद्दत गर्दछ । कम्तिमा एक घण्टा व्यायाम गर्नु आदर्श हो, र यो एक पटकमा १५ मिनेटको भागमा बाडिएको हुन्छ ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीहरुसँग सही तरिकाले व्यवहार गर्नु बच्चाको व्यक्तित्वको निर्माणमा धेरै आवश्यक रहेको हुन्छ ।जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
सुतेको बेला बोल्ने कार्यलाई स्लिप टकिंग भनिन्छ l मेडिकल हिसाबले यस्तो अवस्थालाई सोम्निलोक्यु भनिन्छ l यो सुतेको बेलामा हुने एउटा असामान्य व्यवहार हो l सुत्दा बोल्नेहरु प्राय ३० सेकेन्ड भन्दा बढी बोल्दैनन् l सुत्दा बोल्दा साधारण आवाज वा बोलीहरु संलग्न हुन सक्छन् l बोलीको आवाज कानेखुशी देखि चिच्याहटसम्म ठुलो हुनसक्छ l ३ देखि १० वर्षको केटाकेटीमा सुत्दा बोल्ने कार्य बढ्दो हुन्छ l सामान्यतया सुत्दाखेरी बोल्ने कार्य हानिरहित हुन्छ lप्राय बिश्वास गरिन्छ कि सुतेर बोल्ने कार्य सपना देख्नेसँग जोडिएको छ तर यो अनुमान समर्थन गर्न कुनै वैज्ञानिक प्रमाण छैन l केही मामलाहरुमा यो निद्रा अव्यवस्था वा कुनै अरु रोगहरुसँग सम्बन्धित हुनसक्छ l निद्रा डर र आरइएम निद्रा व्यवहार विकार (आरबिडी) निद्रामा कुरा गर्नेसँग जोडिएका दुई निद्रा विकारहरु हुन् l डरलाग्दो चिच्याहट, हिर्काउने, कुट्नेसँग निद्राको डरहरु जोडिएका हुन्छन् l यो केटाकेटीमा साधारणतया देखिन्छ l निद्राको डरको समयमा उठ्न कठिन हुन्छ l आरबिडी भएका बिरामीहरु अचानक ठुलो आवाजमा रुन्छन्, गन गन गर्छन्, हल्ला गर्छन् वा आफ्नो सपनाहरुको अभिनय गर्छन्, प्राय हिंसात्मक तरिकाले l निदाएको बेला कुरागर्नुको कारक तत्वहरु भावनात्मक तनाव, मानसिक स्वास्थ्य बिरामी, लागु औषध, ज्वरो र निश्चित उपचारहरु हुन्छन् l उपचार: बिरामीको मुल्यांकन निद्रामा कुरागर्ने व्यक्तिहरु विशेषज्ञ डाक्टरद्वारा मुल्यांकन गरिनुपर्छ विशेषगरी यदि यो वयस्कहरु वा हिंसक कार्यहरु, चिच्याउने वा अत्यन्तै डरसँग सम्बन्धित छ भने l यदि निद्रामा कुरागर्ने केटाकेटीमा विचलित निद्रा ढाँचा छ भने तिनीहरुलाई बाल रोग विशेषज्ञद्वारा मुल्यांकन गरिनुपर्छ l डाक्टरले आमाबाबु, कोठाको साथी र ओछ्यानको साथीसँग निद्रामा कुरागर्ने कार्यको प्रकृति र अवधिबारे प्रश्नहरु सोध्न सक्छन् l निद्रामा कुरागर्ने समस्याको लागि उपलब्ध कुनै ठोस उपचार छैन यद्दपी डाक्टरले कुनै निद्रा विकार पहिचान गर्न निद्राको ढांचा रेकर्ड गर्न परिक्षण गर्न सक्छन् l यो परिक्षणलाई पोलीसोम्नोग्राम भनिन्छ l व्यवस्थापन निद्रामा कुरागर्न समस्याको लागि उपचार आवश्यक पर्दैन l तनाव बेवास्ता गर्ने र राती पर्याप्त निद्रा पाउनाले निद्रामा कुरा गर्ने कार्य कम गराउन मद्दत गर्छ l यद्दपी तपाईंसँग कुनै निद्रा विकार छ जुन पोलीसोम्नोग्रामले पहिचान गरेको छ भने, डाक्टरले त्यसै अनुसार उपचार गर्छन् l यदि खास कारणहरु जस्तै मानसिक अस्वस्थता, लागु औषध दुरुपयोग वा औषधी सेवन पहिचान गरिन्छ भने, तिनीहरु पनि त्यसैगरी व्यवस्थापित गरिन्छ l बिरामीले रक्सी सेवन गर्नुहुदैन, भारि खाना, बोसो भएको खानेकुरा आदि खानुहुँदैन l बिरामीहरुलाई नियमित निद्रा तालिकाको बानी बसाल्न, पर्याप्त मात्रामा निद्रा लिन र उचित निद्रा स्वास्थ्य अभ्यास गर्न सुझाव दिइन्छ र निद्रामा बोल्ने समस्या घट्छ l
तपाइको खुशी कता छ ? – भावना राम्रो हुनुको महत्वभावना स्वस्थ भएको मान्छेले परिवर्तनलाई राम्रोसँग अपनाउँछ, तनावलाई कुशलतापुर्वक सम्झौता गर्छ, आफ्नो सकारात्मक आत्म-छवि हुन्छ अनि आफैले आफ्नो आवश्यक पुरा गर्न सक्छ । भावना स्वास्थ भएको मान्छेले उद्देश्यका साथ अगाडि बढ्न सक्छ अनि आफ्नो सम्बन्ध अरुसँग धेरै निर्भारित हुदैन ।भावना स्वस्थ भयो भन्दैमा तपाईलाई दुख र पिडा हुदैन भनेर भन्न मिल्दैन । सबै मान्छेको जीवनमा दुख र पिडा हुनु भनेको सम्मभाविक हो । तपाईको भावना स्वस्थको बल त्यसलाई कसरी हेर्नु हुन्छ अनि कसरी प्रतिक्रिया गर्नु हुन्छ भनेर निर्धारित गरिन्छ । भावनात्मक रुपले स्वस्थ भएको मान्छेले आफ्नो दुखलाई परिवर्तनको मौका लिन्छ अनि बलियो भएर अगाडि बढ्छ । भावनात्मक रुपमा आस्वस्थ भएको मान्छेलाई चिन्ने तरिका चिन्ता, निराशा, परिवर्नत देखेर असुविधा हुने, नकारात्मक विचार अनि अरुको कार्यहरू, असहमति अनि उदासी देखेर अपरिहार्य मानसिक उन्माद हुन्छ । अनि सम्बन्ध राम्रो राख्न नसकेर र अरुलाई खुशी दिन नसक्नेले अपराधको भावना महसुस गर्छ । तपाईले आफुलाई अयोग्य र खुशी पाउने योग्य छैन भनेर महसुस गर्नु हुन्छ । यस्तो कम आत्म-मूल्य महसुस गर्ने भएकोले आराम महसुस गर्न अर्को तरिका अपनाउनु हुन्छ- जस्तै पदार्थ निर्भरता । गम्भीर तरिकाले भावना अस्वस्थ छ भने मान्छेलाई निन्द्रा लाग्दैन, आशाहीनता, आत्म हत्या गर्ने अनि अनियन्त्रित नकारात्मक विचार आएको महसुस गर्छ ।भावनात्मक र शारीरिक स्वास्थको सम्बन्ध: भावनात्मक स्वस्थ शारीरिकसँग नजिकसँग सम्बन्धित हुन्छ । उनीहरुको बीच सिम्बायोटिक सम्बन्ध छ । तपाईले आफ्नो शरीरको ध्यान राख्नु भयो भने, तपाईले सन्तुलित हर्मोन उत्पादन गर्नु हुन्छ अनि शरीरको अरु भागहरु राम्रोसँग काम गर्छ- गाह्रो परिस्थितिमा र शारीरिक रूपको चुनौतीपूर्ण अवस्थाहरूमा शरीरले कुशलतापूर्वक प्रतिक्रिया दिन्छ । भावनात्मक रुपले स्वस्थ भयो भने, तपाई शारीरिक अस्वस्थबाट चाडै निको हुनुहुन्छ ।तपाईको भावनात्मक स्वस्थ निम्न कारकहरुबाट निर्धारित गरिन्छ: पारिवारिक पृष्ठभूमि, संगत, सम्बन्धको विगत इतिहास, प्रकृति र आनुवंशिक स्वभाव को संवेदनशीलता । जो अशान्त पारिवारिक पृष्ठभूमिबाट आएका हुन्छन् उहाँहरुलाई वयस्कमा अरुसँग स्वस्थ तरिकाले सम्बन्धित गर्न गाह्रो हुन्छ । धेरै जस्तो आनुवंशिक अवस्थामा, मान्छे भावनामा झुक्न सक्छन्- तर पनि आफैले त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो शक्ति बनाउन सक्छ । तपाईले पढेको ठाउँमा तपाईले संगत गरेको मान्छेले तपाईको आत्म-छवि सकारत्मक तरिकाले बनाउन सक्छ या आफुलाई ध्यान राख्ने क्षमता गुमाउनु हुन्छ (धम्की र चिन्ताका कारणहरू) । बिगतको रोमान्टिक सम्बन्धले पनि अहिलेको भावना निर्धारित गर्छ । जो मान्छेलाई प्रकृति मनपर्छ उहाँलाई अरु मानव र गैर मानवहरुलाई विचारमा राख्छन् । प्रत्येक करण एक शर्त हो जुन व्यक्ति को प्रयासहरु द्वारा आकार गर्न सकिन्छ। भावनात्मक स्वस्थ मुख्य रूपमा आफुले गरेको कामबाट आफ्नो वास्तविकता बनाउने विश्वासमा बनाइएको हो ।आफ्नो भावनात्मक स्वस्थलाई कसरी प्रचार गर्ने ?आशावादी हुनुहोस् :तपाइले जीवनलाई कसरी हेर्नु हुन्छ भावनात्मक र मानसिक स्वस्थ त्यसमा निर्धारित हुन्छ । तपाईले धेरै दुख भोगेर राम्रो आउँदैछ भनेर थाहा भएता पनि के तपाई तिनीहरूलाई स्वीकार्न र तिनीहरूका माध्यमबाट प्राप्त गर्ने तरिकाहरू खोज्न सक्नुहुन्छ ? आशावादलाई उत्प्रेरित गर्न मान्छेहरुको प्रेरणादायक कथाहरू पढ्नु होस् ।आफ्नो सुन्दरता खोज्नुहोस् :शरीरलाई चाहिने आवश्यक सुन्नु होस् अनि आफुले सोचेको सुन्दरता त्यसमा लागु नगर्नु । हरेक मान्छेको सुन्दरता उहाँको अद्वितीय विशेषताहरूले निर्धारित गरिन्छ । बुझ्नु कि तपाई अद्वितीय हुनुहुन्छ अनि सुन्दरता बाहिरी मात्र होइन मनको भित्री अवस्थामा पनि हुन्छ ।तपाईलाई ध्यान राख्नेसँग रहनुहोस् :केही कुरामा तपाईले अरुको लागि आफ्नी खुशी त्याग्नु हुन्छ । तर यदि तपाईले कुनै पनि सम्बन्धमा १० मा ८ पटक त्याग गर्नु भयो भने
यो प्राचिन विज्ञानसँग स्वास्थ्यमा साथै रोगहरु उपचार गर्न ठुलो फाइदाहरु छ lयो प्राचिन विज्ञान मानवजातीको लागि युगौंसम्म फाइदाजनक छ l योगको स्वास्थ्य फाइदाहरु संसारभर आधुनिक औषधीद्वारा स्वीकार पनि गरेको छ l योगले एउटा बलियो र स्वस्थ शरीर बनाउँछ l गहिरो स्वास लिने र व्यायामहरुले दिमाग शान्त, केन्द्रित र तीक्ष्ण राख्न मद्दत गर्छ l यसले तनाव हटाउन र दिमाग शान्त गर्न मद्दत गर्छ l यसले हाम्रो स्नायु प्रणाली सन्तुलन गर्छ, हाम्रो दिमागको कार्य सुधार्छ र परिणाम स्वरूप सबै शरीरको कार्यहरु सुधार गर्छ l जब हामी तनावमा हुन्छौ त्यतिबेला हामी सृजनसिल हुन सक्दैनौ l योगले तनावबाट मुक्ती दिन्छ र सृजनसिलता सुधार्छ l यसले थुप्रै स्वस्थ अवस्थाहरु जस्तै हाइपरटेन्सन, मधुमेह, मोटोपन रोकथाम गर्नुको साथै उपचार गर्छ र सम्पूर्ण रोग प्रतिरोधक शक्ति सुधार्छ l
नियमित व्यायमले हाइपरटेन्सन कम गर्न सेवन गरिने औषधीको प्रभाव बढाउँनेछतपाइले धेरै लामो समयदेखि व्यायाम गर्नु भएको छैन । तपाईले शारिरीक गतिविधिलाई हलुका ढङ्ले लिनुभयो। अबदेखि तपाईलाई उच्च रक्त्तचापको लक्षण देखियो भने यसलाई नियन्त्रण गर्न तपाइ जे पनि गर्न तयार हुनुहुन्छ । अझ व्यायाम समेत गर्न सक्नुहुन्छ । कसरत, तौल व्यवस्थापन र सन्तुलित भोजनले  उच्च रक्तचाप हुनबाट जोगाउन तथा भइसकेकोलाई घटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।  उच्च रक्तचाप भएका मानिसहरूलाई व्यायामले तल उल्लेखित फाइदा पुग्छ । शरीरमा रगत र अक्सिजनको प्रवाह बढाउँछ गहिरो निद्रा लाग्छ तागत र सहनशिलता सुधार्छ मुटुलाई स्वस्थ राख्छ तनाव कम गरी मानसिक स्वास्थ्य सवल राख्छ कसरतले औषधीको प्रभावकारिता बढाउँछ त्यसो भए कति समय व्यायाम गर्नुपर्छ त ?  कम्तिमा प्रतिदिन आधा घण्टाको अभ्यास जरुरी हुन्छ ।  सुरू गरि हाल्नुस् । विस्तारै सुरु गर्नोस् र क्रमश बढाउँदै  लानुस् । शुरूमा १० देखि १५ मिनेट व्यायाम गर्नुस् र यसलाई आफ्नो सुबिधा अनुकुल बढाउँदै लानुस् । आनन्दमय अभ्यासहरू छान्नुस् र नियमित जारी गरिराख्नुस् । हतारिएर र दुख्नेगरि नगर्नुस्; त्यसले चोटपटक लाग्न तथा तालिका प्रभावित हुनसक्छ ।   सुक्ष्म अभ्यास सुक्ष्म अभ्यासले  शरिरलाई विस्तारै  आरामबाट व्यायामतिर अग्रसर हुन मद्दत गर्छ। यसले शरिरका मांसपेशीमा दवाव कम गर्छ, मुटुको चालको दर र स्वास प्रस्वास तथा विस्तारै शरीरको तापक्रम  बढाउँछ । अनि माशपेशीको दुखाइ पनि कम गर्छ ।  रक्तचाप घटाउने उत्तम व्यायामहरू  जिउ तन्काउने : यो सवभन्दा उत्तम व्यायाम हो । यसले आनन्द दिन्छर शरिर र मांसपेशीका क्रियाकलापको लागि तयार गर्छ। अनि चोटपटक तथा दुखाइ हुन दिदैन ।  नियमितरुपमा तन्किए  तपाई लचकदार र गतिशिल बन्नुचुन्छ l एरोबिक व्यायाम: यसले शरिरका सम्पूर्ण भागमा रक्त सन्चार गराउछ ।  यसले मुटुको कार्यदक्षता पनि बढाउँछ । मुटुलाई अति फाइदा गर्छ । स्वास प्रस्वासको ढाँचा सुधार्दै मुटुको धडकन र रक्तचाप घटाउँछ । हिडाई , पौडी, उफ्राइ, डोरि उफ्राइ सबै एरोबिक क्रियाकलाप हुन् । एरोबिकस हप्तामा तीनपटक कम्तिमा आधा घण्टाको दरले गर्नुहोस् । शरिर बलियो पार्ने अभ्यासहरू: यि अभ्यासहरूमा मांसपेशि नथाकुन्जेलसम्म  बारम्बार तन्किने र खुम्चिने क्रियाकलाप पर्छन् । यिनमा दायाँ बाँया मोड्ने , डोरि समाइ चढने तथा पुषअप् पर्छन् । यहाँ नियमित जिम जाँदा अपनाउनु पर्ने केहि कुराहरू पथ प्रदर्शन् गरिएका छन् ।  व्यायामको निस्चित तालिका बनाउनुस् । व्याआम  गर्ने एउटा नजिकको साथी  बनाउनुस् ।  आफुलाई मन पर्ने एउटा अभ्यास छान्नुहोस् ।  दिक्क लाग्न नदिन विविधतायुक्त अभ्यास गर्नुहोस् । दिक्क लागे अभ्यास गर्न बन्द हुन सक्छ ।  बिस्तारै  शुरू गर्नुहोस्  र क्रमैसँग बढाउनुहोस, विशेषतः  यदि तपाई नियमित गर्नुहुन्न भने । खाना खाएको एक घण्टा ढलेपछि मात्र अभ्यास गर्नुहोस् ।  दस मिनेट सुक्ष्म व्यायाम र दस मिनेट शान्त हुने चरणहरू छुट्याउनै पर्ने हुन्छ। दैनिक अभ्यासको अभिलेख राख्ने गर्नुहोस् ।
हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलो असजिलोपन हो । यो सामाजबाट अलग्गिनुको कारण हुनसक्छ ।दैनिक दुई पल्ट आफ्नो दाँत ब्रश गर्नु मात्र ताजा श्वासको लागि पर्याप्त हुँदैन । तपाईं कस्तो तरिकाले ब्रश गर्नुहुन्छ, र तपाइँ कति लामो समयसम्म ब्रश गर्नुहुन्छ समान रूपमा महत्त्वपूर्ण हुन्छ, साथै नियमित रूपमा फ्ल्स गर्नु र सही खाना खानु । १९ वर्षीया रिता खराब श्वासबाट ग्रस्त छिन् । यो उनको लागि एक ठूलो कम्जोरी हो । कलेजमा कोही पनि उनको मित्र हुन चाहँदैनन् । उनको चिकित्सकले दैनिक दुई पटक ब्रश गर्ने सुझाव र उनको लागि राम्रो माउथ वाश निर्धारण गरिदिएका छन । यस सल्लाह पालना गर्दा पनि उनलाई धेरै सहयोग पुगेको छैन् । हामी लाखौं हुनुपर्छ जसले रिताको समस्या पहिचान्न सक्छौं । हलिटोसिस्, वा खराब श्वास, केवल बिरामी व्यक्तिको लागि नभै, यो सहनु पर्ने व्यक्तिको लागि पनि एक ठूलो असजिलोपन हो । यो रिताको जस्तै सामाजबाट अलग्गिनुको कारण हुन सक्छ । ताजा श्वास स्वच्छताको चिन्ह हो । ताजा श्वासले आफुलाई अझ विश्वस्त बनाउँछ, र तपाइँलाई जिवनले फ्याँक्ने कुनै पनि चुनौती सामना गर्न तयार बनाउँछ । त्यसोभए, तपाईंले आफ्नो श्वास दिन भरी ताजा राख्न के गर्नुपर्छ ? दिनको दुई पटक ब्रश गर्नुहोस्, र नियमित रूपमा राम्रो माउत वाश प्रयोग गर्नुहोस्, तपाईंको उत्तर हुनेछ । तर के यो पर्याप्त हुनेछ हामी यहाँ केही काल्पनिक कथाहरु हेरेर सुरू गरौं! माउत वाशले तपाईंलाई दिनभरी ताजा श्वास दिनेछ । यसले दिदैंन । यसले तपाईंको श्वासलाई केहि क्षणको लागी मात्रै ताजा बनाउँछ  जबसम्म तपाइँ आफ्नो दाँत नियमित रूपमा ब्रश गर्नुहुन्छ, तपाईले खराब श्वासको बारेमा चिन्ता गर्नुपर्दैन! आफ्नो दाँत ब्रश गर्न आवश्यक छ ।  तपाईंले कति लामो समय र तपाइँले कसरी ब्रश गर्नुहुन्छ, यही महत्व छ । हामीमध्ये अधिकांशले ३५ देखि ४० सेकेण्डसम्म ब्रश गर्दछ, जुन पर्याप्त छैन ।  दाँत राम्ररी सफा गर्नको लागि दाँतको सबै सतहहरुमा राम्रो तरिकाले ब्रश गर्नुपर्छ । यसले तपाईंलाई २ मिनेट भन्दा बडी लाग्न सक्छ ! र तपाईंले दैनिक दुईचोटी ब्रश गरेर पुग्छ सोचेको हुनुहुन्थ्यो! तपाईंको खराब श्वास मुखमा भएका ब्याक्टेरियाको गतिविधिको परिणाम हो । ब्याक्टेरियाको विकासको एक कारण सूखापन पनि हो । त्यही कारण तपाईंको मुख सुक्न नदिनुहोस् । आफ्नो मुखलाई राम्ररी बिझाईराख्नुहोस् । धेरै पानी पिउनुहोस् । मुखमा ब्याक्टेरिया गतिविधिको अन्य कारणहरु मध्ये एक तपाईंको दाँतको बीच अड्किएका खानाका टुक्राहरु हुन् । केहि खाईसकेपछी निश्चित रुपमा मुख राम्रोसँग कुल्ला गर्नुहोस् । फ्लसिङ एक यस्तो गतिविधि हो जुन तपाईंले कहिल्यै नकार्नु हुँदैन । फ्लसिङ्ले नियमित ब्रेसिङले गर्न नसक्ने कुरा गर्छ; यसले तपाईंको दाँतको बीचमा भएको खाना हटाउँछ । त्यस्ता खाद्य पदार्थबाट बच्नुहोस् जुन खराब श्वासको कारण हो जस्तै कफी, चिया, गुलियो डृन्क्स्, लसुन, प्याज, वा ब्रोकोली । सुगर फृ चिविङ गम तपाईंको मुखलाई हाइड्रोइड राख्ने एक राम्रो तरिका हो, किनकि तिनीहरू थुकको प्रवाह बढाउँछ् । जेल आधारित मन्जनहरूले तपाईंलाई ताजा श्वास दिन सक्छ, तर यसको प्रभावहरू अस्थायी हुन्छन् । फ्लोराइड युक्त मन्जनको लागि जानुहोस् जुन लामो समयको लागी राम्रो हुन्छ । योगाको रूपमा कपाल भाती प्रणायम, शीतली प्रणायम, शीतकिरी प्रणायम, योगा मुद्र, सिंह आसन हरु खराब श्वासको सामना गर्न प्रभावकारी हुन्छ । नियमित रूपमा तपाईंको दन्त चिकित्सक सँग भेट गर्नुहोस्, र तपाइँको दाँतलाई विशेष रुपमा सफा गर्नुहोस् । जंक फूडदेखि, र सुगर र फ्याट्मा धनी हुने खाद्य पदार्थबाट बच्नुहोस् । बरु, ताजा फलफुल र तरकारीको लागि जानुहोस् । धूम्रपान र शराब उपभोग छोड्नुहोस् । सरल चीजहरू जस्तै, दैनिक ब्रश, दैनिक फ्लस्, हरेक भोजन पछि आफ्नो मुख कुल्ला गर्ने, र सही खाना खानाले तपाइँको श्वास दिन भरी ताजा राख्न मद्दत गर्न सक्छ ।  
खराब खाने बानीहरु र अपुग दाँतको हेरचाहले दाँत पहेंलो बनाउँन सक्छ lवर्ड्स भन्ने गितबाट हरफहरु याद गर्नुहोस् l सधै रहने मुस्कान दिनुहोस्, एउटा मुस्कानले तपाईलाई म नजिक ल्याउँन सक्छ l आदर्श तरिकाले, तपाई मुस्कुराउदा आफ्नो दाँत पहेंलो भएको चाहनुहुन्न l त्यसैले तिनीहरु जसको दाँतमा पहेलो दागहरु छन्, निम्न तरिकाले तपाईले सेतैमा पाउँन सक्नुहुन्छ l दाँत केले पहेलो गराएको त्यो बुझ्नु पहिले महत्वपूर्ण छ l खाने बानीहरु: कार्बोनेट गरिएको ड्रिंकहरु दाँतको इनामेलमा पग्लन्छ l चिया, कफी र अन्य क्याफेन भएको पदार्थहरुले पहेलो दाँतमा दाग लगाउँछ l साथै, रक्सी र चुरोट पिउनाले पनि दाँतमा दाग गराउँन सक्छ l विशेषगरी खैनी चबाउनाले हटाउन कठिन हुने दागहरु गराउँछ l कृत्रिम मिठो गर्ने पदार्थहरु धेरै हालिएको खानेकुरा दाँतको लागि हानिकारक हुन् l तिनीहरुले दाँतलाई पहेलो मात्र बनाउँदैनन्, तिनीहरुले क्याभिटी पनि निर्माण गर्छन् l चकलेट, पेस्ट्रीहरु, आइसक्रिम र सुगर धेरै भएका खानेकुराहरु टासिने खालका हुन्छन् l तिनीहरु दाँतमा टासिन्छन् र दाँतको इनामेलमा हानी गर्ने प्रभाव गराउँछन् l तिनीहरुमा डेन्टिन हुन्छ र त्यसले दाँत पहेलो गराउने, कुहाउने र पिडा दिने गर्छ l मुखको सफाई: मुखको क्याभीटीको कमजोर स्वास्थ्यले दागहरु लाग्ने र कुहिने गराउछ l आफ्नो दाँतको राम्रो हेरचाह गर्नुहोस् l दिनमा दुइपटक दाँत माझ्नुहोस् l तिनीहरु फ्लोस गर्नुहोस् र एउटा माउथवास प्रयोग गर्नुहोस् l वृद्ध उमेर: इनामेलको बिस्तारै हुने क्षति र निकै समयको प्रयोगले पहेलो दाँत हुन्छ l औषधीहरु: आइरन चक्की, टेट्रासाइक्लिन जस्ता औषधीहरुले पहेलो दाँत गराउछ l चोट पटक: दाँतमा आघातले पहेलो हुने गराउन सक्छ कहिलेकाँही l यो केटाकेटीमा साधारण हो l दाँत पहेलो हुन रोकथाम गर्न एउटा राम्रो दाँतको सरसफाई कायम गर्नुहोस् l कम्तिमा ३-४ मिनेटको लागि दुई पटक दाँत माझ्नुहोस् l दाँत माझ्दा भद्र हुनुहोस् l खाए पछि प्रत्येक पटक कुल्ला गर्नुहोस् l यसले बाँकी रहेको खानेकुराहरु हटाउँछ र दाँतलाई सफा राख्छ l स्थानीय पाउडर र विनास गर्ने पदार्थहरुको प्रयोग नगर्नुहोस् l तिनीहरुले इनामेललाई क्षति पुर्याउछन् l स्याउ, काक्रा, गाँजर जस्ता फलफुलले सफा गर्ने एजेन्टको काम गर्छन् र दाँतहरु सफा राख्छन् l स्विट लाइम जस्ता फलफुल भिटामिन सि भरिएका हुन्छन् र गिंजा र दाँत स्वस्थ राख्न मद्दत गर्छन् l  
के तपाईं सधैं यौन सुखबारे धेरै जानकारी राख्न रुचि राख्नुहुन्थ्यो र विना हिचकिचाहट कसैलाई सोध्न सक्नुहुँदैनथ्यो ? केही छैन । हामीलाई अब ती पाँच शीर्ष बिन्दुहरू थाहा हुनेछ जसले महिलालाई आनन्दको ढोकासम्म लैजान्छ ! संभोगको बेलामा मात्र यौन सुख हुन्छ ! यस्तै खालका धेरै कुराहरू पढ्नुभएको वा सुन्नुभएको छ ? ल अब योनीबाहेक महिला यौन सुखका ती दबाब क्षेत्रबारे बुझ्ने कोसिस गरौँ ।महिलाको यौन सुखसँग जोडिएका तथ्यको तुलनामा सधैं नै  धेरै कल्पनाका कुराहरू रहेका छन् । यस बिषयमा हरेकले बताउने आफ्नै अन्तर्दृष्टि हुन्छ, तर वास्तविकता भनिएका कुराभन्दा बिल्कुलै बेग्लै छन् । धेरैजस्तो भन्दै आइएको छ कि यौन सुख संभोगको बेलामात्र हुन्छ वा योनीमा रहेको भंगाकुरलाई उत्तेजनामा ल्याएर मात्र यसको सुख प्राप्त हुन्छ । अब भन्नुपर्दा, सत्य यो हो कि महिला यौन सुख शरीरको अन्य गैरयौन अङ्गलाई चलाएर पनि हुनसक्छ । अधिकांश महिला संभोगको समयमा यौन सुख अनुभव गर्न सक्छन्, तर केही अरुको हकमा थप केही गर्नुपर्ने हुन्छ जसले उनीहरूलाई गहन आनन्दका साथ यौन सुख महसुस गर्न मद्दत गर्न सक्छ । यदि आनन्द महसुस गराउने अन्य ठाउँहरू कुन हुन् भनेर खोज्ने हो भने यहाँ तपाईंलाई त्यहाँ लैजान ५ बाटोहरू छन्  ।   स्तन र स्तनको मुन्टो :   स्तन चलाउनु र स्तनको मुन्टो चुस्नु पूर्व यौनक्रिडाको समयमा धेरैजस्तो गरिने कार्य हुन्, तर केही महिलाको लागि यसले उनीहरूलाई परमआनन्दको सागरमा तुरुन्तै लैजाने हुन्छ । एक खोज अध्ययनका अनुसार स्तनको कोमल स्पर्शले मात्र पनि धेरैजसो महिलालाई यौन सुखको बाटोमा लैजानसक्छ । स्तनभन्दा पनि अझै धेरै स्तनको मुन्टो अधिक संवेदनशील बढाउने अङ्ग हो ।   नाइटो (नाइटो वरिपरिको भाग) :   यस्तो पनि भन्ने गरिएको छ कि महिलाको नेटो वा भंगाकुरलाई चलाउनाले लगभग समान सुख वा उत्तेजना दिन्छ किनकि यी दुवै स्नायुगतरुपमा एकअर्कासँग जोडिएका हुन्छन् । त्यसकारण, महिलामा यौन सुख बढाउन यो सर्वाधिक खोजी गरिने सहायक अङ्ग बन्न पुग्दछ । नाइटो क्षेत्रमा औंला घुमाउँदा वा नाइटोमा चुम्बन गर्दा महिलाको धड्कन दौडाउन सक्छ । ओठ महिला यौन सुखको दबाब बिन्दुको लागि धेरै महत्व नदिइएको क्षेत्र, तर धेरै प्रभावकारीमध्येको एक पनि । अध्ययनले बताउँछ कि कामुक चुम्बनले केही महिलामा यौन सुख बढाउने काम गर्न सक्छ । ओठ वा अनुहारमा बिस्तारै छुने वा कोलम ढंगले हात फिराउनाले कुनै महिलालाई यति धेरै उत्तेजित गर्छ कि उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।  यदि चुम्बनले नै यौन सुख प्राप्त गर्न सकिन्छ भने उनको पुरुषलाई अवश्य पनि धेरै मेहनत गर्नुपर्ने अवस्थाबाट बचाउँछ ।   घाँटी वा गर्दन :   महिलालाई जगाउने एक महत्वपूर्ण दबाब बिन्दु घाँटी वा गर्दन पनि हुन सक्छ । दबाब बिन्दु भन्नाले घाँटी निमोठ्ने भनेर हामीले भन्न खोजेको हैन (तथापि त्यसो गर्नाले पनि केही महिला पूर्ण उत्तेजित हुने गर्छन्, र धेरै यौन आनन्द अभ्यास !) । हामीले भन्न खोजेको कानको लोती तल र वरपर कोमल मायालु छुवाइ हो । त्यहाँ गरिने एक मायालु चुम्बन वा टोकाइले रसलाई सही दिशामा बहाउन सक्छ । यसको अर्को पक्ष यो हो कि यसले महिलामा हाँसोको फोहोरा पनि ल्याउन सक्छ ।   खुट्टाको बुढी औंला :   महिलाको खुट्टाको बुढी औंला चुम्नु र चुस्नु भनेको सदैव मनपर्ने पूर्व यौनक्रीडा हो । तर कसलाई सिकाइएको छ कि यो यौन सुख वढाउने मुख्य ठाउँ हुनसक्छ । बुढी औंला चाट्ने वा चुस्ने कार्य गर्दा यसले महिलालाई आनन्दको अर्को संसारमा पठाउन सक्छ । यो सँगै अन्य केही कोमल उपायले महिलालाई बहुयौन सुखको सागरमा पौडन मद्दत गर्न सक्छ र कल्पना गर्नुहोस् त्यहाँ १० औंला छन्, तब त यसले आनन्दको सम्भावनालाई दशगुणा बढाउँछ !
यौन कहिले पिडादायी हुदैन; यौन एउटा आनन्ददायी कार्य हो l पिडाले केही गलत छ भन्ने इंकित गर्छ र कसैले कारण जाँच्नुपर्छ lमहिलाहरुलाई असर पारिरहेका केहि कारणहरु निम्न हुन सक्छन्: निकै चाँडो गर्दै, अप्ठ्यारो स्थानबाट प्रवेश गराउदै । यसले दुख्छ भन्ने कुरा तपाईंको साथीलाई भन्न नलजाउनुहोस् र तपाईंलाई सजिलो बनाउनको निम्ति उसले गति घटाउनुपर्छ वा स्थान परिवर्तन गर्नुपर्छ र दुखाईलाई रोक्नुपर्छ । सुख्खा योनी वा योनी भित्र प्राकृतिक चिप्लो पदार्थको कमि । यस्तो सुख्खा पन कति औषधिहरुको सेवनले हुने गर्छ, रजस्वला बन्द हुँदा परिवर्तन हुन्छ । कहिले काँही पुर्व क्रिडाको समय अवधिलाई बढाउँदा योनी चिप्लो बनाउन पनि मद्दत हुन्छ । दुखाईलाई कम गर्न पानी-जन्य लुब्रिकेण्टको प्रयोग गर्नुहोस् । उत्तेजनामा कमि । कहिले काँही यौन उत्तेजनामा यौनी र पाठेघरले प्रतिक्रिया जनाउन नसक्दा चिड्चिडाहट र पिडा दिन सक्छ । कहिले काँही संभोगको लागि यौनी धेरै संकुचित भएको हुन सक्छ वा पाठेघर उत्तेजित हुँदैन जसले गर्दा प्रवेश गर्दा लिङ्ग सेर्भिक्स (पाठेघरको मुख) को सम्पर्कमा आउँछ । संभोगमा लिप्त हुन भन्दा अघि प्रवेशको अन्य तरिका अपनाउँदा उत्तेजनाका स्तर पत्ता लगाउन मद्दत मिल्न सक्छ । असहजताको कारण Vaginismus (भेजिनिस्मस) पनि हुन सक्छ । यौनीको वरिपरि भएको मांशपेशी कहिले काँही धेरै संकुचित भएको हुन्छ जसले गर्दा पिडा हुन्छ र संभोग पीडादायी हुन्छ । महिला आफैले यौनी द्वारहरु सामान्य भन्दा बढि संकुचित छ या छैन भनि आफ्नो औंलाले जांच गर्न सक्छन् । त्यो vaginismus (भेजिनिस्मस) हुन सक्छ । यसको सामान्य कारण भनेको आत्तिनु वा चिन्ता गर्नु हो । यो परिवर्तन गर्न सकिन्छ । संभोग भन्दा अघि राम्रो पुर्व क्रिडा भयो भने यसले मांशपेशीहरुलाई आराम गर्न मद्दत मिल्छ र चिल्लोपनामा पनि मद्दत गर्छ । शुरु गर्न भन्दा अघि केवल आराम मात्रै गर्दा पनि मद्दत मिल्छ । मर्चा, छालामा हुने फोका आदिको कारण यौनी सम्बन्धि संक्रमण र जलनले संभोगलाई  असहज बनाउँछ । फ्याबरिक, क्रिमहरु, पर्फ्युम आदिले कतिपय महिलाहरुमा जलन पैदा गर्नसक्छ । यिनीहरुको प्रयोग नगर्नुहोस् । पहिलो संभोग अलिकति पीडादायी हुनसक्छ । लिङ्ग प्रवेश हुँदा यौनीको झिल्ली विच्छेद हुँदा असहज हुनसक्छ । विस्तारै शुरु गर्नुहोस् वा सिधै संभोग भन्दा प्रवेशको रुपहरु संग शुरु गर्नुहोस् । मानसिक पिडा । यौन सम्बन्ध सम्बन्धि मानसिक आघातपूर्ण अनुभवहरु वा संभोग संग जोडिएका हिनताबोधपूर्ण अनुभवहरुले संभोगलाई पीडादायी बनाउन सक्छ । सेक्स थेरापिस्ट वा मनोचिकित्षकको परामर्श लिनुहोस्  संभोगको समयमा असहजताको अनुभव पुरुषहरुमा पनि हुन्छ, पुरुषहरुमा आउने यस्तो अवस्थाको विभिन्न कारणहरु: संकुचित लिङ्गको बाहिरी छाला । संभोगको समयमा पहिलो प्रयासमा, संकुचित बाहिरी छालाले पछि हट्ने सम्म बनाउने पिडा दिन्छ । केहि समय पछि, त्यो बाहिरी छाला खकुलो बन्छ र संभोग सहज हुन्छ । लिङ्गको छालामा यदि कुनै चोट छ भने संभोग पीडादायी बन्छ । यसका कारणहरु लुब्रिकेण्ट रहित हस्त-मैथुन वा तीव्र संभोग वा एसटिडीहरु हुन् । फोकाहरु वा पानी फोकाहरुको संक्रमणले संभोग अन्त्यन्त पीडादायी बनाउँन सक्छ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न