होम
कतिपय श्वासप्रश्वास बिमारहरु विकास गर्ने उच्च जोखिम र अति संवेदनशिलता पुरुषहरुमा अझ बढि छ । शारीरिक रुपमा पुरुषहरु बलियो देखिन सक्लान् । तिनीहरुको बलियो, सुगठित रुप हुन्छ तर स्वास्थ्यको रुपसंग केहि सम्बन्ध हुँदैन । यो त जीवनशैली, तनाव, बानीहरु, बसाइहरु, र बंशानु कुराहरुसँग सम्बन्धित छ । कति त्यस्ता रोगहरु छन्, जो वास्तवमा, पुरुषहरुमा बढी देखिन्छ । अर्को शब्दमा भन्दा, पुरुषहरु बढी संवेदनशील हुन्छन् र श्वासप्रश्वास जस्ता केहि बिमारीहरु विकास गर्ने उच्च जोखिममा हुन्छन् lश्वास-प्रश्वासको दिर्घ-कालिन, पूरानो बिमारलाई सिओपिडी भनिन्छ, अर्थात्, क्रोनिक ओब्स्ट्रक्टिभ पल्मोनरी रोग । सिओपिडी  फोक्सोको तन्तु भित्र एउटा अवरोध हो, जसले हावाको उचित आवागमन हुन दिंदैन । यसले गर्दा हावा भित्र र बाहिर गर्न चाहिने ठाउँमा कमि आउँछ, जसको सोझै असर श्वास लिने कुरामा पर्छ । यहाँ एउटा सानो सम्झना दिलाउनु शायद महत्वपूर्ण हुन्छ होला-श्वास जीवनको पर्यावाची हो, किन? कारण यसरी नै हामीले हामीले हाम्रो शरीर भित्र भएका प्रत्येक र हरेक कोष संचालन हुनको निम्ति अत्यावश्यक छ । सिओपिडीसँग अक्सिजन लिने कुरामा समस्या बढ्दै जान्छ । यसको लक्षणहरु भनेको लगातार खोकी, खकार, र श्वास छिटो बढ्ने जस्ता कुराहरु हुन् । सिओपिडी  पुरुषहरुमा बढी पाइन्छ । के यो विमार पुरुष भएको कारण हो र ? अवश्य होइन । तपाईं एउटा पुरुष भएको कारण मात्रै सिओपिडीको जोखिम तपाईंमा उच्च छ भन्न कुनै त्यस्तो सम्बन्ध स्थापति भईसकेको छैन । तब, यो के हुन सक्छ ? अमेरिकामा सन् २०११ मा गरिएको एउटा अध्ययनले देखाउँछ कि धुम्रपान गर्ने धेरै पुरुषहरुमा धुम्रपान गर्ने महिलाहरु भन्दा ५% बढि हुन्छ । यसको पछाडीको कारण बुझ्नलाई, आउनुहोस् यस रोगको प्राथमिक कारण हेरौं । प्रदुषित हावा, कति वंशानु असन्तुलनहरु, नियमित तिव्र संक्रमणहरु, लामो समय सम्म हानिकारक रसायनमा बसाई (विशेष गरि कार्यस्थलमा) यिनीहरु नै यसको प्रमुख कारणहरु हुन्, र पहिलो नम्बर कारण भनेको धुम्रपान हो, जसले ८०-९०% अवस्थाहरु ओगटेको हुन्छ । यो मनमा राख्नुहोस् । अबको केहि जानकारीहरु तपाईंले पहिले जानी सक्नुभएको कुराहरुलाई पुनः बताइएको हुनसक्छ: #धुम्रपानकर्ताहरुको लिङ्ग वर्गीकरण- संसार भरि नै महिलाहरु भन्दा बढी पुरुषहरुले धुम्रपान गर्छन भनि चिनिएको छ, अंकमा मात्रै होइन, तर परिमाणमा पनि। चाहे त्यो विकासोन्मुख वा विकसित देश होस्, २०११ को अध्ययनले भन्छ कि त्यहाँ सबै तिर महिला धुम्रपानकर्ता भन्दा पुरुष धुम्रपानकर्ताहरु बढी छन। केवल धुम्रपान गर्ने बढी पुरुष मात्रै होइन, तिनीहरु महिला धुम्रपानकर्ताहरु भन्दा लामो समय सम्म पिउँछन् र धेरै संख्यामा चुरोटहरु पिउँछन। यो देश देशमा भिन्न हुन्छ, जस्तै, इण्डियामा अमेरिकामा भन्दा कम महिला धुम्रपानकर्ताहरु छन् तर दुई लिङ्गहरु बीचको भिन्नता सबै स्थानहरुमा सत्य नै हुन्छ, केवल मात्रामा फरक पर्छ । #हानिकारक रसायन तथा ग्याँसहरुमा व्यावसायिक रुपले बस्नु पर्ने स्थिति- यो भनेको उत्खनन व्यवसाय, टेक्स्टाइल, केमिकल इञ्जिनियरिङ्ग, वेल्डिङ्ग आदि उद्योगहरु पर्छन् । त्यस्ता उद्योगहरुमा कार्यरत महिलाहरुभन्दा पुरुषहरुको संख्या धेरै उच्च छ । #वायु प्रदुषण-  पुरुषहरु वायु प्रदुषणमा धेरै पर्ने गर्छन् कारण तिनीहरु महिलाहरु भन्दा बढी बाहिर कार्यरत हुन्छन् । यो सबै देश र समाजमा लागू नहोला, तर सामान्य रुपमा यो सत्य हो । अब, हामी यी सबै कुराहरुलाई एकत्र गरेर बुझ्न सक्छौं कि किन सिओपिडी पुरुषहरुमा बढी सामान्य छ ? हो, तिनीहरु एउटा उच्च जोखिममा छन् कारण तिनीहरुको धुम्रपान, प्रदुषण र चिढचिढाहटमा बढि रहने गर्छन् । फोक्सोको रोग लाग्नुको प्रमुख कारण भनेको चुरोटको धुम्रपान गरेर हो र यो काममा विश्वभर महिलाहरुको संख्यालाई पुरुषहरुको संख्याले उछिनेको छ । तपाई आफै यहाँ हिसाव लगाउन सक्नुहुन्छ !
यदि तपाईं चाहनुहुन्छ भने पुरुषहरुको फेयरनेस क्रिम प्रयोग गर्नुहोस् तर छालाको चमकलाई तपाईंको स्वाभिमानसँग नजोड्नुहोस् ।ऐना, ऐना, सबै भन्दा सुन्दर को छ ? यो शब्दले एक समयको दुष्ट रानीको दृश्य ताजा गराउँछ जब तिनले हेर्ने ऐनामा एउटा खोक्रो हेराई दिंदै भनेकी थिईन् । तर, आजको दिनमा पुरुष शृंगारलाई स्वागत गर्दै र स्थान दिंदै माथिका जिज्ञासा गर्न दिनुपर्छ ।   आजको दिनसम्म सुन्दरता भनेको इण्डियन पुरुषहरुले आफ्ना श्रीमतीहरुमा खोज्ने एउटा गुण थियो । हामीले के भनेको भनि बुझ्न फेयर एण्ड लभलीको विज्ञापन हेरे पुग्छ । तर आज, यहि धुन अर्कोमा सरेको छ । धेरै भन्दा धेरै पुरुषहरु तिनीहरुका महिला जोडीहरु जस्तै आफ्ना छालाका रंग, वर्ण र चमकलाई लिएर उत्तिकै उत्साहित भईरहेका छन् । आजका सबै टिभीको व्यापारिक विज्ञापनहरुलाई नै हेर्नुहोस् जहाँ किशोरहरु र युवाहरुलाईनै लक्षित गरि तिनीहरुलाई सामाजिक र लैंगिक सफलताको दुनियामा पुर्याउँछ भने चर्चित कलाकारहरुले गोरोपनाको क्रिमहरु, लोसनहरु र बडि वाशलाई अनुमोदन गर्दै तिनीहरुलाई जालमा अट्काईरहेका छन् । तर तपाईं त्यो गोरोपनको क्रिम किन्न जानलाई हतार गर्नुभन्दा अघि, यहाँ वास्तवमा यो गोरोपना भनेको के हो हेर्नुहोस् गोरोपना भनेको छालाको गहिराइको कोषको अवस्था हो गोरो, गुलाबी, कालो वा गहुँगोरो यो सब मुख्य रुपमा हाम्रो छाला भित्र भएको मेलानिनको तत्त्वले निर्धारित गर्छ। कुनै अफ्रिकी जातीहरुसंग उच्च मेलानिन तत्त्व हुन्छ जसले गर्दा तिनीहरुलाई कालो रंग दिन्छ जबकी युरोपियनहरु कम मेलानिन तत्त्वको कारण उज्ज्यालो छालाको भएको हो । त्यसकारण चाहे तपाईं महंगा गोरोपनाको क्रिम प्रयोग गर्नुहोस् वा शानदार ब्युटी स्पामा गएर सुन्दरताको उपचार गर्नुहोस्, तपाईंको वंशानुगत अवस्थालेनै अन्तिम निर्धारण गर्छ । फेयरनेस क्रिमले कसरी काम गर्छ….वा के साँच्चै गर्छ ? फेयारनेस क्रिमहरुमा त्यस्ता केमिकलहरु हुन्छन जसले छालामा मेलानिनको उत्पादनलाई रोकिदिन्छ र यसरी गोरो छालाको रंग र उज्ज्यालो वर्णलाई बढाइदिन्छ । पुरुषहरुमा धेरै जसो मेलानिन उत्पादनको मात्रा स्त्रीहरुमा भन्दा धेरै हुन्छ, यसैले महिलाहरुको फेयारनेस क्रिमले पुरुषहरुलाई खासै काम गर्दैन। कस्मेटिक व्यवसायीहरुले यो कारणलाई पत्ता लगाए र पुरुषहरुको छालालाई लक्षित गरि उत्पादनहरुको विकास गरे । तरैपनि, पुरुषको लागि मात्रै भनिएका फेयरनेस क्रिमहरु ज्यादा रुचाईएका क्रिमहरु हुन् जसले घामको हानिकारक अल्ट्रा भायोलेट विकिरणलाई रोकिदिन्छ जसले गर्दा छाला कालो हुन्छ । गोरोपनाको अँध्यारो पाटो कतिपय ब्युटी ट्रिट्मेण्टहरु र फेयारनेस क्रिमहरुमा हाइड्रोक्विनोन, मर्कुरी, र अझ स्टेरोइड्स जस्ता केमिकलहरु हुन्छन, जसले तपाईंको छालालाई राम्रो भन्दा बढी हानी नै गर्नसक्छ। यदि तपाईं गोरोपनाको लागि मरि हत्ते गर्दै हुनुहुन्छ भने, तपाईंले यति सम्म गर्नसक्नु हुन्छ त्यो के भने ब्र्याण्डेड सामग्रीहरुको प्रयोग गर्नुहोस (तरपनि त्यसको पनि प्रभावकारिताको कुनै ग्यारेन्टी भने छैन!) । पहिला तपाईंको छालालाई सुहाउँछ या सुहाउँदैन नमुना लिनुहोस् र जाँच गर्नुहोस । यदि चिलाउने आयो भने, तुरुन्तै छालाको विज्ञको सल्लाह लिनुहोस् । अन्तमा छालाको रंग भन्दा महत्त्वपूर्ण छालाको स्वास्थ्य हो । त्यसैले नियमित व्यायाम गर्नुहोस वा प्राकृतिक कुराहरु प्रयोग गर्दै छालाको उपचार गर्नुहोस जस्तै सुन्तलाको बोक्रा, काँक्राको टुक्रा जसले तपाईंको छालाको निखारलाई बढाउँछ । अरुको दबावमा नपर्नुहोस। गोरोपनाको पछि कुद्नाले आफुलाई हिनताबोध र अनावश्यक होड़तर्फ लैजान्छ । फेयारनेस उत्पादकहरुका कस्मेटालोजिस्टहरु र व्यापारीहरु तपाईंको नोक्सानी उपर हाँस्दै बैंक तिर जान्छन् । त्यसकारण यदि तपाईंको कालो छाला छ भने तपाईंको उमेरको पुरुष समुहहरुले राम्रो छ भन्दैमा महंगा विधिहरु अपनाउन तिर तपाईं जानु पर्दैन । संसारको कुनै पनि ब्युटी उपचार भन्दा उत्तम उपचार भनेको आफैले आफैलाई जस्तो छ त्यस्तो स्वीकार गर्नु हो ।  
सम्भवतः महिला आफैं बाहेक कसैले पनि महिलाको दिमागको काम गराइको बारेमा बुझ्न सकेका छैनन् । महिनावारीको समयमा, महिला आफैलाई समेत आफ्नो मष्तिकले कसरी काम गर्छ भन्ने थाहा हुदैन !महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिनावारी महिलाको जीवनको त्यो अवधि हो जहाँ उनको पुरुषले उनलाई पागल भएको दाबी गर्छन् । यो यस्तो समय पनि हो जहाँ उनको महिनावारीको अवधि कम हुने क्रममा पूर्ण रुपमा हर्मोनहरु बिच्छेद हुन्छन् । महिलाहरुको लागि, महिनावारी आफ्नो जीवनको एक महत्वपूर्ण परिवर्तन बिन्दु हो । ओस्ट्रोजेन हर्मोनको घट्दो स्तर र मानिसिक र शारिरिक लक्ष्यणहरुको परिणाम घट्नाहरुको चक्र जस्तो हुन सक्दछ, जसले उनीहरुमा दु:ख मात्र जोड्दछ।  उदाशिनता: उदाशिनताले प्रत्येक मध्य-उमेरका महिलालाई असर गर्ने गर्दछ । २०% महिलाहरुमा महिनावारीको समयमा उदाशिनता रहेको केहि हदसम्म अनुमान गर्न सकिन्छ । उदाशिनताको  उच्च अवधी पेरिमेनोपजल वर्षहरुमा हुने गर्दछ, जब महिनावारीको नजिक आउदछ । विशेषज्ञहरुको अनुसार यसको कारण, यो समयमा महिलाहरुमा महिनावारीको पिर भएको तथ्य हो। यधपी केहीका लागि यो बर्षौ सम्मको महिनावारीको तनाबको अन्त्य हो, अरु धेरैका लागि उनीहरुको स्त्रीत्वको अन्त्य हो । यही एउटा सोच नै धेरै नकारात्मक विचारहरू र  उदाशिनता ल्याउन काफी छ । यो मात्र नभै, पेरिमेनोपजल र महिनावारीको उमेरमा हुने उदाशिनता हर्मोनहरुको उतार चढापको कारण पनि हो । अनुसन्धानले देखाउँछ कि प्रजनन हार्मोनको स्तर, विशेष गरी एस्ट्रोजेन मानसिक परिवर्तनहरूको लागि जिम्मेवार हुन्छ । निन्द्राको समयमा परिवर्तन: महिनावारीको परिवर्तन अवस्थामा ४० देखि ५०% महिलाहरुमा अनिद्रा देखिन्छ । निन्द्रहिन रात बिताउने महिलाहरुले चिडचिडाहट, झन्झटपना, तनाव र उदाशिनताको लक्ष्यण देखाउने सम्भावना अधिक हुन्छ । महिनावारीको समयमा हुने निन्द्राको गडबडी अस्ट्रोजेनको स्तर घट्ने क्रमसँग सम्बन्धित हुन्छ । वास्तवमै यो दाबी सत्य हुन सक्छ किनकी धेरै महिलाहरूले एक्सोजिनस हार्मोन थेरेपीलाई सकारात्मक प्रतिक्रिया दिन्छन् । एक अध्ययनले निद्रा परिवर्तनहरू लुइटिनाइजिङ हार्मोन स्तरसँग सम्बन्धित छन् भन्ने दाबी गर्छ, जसले गर्दा शरीरको तापमान बढ्छ । महिनावारीको परिवर्तन हुने उमेरमा निद्रा एपनिया पनि हुन्छ । यो कम प्रोजेस्टेरोन तहको कारण हो, किनकी प्रोजेस्टेरोनले श्वसनमा महत्त्वपूर्ण भूमिका निभाउँछ । महिनावारिको समयमा वजन बढ्ने हुनाले पनि एपनिया भएको देखिएको छ । भय विकार: भय विकार सामान्यत  पेरिमेनोपजको चरणमा भएको देखिन्छ । भएको विकार बिग्रन सक्छ वा नयाँ विकार आरोहण हुन सक्छ । भय विकार सामान्यत विभिन्न शारिरिक महिनावारीको लक्ष्यणहरु देखा परेका महिलामा प्रकट हुन्छ । भय विकार जीवनका नकरात्मक घट्नाक्रम, पुर्व-अवस्तित मेडिकल रोग र घट्दो दैनिक कार्यक्षमतासँग सम्बन्धित हुन्छ । अव्सेसिव कम्पल्सिव डिस्अर्डर्: ओसिडिको नयाँ प्रारम्भ, विग्रदो वर्तमान अवस्था अथवा महिनावारीको समयमा लक्ष्यणहरुको शैलीमा परिवर्तन देखिन्छ । ओसिडी परिवर्तनहरु गर्भअवस्थाको समयमा र महिनावारीको परिवर्तन समयमा पनि देखिन्छ, जसले ओसिडिको लक्ष्यणहरुमा हुने हर्मोनको प्रभाव जनाउदछ ।  द्विध्रुवीय गडबडी: द्विध्रुवीय गडबडी भएका महिलाहरुले पेरिमेनोपजल चरणमा लक्ष्यणहरु तिब्र हुदैं गएको अनुभव गर्छन । यी महिलाहरु नै हुन् जसलाई अत्यधिक रुपमा महिनावारीको समयमा कठोर उदाशिनाता अनुभव हुने गर्छ ।  स्क्रिजोफ्रेनिया: स्कित्जोफ्रेनिया सामान्यत आफै वयस्क उमेरमा प्रकट हुन्छ । त्यसपश्चात दुवै महिला र पुरुषमा नयाँ घट्नाको आनुपत विस्तारै घट्दै जान्छ । तापनि, ४५ देखि ५० बर्षको उमेरका महिलाको समुहमा दोस्रो उच्च चरण छ ।  तर पुरुषमा यस्तो चरण देखिदैन । यसले यो जनाउँछ कि अस्ट्रोजेनले स्कित्जोफ्रेनियाको सुरुवात गराउने वा पुर्व-अवस्थित स्तिथितिलाई बिगार्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
वंशाणुगत एचआईभी यसको सबै भन्दा खराब रुप हो जसमा यो रोगले दबाब दिन सक्छ, जहाँ बच्चाले कुनै गलती नगरि श्रापसंग जन्मिएको हुन्छ । यो भाइरस जसको कारणले एड्स हुन्छ सजिलै एक संक्रमित आमाबाट नवजात शिशुमा संचारित हुन सक्छ, र उपचार बिना, लगभग २०% संक्रमित आमाहरुका बच्चाहरुलाई एचआईभी लाग्छ ।उच्च भाइरल लोड भएका आमाहरूले संक्रमित बच्चाहरूलाई जन्म दिइएको पाइएको छ । तथापि, कुनै पनि सन्ख्याको भाइरल लोड सुरक्षित हुँदैन किनकि गर्भावस्थाको समयमा कुनैपनि समय संक्रमण हुन सक्छ । यस चरणमा उच्च स्तरको सावधानी आवश्यक हुन्छ । प्राय डिलिवरीको समयमा संक्रमण हुन्छ तर यो एक मात्र तरिका हैन जसको माध्यमबाट यो फैलिन सक्छ । एचआईभी-संक्रमित आमाहरुले स्तनपान गर्नुहुँदैन, किनकी भाइरस स्तन दूधबाट पनि संचारित हुन सक्छ । एचआईभीको संचारण सम्भावना कम गर्नका लागी एन्टिरेट्रोभाइरल औषधिको प्रयोग गरिन्छ । डेलिभरिको समय छोटो राख्नाले संचारणको जोखिम कम हुनसक्छ । अधिकांश पटक पोजिटिभ आमाहरुबाट जन्मिएका बच्चाहरु एचआईभीको लागी पोजिटिभ हुन्छन । एचआईभी संक्रमित शिशुहरुको सिस्टममा एन्टिबडी बन्छ र परीक्षण गर्दा पोजिटिभ नै हुनेछ । तर यदि बच्चाहरु संक्रमित छैनन भने, बच्चाको रगतमा भएको आमाको एन्टिबडी बिस्तारै गायब हुन्छ र एक देखी एक र आधी वर्ष पछी परीक्षण गर्दा नेगेटिभ हुनेछ । एचआईभी पोजिटिभ महिलाहरूले गर्भवती हुनु अघि एचआईभीका लागि एन्टिरेट्रोभाइरल औषधीहरुसँग सम्भावित समस्याहरूको विचार गर्नुपर्छ । यी औषधीहरुको छनौट, संकेत र प्रतिवादबारे चिकित्सकसँग कुरा गर्नुहोस् । प्रारम्भिक गर्भावस्थाको समयमा विलक्षण र उल्टीको कारणले औषधीको मात्रा छुट्न सक्छ, जसले एचआईभीलाई प्रतिरोधको विकास गर्ने मौका दिन्छ । केही चिकित्सकहरु जन्म खोटको जोखिम कम गर्न गर्भावस्थाको समयमा औषधि रोक्न वा परिमार्जन गर्न मन पराउँछन् । छोटो अवधिको उपचारले एचआईभीलाई नयाँ नवजात शिशुमा संक्रमणको खतरा हटाउन वा कम गर्न मद्दत पुर्याउन सक्छ; तर, छोटो अवधिको उपचारले औषधिहरूको प्रतिरोधको जोखिम बढाउँछ । गर्भावस्थाको पहिलो ३ महिनाको समयमा एन्टिरेट्रोभाइरल औषधीका कारण जन्म खोटहरूको खतरा हुन्छ । गर्भावस्थाले आमाको एचआईभी रोगलाई बिगार्दैन, तर गर्भवती हुने योजना बनाएका कुनै एचआईभी पोजिटिभ महिलाले उपचारका किसिम र सबै प्रविधिहरू बारे राम्रोसँग आफ्नो चिकित्सकसँग छलफल गर्नुपर्छ ।
फास्ट फुडहरु स्वादिलो देखिन सक्छ तर तिनीहरुले मोटो भुँडी बनाउँछन् lदेशमा फास्ट फुड चेनहरु गुणा भएर छिटो बढ्दै गर्दा, उदाहरणको लागि महाराजा म्याक, हाम्रो खानेकुरा मुल्यांकन गर्नु एउटा अर्जेन्ट आवश्यकता छ l पोषणको सल्लाह वयस्कहरुमा केन्द्रित हुने हुँदा, केटाकेटीहरु पनि खालि क्यालोरीहरुको खतरामा एक्पोज हुने हुन्छन् l बाल्यकाल मोटोपन संसारभरि बढिरहेको छ नेपालमा समेत गरेर l मोटोपनले केटाकेटीलाई कसरी प्रभाव पार्छ ? र यो नहोस भनेर निश्चत गर्न आमाबाबुले के गर्न सक्छन् ? हामीले तपाईंको केही प्रश्नहरुको जवाफ दिन कोशिश गर्नेछौ l केटाकेटीमा मोटोपनको कारणहरु के हुँन् ? शारीरिक क्रियाकलापहरुक कमि: आजभोली केटाकेटीहरु घरमा बसेर धेरै समय बिताउँछन्-आफ्नो ग्रिहकार्य गर्दै, टिभी हेर्दै, पिसी, कन्सोल ट्याब्लेट वा स्मार्टफोनमा गेमहरु खेल्दै l बाहिर चौरीमा खेल्ने समय घटेको छ l नतिजा स्वरूप, तिनीहरु पर्याप्त व्यायाम पाउँदैनन् l अस्वस्थ खाना रोजाईहरु: हाम्रो व्यस्त जीवनशैलीले हामीलाई खानाको लागि तयार गर्न र योजना बनाउँन थोरै समय मात्र दिन्छ l विकल्प भनेको छिटो पकाउने म्यागी जस्तो खाना हुन्छ l बाहिरबाट मगाएको खाना पनि अस्वस्थ हुन्छ l कहिलेकाँही खाँदा समस्या हुँदैन, त्यसैलाई जीवनशैली बनायो भने समस्या तिर पुगाउछ l बढी तौल भएको आमाबाबु: आमाबाबुको खाने शैली र जीवनशैली उनीहरुको बच्चाको स्वास्थ्य र तौलमा प्रभाव पारेको हुन्छ l मोटोपन वंशानुगत हुनसक्छ l जीवनशैली र वातावरण: जब आमाबाबुहरु आफ्नो व्यस्त समयतालिकाको कारण आफ्नो बच्चालाई धेरै ध्यान दिन सक्दैनन् l नतिजास्वरूप केटाकेटीहरु तयार पारेको खाना वा जंक खाना खान भर पर्छन् l जेनेटिक कारकहरु: केही केटाकेटीको लागि, मोटोपन पछाडीको कारण जेनेटिक कारकहरु हुनसक्छ l एउटा दुर्लव जेनेटिक समस्या भनेको प्राडर-विलि सिन्ड्रोम हो जसले केटाकेटीमा तौल बढाउने गर्छ केटाकेटीमा मोटोपनले कस्ता स्वास्थ्य समस्याहरु गराउन सक्छ ? टाइप-२ मधुमेह खाने समस्याहरु जस्तै बुलिमिया वा टिभी हेर्दै खाने(अत्यधिक खाने वा पिउने) खुट्टाको संरचनामा समस्याहरु कलेजो समस्याहरु स्वास प्रस्वासको समस्या- व्यायामको समयमा स्वास फेर्न कठिन सुत्ने बेला स्वास फेर्न कठिनाइ जसले गर्दा घुर्ने वा राम्ररी नसुत्ने
नवजात शिशु निकै बेरसम्म अत्यधिक रुन्छ भने त्यो पेटको समस्याको कारण होकेले पेट एकदमै दुखाउँछ ? आमाको दुध खुवाउँदा हावाको प्रवेश बच्चाले निकै छिटो चुस्दा खेरी त्यसले ग्यास्त्रोइन्टेसटाईनल पिडा गराउन सक्छ आमाले खाएको खानाले शिशुको पेटलाई असर गर्छ  रुने बच्चालाई सम्हाल्ने केही तरिकाहरु: पक्रने र बच्चालाई पाखुराले समातेर एता उता हल्लाउने l बच्चालाई सुताउन लोरी अर्थात् बच्चाको गित गाउनु प्रभावकारी हुन्छ l दुध खुवाएपछि प्रत्येक पटक बच्चालाई ढ्याउ गराउनुहोस् l रोएर भोक लागेको अभिव्यक्त गरिन्छ l दुध खुवाउनुहोस् l ठुलो आवाजले बच्चालाई अचम्म गराउन सक्छ l ठुलो आवाज नबनाउनुहोस् l केही बच्चाहरुलाई न्यानो स्नानले आराम दिन्छ l केही बच्चाहरुलाई रबर वा सिलिकनको चुस्ने वस्तु (पेसिफायर)ले राम्रो गर्छ l ग्यासको पिडा पनि कारण हुनसक्छ l डाक्टरको सल्लाह अनुसार औषधी प्रयोग गर्नुहोस् l आमाहरुले उनीहरुले खाने कुरामा परिवर्तनहरु ल्याउनुपर्छ l
महिलाको लागि, एउटा उत्कृष्ट, खुशी जीवन सन्तुलन कार्यबारे हो र तिनीहरु पहिले देखिनै काम र बिहे सन्तुलन गर्न सफल भैरहेका छन् l यद्दपी, प्रत्येक महिलाले यो दैनिक जीवनमा सन्तुलन गर्ने कार्य गर्दैगर्दा थुप्रै चुनौतीपूर्ण अवस्थाहरु सामना गर्नुपर्छ lमहिलाको लागि घर र काम बीच सन्तुलन गर्ने धेरै कठिन हुन्छ l त्यहीपनि, वर्षैपिछे, घर व्यवस्था गर्दै बाहिर काममा जान इच्छुक हुने महिलाहरुको संख्या बढ्दैछ l यो किन हो भने सफल करियरले महिलालाई समाजमा आफ्नो पहिचान स्थापना गर्न मद्दत गर्नसक्छ, सम्मान पाउन र उनको निहित गुणहरु, उत्साह र सपनाहरुलाई न्याय दिन मद्दत गर्नसक्छ l त्यसैले एउटा सफल कामगर्ने महिला एउटा खुशी महिला हो र तथ्यांकले देखाउँछ कि त्यस्ता महिलाहरुले आफ्नो बच्चा र पतिलाई खुशी राख्छन् l थप स्थिर बिहेहरु सत्तरीको दशकमा, जब महिलाहरु ठुलो संख्यामा कार्यस्थलहरु प्रवेश गर्न सुरु गरे, त्यहाँ डिभोर्स रेटहरु बढ्न सुरु गरे l यद्दपी, बिगतको दशकमा, कामगर्ने जोडीहरु मध्ये डिभोर्स दरहरु वास्तवमा घटेका छन् l आज, पुरुषहरुमा कामगर्ने महिला एउटा पार्टनर हुनुपर्छ भन्ने विचार बढेको छ l थुप्रै देशहरुमा, पुरुषहरुले वास्तवमा घरेलु कामहरु बाड्छन् र बच्चा हेरचाहको लागि समर्पित गर्छन् ताकी उनीहरुको महिलाहरु सफलतापूर्वक दुवै घर र काम सम्हाल्छन् l यद्दपी, घर र बच्चाहरुको दायित्व अझै प्रमुख हो, महिलाहरुको लागि l तपाईंको काम र बिहे सफलतापूर्वक व्यवस्था गर्न यहाँ छ तरिकाहरु छन्: सही काम खोज्नुहोस् तपाईंले कार्यस्थल र घरको काम व्यवस्था गर्न तनाव सहज बनाउन सक्नुहुन्छ यदि तपाईं सही निर्णयहरु बनाउनुहुन्छ l अध्ययनहरुले इंकित गर्छ कि कम मागहुने कार्यमा पहुँच हुने जोडीहरुले राम्रो यौन सम्बन्ध र राम्रो सम्बन्धहरु पाउँछन् र त्यसैले कमै तनावमा हुन्छन् l यद्दपी, जब कामगर्ने समय लामा छन्, अवस्था उल्टो हुनसक्छ l त्यसैले एउटा रोमान्चक काम पत्ता लगाउन महत्वपूर्ण छ जसमा तपाईंले अझै नियन्त्रणमा पाउन सक्नुहुन्छ विशेषगरी जब हामीसँग घरमा साना बच्चाहरु छन् l कामगर्ने समय मिलाउने प्राय महिलाहरुले आफ्नो करियरहरु बिचमै छोड्नुपर्छ किनकि उनीहरुको पतिहरु लामो समयको लागि काम गर्छन् र बच्चाहरु हेरचाह गर्न कोही उपलब्ध हुँदैन l यदि श्रीमती पनि काममा राम्रो छ भने जोडीले ति कामहरु गर्नुपर्छ जसले दुवैजनालाई काम गर्न अवसर प्रदान गर्छ किनकि यो गर्नेले तिनीहरु दुवैजनालाई सन्तुष्ट राख्नेछ l त्यहाँ एउटा सम्भावना छ कि श्रीमान वा श्रीमतीले आम्दानी अलिकति गुमाउन सक्छन् यो समायोजनमा तर अन्तिममा त्यसले खुशी बिहे पाउने मौका बढाउछ l काम छोड्दाको नकारात्मक प्रभाव यदि काममा उन्मुख महिलाले परिवार मागहरुको कारणले आफ्नो काम छोड्छिन् भने त्यसले बिहेको खास जगनै हल्लाउन सक्छ साथै उनीलाई निराश पनि छोड्नेछ l साथै एउटा ब्रेक लिनु भनेको तपाईंले आफ्नो करियर पुनः सुचारु गर्न चाहँदा तपाईंले निकै छिटो टिप्नुपर्छ जुन वास्ताकितामा निकै कठिन छ l यी अवस्थामा, कामगर्ने आमाहरु केटाकेटी र उनीहरुको बुवाबीचको सम्बन्ध दृढ गर्न मद्दत गर्छन् जब बुवाहरु बच्चा हेरचाह गर्न समय बिताउछन्, बच्चाहरु र बुवा बीचको नजिकको सम्बन्ध बन्छ जुन बुवा काममा जाने परिवारमा सम्भव छैन l अध्ययनले देखाउछ कि दुवै बुवा र आमा बीचको बराबर समर्पणमा हुर्किएको केटाकेटीको उच्च उदेश्य र आकांक्षाहरु हुन्छ l कम दोषी महसुस गर्नुहोस् एउटा कामगर्ने महिला कम दोषी महसुस गर्छ किनकि उनीले समर्पित गृहिणीहरुसँग तुलना गरिएझैँ आफ्नो केटाकेटीसँग धेरै समय बिताउन सक्दिन l यद्दपी, यदि पतिले केटाकेटी हुर्काउने  जिम्मेवारीहरु सम्बन्धि बाड्छ भने दुवै अभिभावकहरु बच्चाहरुको लागि आफ्नो भूमिका खेल्दा खुशी हुन सक्छन् l एउटा सफल करियर भएको एउटा महिला सकारात्मक र आत्मविश्वासी हुन्छ उनीले गर्ने हरेक कुराको बारेमा, जसले अन्त्यमाउनको परिवार खुशी बनाउँछ l  
तपाईंको दिमागलाई सकारात्मक फ्रेममा राख्न कोशिश गर्नु बेकुफी लाग्नसक्छ l तर फाइदाहरु धेरै हुनसक्छन् lकसैले सही भने, “हामी हाम्रो विचारहरुको कुल जम्मा हौ” l त्यसैले तपाईंसँग जति बढी सकारात्मक विचारहरु छन् वा सोचाइको क्षमता छन्, तपाईंको जीवन यात्राको परिणाम त्यतिनै बढी सकारात्मक हुनेछ l थप सकारात्मक सोच र आफैलाई सशक्त बनाउन यहाँ केही जुक्तिहरु छन्:  एउटा दैनिक सकारात्मक सोच हुने दैनिकीमा हिड्नुहोस् l साधारणतया त्यस्तो समय जब तपाईं ठिक उठ्दै हुनुहुन्छ, अर्थात् आधी जागेको अवस्था आफैलाई सकारात्मक विचारहरु दिन सुरु गर्नु उत्कृष्ट हुन्छ l त्यो समयमा दिमाग सुझावलाई बढी स्वीकार गर्ने हुन्छ l तपाईंले आफ्नो दिमागलाई तपाईंको अवस्थाबारे र तपाईंले आफु र आफ्नो परिवारको लागि के प्राप्त गर्ने आशा गर्नुहुन्छ त्यो बारे खुशी र सकारात्मक विचारहरु भर्न सक्नुहुन्छ l सकारात्मक सोचको राम्रो तरिका सृजनसिल सकारात्मक दृश्यावलोकन हो l एउटा निश्चित समयमा, केवल आफ्नो जीवन आफुले चाहने तरिकामा हेर्नुहोस् l यो दिउँसो कल्पना गर्ने भन्दा फरक छ l सृजनसिल दृश्यावलोकनले तपाईंलाई कार्यको लागि जागरुक बनाउँछ भने दिउँसै सपना देख्ननाले तपाईंलाई चाहेको कुरा सोच्नेमा सिमित गराउँछ l यदि तपाईंसँग आफ्नो जीवनको निश्चित क्षेत्रहरुमा कठिनाइ छ भने, काममा भनौ वा तपाईंको सम्बन्धलाई लिएर, एउटा सकारात्मक परिणाम कल्पना गर्नुहोस् l यसले सकारात्मक नतिजा पाउन तपाईंको दिमागलाई थुप्रै कार्य योजनाहरु बनाउन व्यस्त गर्नेछ l सकारात्मक पुष्टिकरणहरु आफैलाई सबै राम्रो छ भन्ने एउटा महान् तरिका हो l आफैसँग धैर्य रहनुहोस् किनकि तपाईंको दिमागले तपाईंले पुष्टि गर्नुभएको आधा कुराहरु पनि बिश्वास गर्नेछैन l पुष्टिकरणहरु तिनै बारे हुन् l तपाईं के हुनुहुन्छ र के प्राप्त गर्न सक्नुहुन्छ बारे तिनीहरु कथनहरु हुन् जुन तपाईंले आफ्नो दिमागलाई दिनुहुन्छ l सकारात्मक पुष्टिकरणहरुले तपाईंलाई तपाईंको हृदयले वास्तवमै के चाहन्छ त्यसबारे आफ्नो दिमाग रिप्रोग्राम गर्न मद्दत गर्नसक्छ l जान दिनुहोस् l जब तपाईं कुराहरु मानसिक रुपमा जान दिनुहुन्छ त्यति बेलाको सुन्दर आत्मसमर्पणको भावना महसुस गर्नुहोस् l एउटा व्यस्त व्यक्ति भएर तपाईं प्रत्येक अवस्थाको परिणामहरु नियन्त्रण गर्न पुग्नुहुन्छ र तपाईंले आशा गरेजस्तो भएन भने नराम्रो महसुस गर्नुहुन्छ l सम्झनुहोस् कुराहरु समय समयमा नराम्रो हुनसक्छन् l तपाईं जस्तै, जीवन उत्कृष्ट छैन त्यसैले किन अरुबाट उत्कृष्टता आशा गर्ने ? त्यो तपाईले बोकिरहनुभएको भावनात्मक झोला त्यागुहोस् l संसारको बोझ तपाईंको काँधमा रहनु आवश्यक छैन l सामुहिक चेतनाको बारे तपाईंले बुझ्नुपर्छ l त्यस्ता अवस्थाहरु बारे सोच्नुहोस् जब कुराहरु कसैको लागि अत्यन्तै नराम्रो हुनपुग्छ l यो संसारमा ति अभागी व्यक्तिहरुको लागि मौन प्रार्थना पठाउनुहोस् l कोही अपरिचित व्यक्तिलाई प्रार्थनाको खाँचो भैरहेको हुनसक्छ l यो तपाईंमा अनेक तरिकाले फर्कनसक्छ l  कोही अरुलाई सकारात्मक व्यक्ति बन्न मद्दत गर्नुहोस् l यसले तपाईंको सकारात्मक सोचको विश्वास पुनःपुष्टि गर्न मात्र सक्छ l सकारात्मक उर्जा त्यो हो जसलाई प्राकृतिक हिसाबले सबैले खोज्छन् र हामीले हाम्रो जीवनमा नकारात्मक प्रभाव भएकोले हाम्रो साथीहरु र परिवारजनलाई आरोप पनि लगाउन सक्छौ l यो किसिमको विचारले हामीलाई कतै पुराउदैन l त्यसको सट्टा अर्को कुन उत्कृष्ट विकल्प हो त्यसबारे सोच्नुहोस् l तपाईंले कसरी नकारात्मक उर्जा वा अनुभवहरुलाई सकारात्मकमा बदल्न सक्नुहुन्छ त्यसबारे सोच्नुहोस् l सुरुमा तपाईंले प्रतिरोध सामना गर्नुहोला तर सम्झनुहोस् यदि तपाईं सकारात्मक हुनुहुन्छ भने तपाईंको स्वामित्वमा सकारात्मकता हुन्छ l
एउटा चरण आउँछ जब तपाई कुनै तौल गुमाउन बन्द गर्नुहुन्छ कठोर व्यायाम र खानेकुरा सिमित गर्दा पनि lयसलाई वेट लस प्लेट्यु भनिन्छ l जब क्यालोरी लिने काम व्यायाम सँगै घटाइन्छ, आवश्यक हुने उर्जा थुपारिएको बोसोबाट प्राप्त गरिन्छ जसले अन्त्यमा तौल घटाउँछ l तौल कम हुने यो दर घट्छ र अन्त्यमा रोकिन्छ जब तपाईको शरीर त्यसको पाचन प्रक्रियाको सेट पोइन्टमा पुग्छ l यो सेट पोइन्ट व्यक्ति व्यक्तिमा फरक हुन्छ l त्यसोभए तपाईले के गर्न सक्नुहुन्छ? यहाँ केही सजिलो तरिकाहरु छन् तौल नाप्ने स्केल हल्लिएको पाउँन: आहारको ढाँचा परिमार्जन गर्नुहोस्: पाचन प्रणाली क्यालोरीको सेवन घाटाउँदा ढिलो हुन्छ l पाचन प्रकिया रिसेट गर्न, तपाईले पर्याप्त मात्रामा क्यालोरीहरु सेवन गर्नु आवश्यक छ l यो फलफुल र तरकारी, होल ग्रेन, प्रोटिन खानामा समावेश गरेर गर्न सकिन्छ l कार्बोहाइड्रेट वा फ्याटहरु भन्दा प्रोटिनलाई बर्न गर्न थप उर्जा आवश्यक छ l व्यायाम पछि आधा घण्टा वा एक घण्टा भित्र खानुहोस् l आहारमा प्रोटिन र कार्बोहाइड्रेट थप्नुहोस् l पानी पिउनुहोस्: एक दिनमा पानीको मात्रा बढाउनुहोस् l दिनभरि व्यायाम पछि, गर्दा, र पछि पिउनुहोस् l व्यायाम परिवर्तन गर्नुहोस्: तपाईले दैनिक गर्ने व्यायाम परिवर्तन गर्नुहोस् l मांशपेशीहरु दैनिक व्यायामको लागि बानी पर्छन् l व्यायामहरु परिवर्तन गर्ने र निरन्तर चुनौती गर्दा थप बोसो बर्न हुन्छ र तन्किने तन्तु विकसित हुन्छ l व्यायामको अवधि, प्रकार र समय बदल्नुहोस् l दौडिनुको सट्टा साइकल गर्ने कोशिश गर्नुहोस् यदि तपाई धेरै लामो समय सम्म गर्दै हुनुहुन्छ l दौडने, पौडी खेल्ने, नाच्ने धेरै राम्रा विकल्पहरु हुन् l स्किपिंग गर्ने र यतिकै हिड्नाले पनि क्यालोरीहरु बर्न गर्छ र प्लेट्यु ब्रेक हुन्छ l जिममा, व्यायाम परिवर्तन गर्नुहोस् l यदि तपाई लामो समयसम्म मेशिनहरुमा व्यायाम गर्दै हुनुहुन्छ भने भुइँको व्यायामहरु वा तौलको तालिम कोशिश गर्नुहोस् l आराम गर्नुहोस्: शरीरले पुनःताजगी पाउँन पर्याप्त आराम आवश्यक छ l मांशपेशी, टेण्डन र लिगामेन्टहरुले अलिकति आन्तरिक र बाहिरी चोट पाउँछन् जुन आरामले निको पार्न सकिन्छ l उचित आरामले तन्तु मर्मत गर्न र रिजेनेरेट गर्न मद्दत गर्छ र तिनीहरु बलियो बनाउँछ l यी परिवर्तनहरु गर्नुहोस् र त्यो तौल नाप्ने स्केलको सुइ घुमाउनुहोस् l
स्वस्थ कालो कपालको लागि सही पोषण मुख्य तरिका हो lहामी सबैको जीवनमा कुनै समय कपाल फुल्ने हुन्छ l कोही त्यो छिटै पाउँछन् र अरु भाग्यमानीहरु जब उनीहरु ५० वर्षको हुन्छन् अनि पाउँन सक्छन् l भारतमा आजभोलि ७०% महिलाहरुमा समयमा भन्दा अगाडी कपाल फुल्ने र झर्ने समस्या छ l कपाल फुल्नुको कारणहरु के हुन् र यदि तपाईको कपाल छिटै फुल्न सुरु हुँदा के गर्न सकिन्छ ? कपाल फुल्नु र झर्नुको सम्भावित कारणहरु के हुन्? खानामा पोषणको कमि l अत्यधिक तनाव चायाँ थाईराइड समस्या, रक्ताल्पता र भिटीलिगो जस्ता रोगहरु l केही औषधीको साइड इफेक्टहरु कपालको समस्याहरु चुरोट र रक्सी पिउने महिलाहरुमा बढी देखिन्छ l बच्चा जन्मिने र रजनोवृति हुने समयमा प्राय महिलाको कपाल झर्ने हुन्छ l छिटो फुल्ने वंशानुगत ढाँचा आजभोलीको सौन्दर्यको प्रकियाहरु जस्तै कलर गर्ने, ब्लिच गर्ने, रंगाउने, सेट गर्ने, सिधा गर्ने कारणले छिटै कपालको समस्या हुन्छ l वातावरण प्रदुषण उपचार र रोकथाम एउटा सन्तुलित खाना खानुहोस् l प्रत्येक खानामा तपाईको शरीरमा सही पोषणहरु पुग्छन् भन्ने निश्चित गर्नुहोस् l यदि तपाई कम रगत हुने बिरामी हुनुहुन्छ भने सही औषधी सेवन गर्नुहोस् l यो मूल कारण हुनसक्छ l राम्रो निद्रा लिनुहोस् l तनाव नलिनुहोस् l तेल नियमित लगाउनुहोस् र मसाज गर्नुहोस् l प्रशस्त पानी पिउनुहोस् l केमिकलहरुबाट टाढानै बस्नुहोस् l फुलेको कपाल लुकाउन के गर्नुपर्छ ? तपाईको कपालमा अमलाको तेल लगाउनुहोस् त्यसलाई स्वस्थ राख्न l हिना, कागतीको रस, फलामको कन्टेनरमा बनाएको फेनुग्रिक दानाको पेस्ट लगाउनुहोस्, त्यसलाई रंग लगाउँन र फुलेको घटाउनुहोस् l नरिवलको तेलमा गुजबेरी टुक्राहरु उमाल्नुहोस् l जब त्यो कालो हुन्छ, कपालमा त्यो लगाउनुहोस् l यदि तपाईसँग ४५-५०% फुलेको कपाल छ भने तपाईले स्थायी कपाल रंग प्रयोग गर्न सक्नुहुन्छ l
थाइरोइड रोग र कार्डियाक अरिथ्मियाको बीच एक वंशाणुगत सम्बन्ध भेटिएको छ ।थाइरोइड घाँटिको क्षत्रफलमा हुने एक सानो ग्ल्यान्ड हो । ग्रीकमा, थाइरोइडले शिल्डको आकारलाई बुझाउँछ । हो, थाइरोइड ग्ल्यान्ड विभिन्न शरीरका कार्यहरूको लागि महत्त्वपूर्ण छ र परिरक्षकको रूपमा कार्य गर्दछ । तर के हुन्छ जब शिल्ड क्षतिग्रस्त हुन्छ र कमजोर हुन्छ ? थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ । थाइरोइड रोग सय जना मान्छेमा लगभग एक देखि चार मान्छेमा रेकर्ड गरिएको छ । थाइरोइडको हृदयसँग सम्बन्ध  २००९मा विल कर्नेल मेडिकल कलेजका अनुसन्धानकर्ताहरु द्वारा एक अनुसन्धान अध्ययन आयोजित गरिएको थियो । यो हृदयको ताल नियंत्रणको पछि भएको वंशाणुगत  सम्बन्धको जांच र विश्लेषण गर्न को लागी गरिएको थियो । उनीहरूले पत्ता लगाए कि हृदयको प्रकार्यमा तुल्यकालिक र तालका लागि उत्तरदायी जीनहरु निकटता पुर्वक थाइरोइड हार्मोन संश्लेषणसँग जोडिएको छ र थाइरोइडको गड्बडी हुन सक्छ । थाइरोइडको गतीविधीले पाचन्, रक्त प्रवाह र हृदयको विद्युत गतिविधिलाई सीधै असर गर्दछ । जब उपयुक्त थाइरोइड हार्मोन पर्याप्त हुँदैन (तल्लो स्तर) , बिरामीहरूले कम ऊर्जाको स्तर, थकान र हृदयको कमजोरीको आशंका गर्छन् । अर्कोतर्फ, रगतमा थाइरोइड हार्मोनको स्तर बढानाले, बिरामीहरु सिस्टम को अतिरक्तताको लक्षणहरु रिपोर्ट गर्छन । त्यहाँ झाडापखाला, पल्पिटेसन्, मुटुको धड्कन बढेको र केहि अवस्थामा हृदयको अरिथ्मिया देखिन्छ्, जहाँ सामान्य हृदयको ताल विघ्न जान्छ अनियमित हुन्छ । थाइरोइड हाइपरएक्टिविटी नियमित रूपमा नियमित औषधिले नियन्त्रण गर्न सकिन्छ ।   जब हृदयको ताल बिग्रिन्छ, यो अनियमित हुन्छ - यसलाई कार्डियाक अरिथ्मिया भनिन्छ । ताल लाई हुने हानि विभिन्न प्रकारको हुन्छ - मुटुको धड्कन घट्नु (यसको अर्थ, चक्र पूरा गर्नको लागि धेरै लामो समय लाग्दै छ), धेरै छिटो (चक्र धेरै छिटो दोहोरिन्छ), धेरै चाँडै (यसको अर्थ एक चक्र पूरा हुनु अघि नै अर्कोको सुरुवात), धेरै अनियमित (यसलाई फिब्रिलेशन भनिन्छ, जहाँ कुनै निर्दिष्ट प्याटर्न देखिदैन) । अरिथ्मियाका बिरामिहरू धेरैजसो चक्कर्, छोटो सास, अचानक कमजोरिको महसुस, बेहोश र छातीमा फरफराएको महसुस गर्दछन् (फरफराउनुको अर्थ हल्का तर छिटो चलेको पंक्षिको पखेटा भनेर बुझ्न सकिन्छ) । अरिथ्मिया सामान्यतया अहानिकारक हुन्छ र अधिकांश व्यक्तिहरु अरिथ्मियाको साथै वर्षौ सम्म श्वासथ जिवन जिउन सक्छन । तर यसको अर्थ यो बेवास्ता गर्नु होईन । अरिथ्मियाको गंभीरताको संकेत र उपचार गर्न को लागी परीक्षण परीक्षणको एक ब्याट्री छ र तपाईंको चिकित्सकलाई उपचारको बारे पाइला चाल्न दिनुहोस् । यदि तपाइँलाई थाइरोइड रोग छ भने, तपाईंको हृदय तुरुन्तै जाँच गर्नुहोस् । र यदि तपाईंले अरिथ्मियाको सामना गर्नुभएको छ भने, तुरुन्तै तपाइँको थाइरोइड जाँच गर्नुहोस् । दुवै अवस्थाहरू नियन्त्रण योग्य र उपचार योग्य छन्; त्यहाँ हुन सक्ने गल्तीको चिन्ता गर्न कुनै कारण छैन । बस सतर्क र सूचित हुनुहोस् ।
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एकता भन्दा पर जान्छ; यो त्यस्तो केही हो जसले तपाईको दिमाग बनाउँन वा भत्काउन सक्छ lमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
एउटा महिलाको महिलावारी चक्रमा ‘सुरक्षित समय’ भन्नाले उनी गर्भवती हुने मौका एकदमै न्यून रहनु भन्ने बुझाउँछ l यौनमा संलग्न हुनु एउटा आनन्ददायी कुरा हो l यसबाट रमाइलो गर्ने सबभन्दा राम्रो तरिका गर्भवती हुने डर नभई यसमा संलग्न हुनु हो lसबै यौन सम्पर्कको कार्यले गर्भवती बनाउँदैन । यस्ता दिनहरु हुन्छन् जब गर्भ बस्ने मौका उच्च हुन्छ र अन्य दिनहरु पनि हुन्छ जसमा मौका लगभग शुन्य हुन्छ । एउटा मस्तीपूर्ण यौन जीवनको मज्जा लिनको निम्ति यी दिनहरु थाहा गर्नुहोस् ! रगत बग्न शुरु भएको दिनदेखि राजस्वाला चक्रको शुरुवात हुन्छ र त्यसको लगभग २८ दिनमा अन्त हुन्छ, औसतमा डिम्ब उत्पादन रजस्वला चक्रको १४औं दिन तिर हुन्छ । सैद्धान्तिक रुपमा १४औं दिन राम्रो मानिन्छ । हरेक महिलाहरुको राजस्वाको चक्र फरक फरक हुने भएकोले, डिम्ब उत्पादन हुने समय पनि फरक हुन्छ । त्यसकारण डाक्टरहरुले प्रजनन समयलाई रजस्वला चक्रको १२औं दिन देखि १८औं को रुपमा हिसाव गर्छन । यो अवधि भनेको डिम्ब उत्पादनको संभावनाको समय हो र गर्भ बस्ने संभावना उच्च हुन्छ । पहिलो देखि ७औं दिन सम्म र १९औं दिन देखि अर्को चक्रको शुरुवात सम्मका दिनहरु ति दिनहरु हुन् जहाँ डिम्ब उतपादन हुने संभावना धेरै कम हुन्छ । यसको अर्थ तपाईंले यी दिनहरुमा प्रेम सम्बन्ध बनाउन सक्नुहुन्छ, यी दिनहरु भनेको गर्भ बस्ने संभावना अत्यत्नै न्यून हुन्छ । यी ति महिलाहरुको लागि लागू हुन्छ जसको महिनावारीको चक्र नियमित छ । चक्र अनियमित भएको अवस्थामा भने, तपाईंले सुरक्षित समय पत्ता लगाउन अलिकति गणितको हिसाव गर्नु पर्नेहुन्छ । उदाहरणको लागि यदि तपाईंको छोटो चक्र २६ दिनको र लामो चक्र ३१ दिनको छ भने, तब २६-१८=८ र ३१-१०=२१ २१औं दिनमा ८औं दिन गर्भ बस्ने दिनहरु हो; पहिलो दिन देखि ७औं दिन सम्म र त्यस पछि २१औं दिन देखि अर्को चक्रको शुरुवात सम्म ति दिनहरु हुन् जुन गर्भ बस्ने डर बिना सुरक्षित यौन सम्पर्कको आनन्द लिन सकिन्छ । सुरक्षित अवधि मा यौन सम्पर्क गर्ने विचार नै पूर्ण-सुरक्षित विचार पनि होइन । धेरै महिलाहरुको अनियमित राजस्वालाको चक्र हुन्छ र एक बाट अर्को महिलामा फरक पर्छ । त्यसैकारण सुरक्षित अवधि भनिएको कुरा, सत्यतामा, त्यस्तो सुरक्षित पनि छैन ! त्यसकारण नचाहिएको गर्भ रोक्नको लागि कन्डमहरु र अन्य निरोधकको पद्दति जस्तै पिल्सहरु प्रयोग गर्नु नै उत्तम हुन्छ ।  
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न