होम
बच्चा जन्माउन भन्दा अघि केवल महिलाले मात्रै आफ्नो स्वास्थ्यको हेरविचार गर्नुपर्छ भन्ने सोच्नु भएकोछ ? बुबाहरुले पनि आफ्ना स्वास्थ्यमा ध्यान पुर्याउनु पर्नेहुन्छ !तपाईंले एउटा बच्चा पाउने निर्णय गरेको समय देखि, सम्पूर्ण ध्यान हुन्-लागेकी-आमा तर्फ केन्द्रित हुन्छ । र यो कुनै कारण विना भएको पनि होइन, अबको ९ महिना बच्चालाई बोक्ने व्यक्ति उनि नै हुन् । तर यसको अर्थ पुरुषको भूमिका केहि कम महत्त्वको छ भन्ने होइन। हुने-वाला-बाबा ले उसको जीवनको आर्को पाटोको निम्ति आफैलाई तयार पार्नुपर्छ । स्वास्थ्यकर जीवन शैलीलाई अपनाउदै प्रजनन एउटा बढ्दै गरेको समस्या हो । तथ्यांक अनुसार ४५% भन्दा बढी प्रजनन समस्या पुरुषहरुसंग सम्बन्धित छ । त्यसैकारण, स्वास्थ्य खानपान, व्यायाम र स्वास्थ्यपूर्ण जिउनुले यी समस्याहरुबाट छुटकारा पाउने तपाईंको मौकालाई बढाई दिन्छ । पोषणयुक्त खानामा विर्य निर्माणमा फरक ल्याउँछ । त्यसैले अस्वास्थ्यकर खानालाई हटाउनु होस् केहि समयको लागि र स्वास्थ्यकर जीवनशैली अपनाउनुहोस् । प्रत्येक दिन पुरुषहरुलाई कम्तिमा १२ देखि १५ एमजी को जिङ्क चाहिन्छ । अल्प अवधिको जिङ्कको कमिले पनि शुक्रको मात्रा र टेस्टोटेरोनको मात्रा घटाउन सक्छ, जुन स्वास्थ्य विर्यको निम्ति धेरैनै आवश्यकता छ । जिङ्क पाईने राम्रो श्रोत भनेको सकेको बोडी (एउटा कपमा ३.५५ एमजी हुन्छ), बदाम, अन्नहरु, सिफूड, र कुखुराको मासु (२.३८ एमजी प्रति आउन्स) ।                                                                                                              पुरुषको प्रजननमा सुधार ल्याउन र विर्य कमजोरी जोगाउन भिटामिन र क्याल्सियमको नियमित सेवन गर्नै पर्छ। क्याल्सियमको प्राकृतिक श्रोत जस्तै छाली-रहित-दुध र दहि खान सकिन्छ । कम्तिमा पनि ९० एमजीको भिटामिन दैनिक रुपमा लिनुहोस् । यसले प्रतिरक्षा शक्तिलाई बढाइदिन्छ। अझ बढि पनि चाहिन सक्छ यदि तपाईंले धुम्रपान गर्नु हुन्छ भने। फोलिक एसिड स्वास्थ्य विर्यको निम्ति एउटा उर्जानै हो । बुबाहरुलाई यसको ४०० माईक्रो ग्राम चाहिन्छ र यसको पोषणको राम्रो श्रोत भनेको हरियो पात भएको सब्जीहरु हो। हुने-वाला-बुबाहरुले मोचाको अतिरिक्त कप लिन छुट छ । क्याफिनले पुरुषहरुलाई विर्यको चुस्ततालाई उत्तेजित बनाउन मद्दत गर्न सक्छ । धुम्रपान र मधपान छोड्नुहोस् एक पटक तपाईंले बच्चा बनाउने कोशिस शुरु गर्नु भयो भने तपाईंको जोडीको रमाइलो खत्तम हुन्छ, तर तपाईंको इच्छाको के हुन्छ ? पुरुषहरुलाई निम्ति पनि त्यस्तै हुन्छ । धुम्रपान छोड्ने समय अहिले नै हो, र ज्यादा मधपान गर्न बन्द गर्नुहोस् । एउटा पुरुष जसले धुम्रपान गर्छ उसको विर्य संख्यामा ह्रास आउँछ र विकृत विर्य जुन बच्चा बनाउन असक्षम हुन्छ । अत्याधिक वा टन्नै मधपानले गुणस्तर विर्य बनाउने क्षमतामा नराम्रो संग असर गर्नसक्छ । व्यायाम तपाईंले अहिले सम्म गर्नुभएको छैन भने तपाईंको दैनिक तालिकामा व्यायामको समयलाई सामेल गर्नुहोस् । व्यायामले सामान्य स्वास्थ्य, ताकत, र विर्यको गुणमा सुधार ल्याउँछ । १५ मिनटको हिँडाइ बाट शुरु गर्नुहोस र यसलाई क्रमिक रुपमा बढाउनु होस् यदि तपाईंले पहिले कहिल्यै व्यायाम गर्नुभएको छैन भने । यदि तपाईंले बच्चा बनाउने कोशिस गर्दै हुनुहुन्छ भने, कसिलो लुगा लगाएर व्यायाम नगर्नुहोस। यसले विर्यलाई बिगार्छ । नियमित रुपमा सौनामा वा तातो टबको बसाई, लामो साइकल चलाउँदा, वा अन्य त्यस्ता क्रियाकलाप जसले गर्दा अण्ड्कोश अत्याधिक तातिन्छ र विर्यको स्वास्थ्यलाई असर पुर्याउँछ र यो बाट जोगिनुपर्छ । स्वास्थ्य परिक्षण हुने-वाला-बुबाले पूर्ण स्वास्थ्य परिक्षण गराउनु राम्रो विचार हो जस बाट बच्चा बनाउन भन्दा अघि सुधार गर्नु पर्ने कुनै खराबी छ कि भनि थाहा लाग्छ। ध्यान दिनु पर्ने कुनै त्यस्ता समस्याहरु निम्न छन्:भेरीकोसील, भनेको अण्ड्कोशमा नशा फुलेको अवस्था हो, अण्ड्कोशलाई थामेको छालाको थैली । यसले बाँझो निम्त्याउँछ। यो अवस्था पूर्ण रुपले निको पार्न सकिन्छ, त्यसैले तपाईंको डाक्टरलाई यसका विकल्पहरुको विषयमा कुरा गर्नुहोस् । लिङ्ग कडा दोष, मधुमेह, र प्रोस्तेटाइटिसले बाँझोपन ल्याउन सक्छ । यौन सम्बन्ध द्वारा सर्ने विमार, जसले बाँझोपना ल्याउन सक्छ। तपाईंको डाक्टरले यसको परिक्षण गरेर उपचार गर्न तपाईंलाई मद्दत गर्नसक्छ । तपाईंको डाक्टरले तपाईंलाई युरोलोजिस्ट कहाँ वा पुरुष प्रजनन विज्ञ कहाँ पठाउन सक्छ यदि तपाईंलाई थप परिक्षण वा उपचारको आवश्यकता पर्यो भने । तपाईंको डाक्टरसंग वंशानुगत जन्म कमजोरी केहि छ कि भनि छलफल गर्न नविर्सिनुहोस् । उहाँलाई तपाईं र तपाईंक श्रीमतीको परिवारको स्वास्थ्य इतिहास बताउनुहोस् । अर्थलाई व्यवस्थित गर्नुहोस एउटा बच्चा बजेटको योजना बनाउनुहोस् । पक्कै नै तपाईं आफ्नो बच्चालाई उत्तम नै दिन चाहनुहुन्छ । अहिलेदेखि नै योजना शुरु गर्नुहोस् । यी खर्चहरुलाई ध्यान दिनुहोस जस्तै बच्चाको खाना, डायपर, खेलौनाहरु, डाक्टर भेटघाट, कपडाहरु र बच्चाको स्कुल । यसले तपाईंलाई भविष्यमा मद्दत मिल्नेछ । र उत्तम समय अहिले नै हो जहाँ तपाईं बच्चा बनाउने कुराको योजनाको चरणमा मात्रै हुनुहुन्छ । बच्चाको आगमन हुन भन्दा अघि नै यो समयको फाइदा लिनुहोस् त्यसैले तपाईंको जागिर, विमा र बजेट योजनालाई मिलाउनुहोस् । यदि तपाईं र तपाईंको जोडीले आशाहरु, लक्ष्यहरु र रणनीतिहरुको विषयमा अहिले नै छलफल गर्दै सहमत हुनु भयो भने, पछि गएर पैसाको विषयमा हुनसक्ने विवादहरुलाई रोक्न सक्नुहुन्छ । तपाईंको तनावलाई फ्याँक्नुहोस् बाहिर तिर घुमफिर गर्नाले तपाईंको सक्षमतालाई वृद्धि गर्न सक्छ । त्यसकारण विदा भ्रमणमा जाने सल्लाह काम लाग्दो हुन्छ । नियमित ध्यान वा कुनै व्यायाम अभ्यास गर्नुहोस जसले तपाईंको तनावको मात्रालाई कम गर्न मद्दत गर्छ । पित्रित्त्व सम्बन्धि वा अभिभावकत्त्व सम्बन्धि पुस्तकहरु पढ्ने कोशिस गर्नुहोस र अग्रिम रुपमा सुझाव र सल्लाहहरु सिक्नुहोस् । त्यसकारण कम्मर कस्नुहोस् र विन्दास केटो बाट विन्दास बुबामा परिवर्तन हुनको निम्ति तैयारीहरु शुरु गर्नुहोस् । तपाईंको जोडीलाई तपाईंको बच्चा पाउने कुरामा उत्तिकै उत्सुक हुनुहुन्छ र ध्यान दिनुभएको छ भनि हर किसिमले महशुस गराउने तपाईंको जिम्मेवारी हो ।
घाममा बस्दा शरीरले उत्पादन गर्ने प्राकृतिक भिटामिन डि जतिको अन्य कुनै पनि परिपुरकहरुले दिन सक्दैन ।संगठनात्मक कार्यलयहरुमा काम गर्ने धेरै जसो मानिसहरु, पक्की भवनभित्र कोचिएर लामो घण्टाहरु बिताउने गर्छन् । कुनै कुनै व्यवसायिक क्षेत्र जस्तै आईटि तथा उत्पादन केन्द्रहरुमा त झन कर्मचारीहरुले रातिको समय पनि कारम गर्नुपर्छ । हामी के बुझ्दैनौ भने, त्यसो स्थितिमा, हाम्रा शरीरले घामको किरण प्रयाप्त मात्रामा पाउन सक्दैन । घामको किरणको कमिले गर्दा विभिन्न बिमार र स्वास्थ्या समस्याहरु उब्जाउँछ। शरीरलाई पोषणको निम्ति खानाको आवश्यकता भए जस्तै यसलाई घामको किरणको पनि आवश्यकता पर्छ । विशाल व्यवसायिक बिल्डिंग भित्र, कृत्रिम बत्तिहरु माझ रहेर, लामो समय काम गर्दा, यसले शरीरलाई चाहिने आधारभूत किरण बाट बन्चित गर्छ, जसबाट, भिटामिन डि को कमि गराईदिन्छ । यो कमिलाई शरीरमा असंख्य असन्तुलन सिर्जना गराईदिन्छ, जसले रोगलाई बढाइदिन्छ। यसको अतिरिक्त, भिटामिन डि को कमिले मांशपेशीमा सामान्य कमजोरीहरु, जिउ र हड्डीमा दुखाई र क्याल्सियमलाई उपयोग गर्न असक्षम भएको कारण ओस्टेओपोरोसिस निम्त्याउँछ । भिटामिन डि को उत्तम श्रोत भनेको प्राकृतिक घामको किरण हो, त्यसैकारण यसलाई सुर्यकिरण भिटामिन भनिएको हो । भिटामिन डि लाई खानाको रुपमा पनि लिन सकिन्छ, तर पनि प्राकृतिक घामको किरणको तुलनामा त्यो केहि पनि होइन।एउटा पत्रिका जसमा शिर्षक थियो भिटामिन डि को कमि न्यु इङ्ग्ल्याण्ड जर्नलमा प्रकाशित जसमा एम एफ होलिक लेख्छन, हरेक दिन १०-१५ मिनट सम्म हात र खुट्टालाई घाममा देखाउनुपर्छ । घाममा भएको युभिबि (UVB) को गहनताको आधारमा भिटामिन डिको मात्र कति निस्किन्छ भन्ने कुरामा निर्भर हुन्छ र यस्तै अन्य धेरै कारणहरु पनि हुन्छन् । कालो वर्णको छाला भएको व्यक्तिहरुलाई गोरो वर्णको छाला भएको व्यक्तिहरु भन्दा ५-१० गुणा बढी नै घाममा बस्नुपर्ने हुन्छ, जसले गर्दा भिटामिन डिको मात्रा बराबर हुन्छ । सुर्यको किरणलाई प्रयोगमा ल्याउनुहोस् विहान सबेरै बाहिर घाममा निस्कनु उत्तम समय हुन्छ । बिहान हिड्नु जस्तो उत्तम समय अरु छैन । सम्भव भए तपाईंको कारलाई अफिस भवनको केहि पर पार्क गर्नुहोस, र अफिस सम्म घाममा हिंडेर नै जानुहोस् । जब दिउँसो तपाईं चियाको विश्राम पाउनुहुन्छ तब, खाजा दोकानभित्र पस्नुको साटो, बाहिर तिर निस्किनुहोस् ।
तपाईं सोच्नुहुन्छ होला, कसरी शिल्पा सेट्ठिले बच्चा जन्माएपछी पनि आफ्नो स्वस्थपन राखिन् । सरल जवाफ भनेको उनले व्यायाम गर्न छोडिनन् ।गर्भावस्थाको अघी र पछी व्यायाम गर्नु नै आफ्नो जिउडाल र मानसिक र शारीरिक स्वस्थता सुनिश्चित गर्ने उत्तम तरिका हो । यस्ले तपाईंलाई श्रम दुखाइ र डेलिभरी को तयारी गर्न, र प्रसब पछी छिट्टै निको हुन मद्दत गर्दछ । तथापि, गर्भवती समयमा व्यायाम गर्दा ध्यान दिनुपर्ने केही चीजहरू छन्: आफ्नो स्वस्थता मापन गर्नुहोस् तपाईं कतिको स्वस्थ हुनुनुन्छ निर्धारण गर्न आवश्यक छ  । यसले गर्भावस्था र गर्भावस्था पछिको समयमा व्यायामको प्रकार र अवधि निर्धारण गर्न मद्दत गर्दछ  । साथै, तपाइँको अघिल्लो व्यायाम अभ्यास जारी राख्न वा नयाँ अभ्यास सुरु गर्नुभन्दा पहिले, तपाइँ गर्भवती हुँदा गर्नहुने व्यायामको बारेमा आफ्नो चिकित्सकसँग कुराकानी गर्नुपर्छ  । गर्भावस्था एक संतुलन कार्य हो गर्भावस्थाको चौथो महिना पछि, तपाइँले व्यायाम गर्दा संतुलन गुमाउन सक्ने सम्भावना हुन्छ  । तपाईंको बच्चा एम्नियोटिक पित्तमा सुरक्षित भए तापनी पछुताउनु भन्दा सुरक्षित हुनु ठिक हुन्छ  । सुरक्षित व्यायामहरु पौडिने, पैदल हिंड्ने, योगा, पिलाटेज र कम-प्रभाव पर्ने एरोबिक्सका अभ्यासहरु राम्रा विकल्प हुन  । गर्भावस्था कुनै नयाँ गहन व्यायाम सुरु गर्ने सही समय होइन, तर यदि तपाइँको व्यायाम गरिरहने बानी छ भने धेरै प्रकारका व्यायामहरु जारी राख्न सुरक्षित छ  । जोगिनु पर्ने कुराहरु संतुलन गुमाउने वा लड्ने, चिप्लिने सम्भावित व्यायामहरुबाट जोगिनुहोस्  । घोडा सवारी, स्कीइङ, पर्वत चढाई जस्ता सशक्त वा चरम अभ्यासहरू गर्ने प्रश्न नै उठ्दैन  । यसले तपाईंको पेटमा चोट लाग्ने खतरा बढाउँछ  । यस्ता व्यायमहरुबाट जोगिनुहोस्: सिट अप् एक खुट्टामा उभिने खुट्टाहरू व्यापक रूपमा तन्काउने तपाईंले शारिरिक सम्पर्क हुने खेलहरू जस्तै फुटबल, बास्केटबल, आदिबाट टाढा रहनु पर्दछ  । अन्तमा, यदि तपाइँ नियमित खेलाडी हुनुहुन्न भने रकेटले खेल्ने खेलहरु पनि छोड्दिनुहोस किनभने यसले तपाईंको घुँडा र कुर्कुच्चाहरूमा गाह्रो हुन सक्छ  । तपाईंको चिकित्सकसँग जाँच गर्नुहोस् कुनै पनि नयाँ वा असामान्य अभ्यास सुरू गर्नु अघि चिकित्सकको सल्लाह लिनुहोस्  । कुनै पनि जटिलता वा असामान्य अवस्थाहरूको जाँच गर्नुहोस्  । साथै, कुनै चासोबारे छलफल गर्नुहोस् जस्तै: गर्भावस्था-प्रेरित उच्च रक्तचाप प्रारम्भिक संकुचन प्रजनन अंगबाट रगत आउने मेम्ब्रेन्स हरुको प्रारम्भिक फुटाइ, जस्लाई पानी (गर्भको बच्चाको वरिपरी हुने एम्नियोटिक पित्तमा भएको झोल पदार्थ) भनेर पनि चिनिन्छ  । व्यायामको लागि उत्तम लुगा व्यायाम गर्दा कपडाहरू आरामदायक र खुल्ला हुनुपर्छ  । सपोर्टिभ ब्रा लगाउनुहोस जस्ले छातिको सुरक्षा गर्दछ र आरामदायी हुन्छ  । यदि तपाईंको जूताको नाप हल्का सुनिनुको कारण परिवर्तन भएको छ भने, तपाईंले नयाँ किन्न चाहन सक्नुहुन्छ  । व्यायामको अवधी हप्तामा तीन देखि चार पटक व्यायाम गर्नु आवश्यक छ । यसले तनाव कम गर्छ, थकानबाट जोगाउँछ, र प्रारम्भिक गर्भावस्थाका भावनाहरुलाई स्थिर गर्दछ । बिस्तारै सुरू गर्नुहोस्, यदि तपाइँ पहिले पूर्ण रूपमा निष्क्रिय हुनुहुन्थियो भने, एक दिनको पाँच मिनेट मात्र गर्न सक्नुहुन्छ  । ३० मिनेट सम्म नपुगुन्जेल हरेक दिन पाँच मिनेट जोड्नुहोस्  । खाली पेटमा व्यायाम गर्नु नहुने कुराको पनि ध्यान राख्नुहोस्  । व्यायामभन्दा ३० मिनेट अघि खाजा खानुहोस्  । कहिल्यै बढी नगर्नुहोस् आफ्नो शरीरलाई सुन्नुहोस् जब यसले रोक्नु भन्छ  । अधिक व्यायामले अधिक तापमान बढाउछ  । आन्तरिक तापमान बढाउदा, बच्चालाई प्रतिकूल असर पर्न सक्दछ  । व्यायाम गर्नु अघी र पछी सधैं पानी पिउनुहोस्  । केहि दुख्दा वा असजिलो महसुस गर्दा तपाईंको शरीरलाई सुन्नुहोस् - यसको अर्थ रोक्नु हो  । धेरै पानी पिउनुहोस् व्यायाम सुरु गर्नु २ घण्टा अघी २ ग्लास पानी पिउने प्रयास गर्नुहोस्  । व्यायाम गर्दा स्पोर्ट बोतल लिनुहोस र त्यसबाट निरन्तर घुट्की लिनुहोस्  । तपाईं निर्जलित नहुनु एक्दमै महत्वपुर्ण छ  । यसले तपाईंको शरीरको तापमान बढाउन सक्छ, जुन तपाईं वा तपाईंको बच्चाको लागि नराम्रो हुन सक्छ  । यी बुदाहरु ध्यानमा राख्दै, स्वस्थ र फिट रहन व्यायाम गर्नुहोस्  ।  हामी आशा गर्छौं कि तपाईले चाँडै एक स्वस्थ बच्चालाई जन्म दिनुहुन्छ  ।
जन्मपछिको पहिलो घण्टामा स्तनपान गराउनाले नवजात शिशुहरूको जीवन बचाउँछ । आमाहरूले पहिलो घण्टामा आफ्नो दूध प्रदान नगरेर बच्चाको जीवनलाई संकटमा पार्न सक्छन् । आमाको दूधले बच्चालाई धेरै रोगहरूको विरुद्ध प्रतिरक्षा गर्दछ । यसले आमा र बच्चा दुवैको शारीरिक र भावनात्मिक कल्याण गर्दछ । तथापि, दुःखलाग्दो कुरा यो छ कि चेतनाको कमिका करण आधा भन्दा बढी नवजात शिशुहरू यस लाभबाट बञ्चित छन् ।स्तनपान एक प्राकृतिक कार्य हो र त्यसैले पनि यो बच्चाको लागि सबै भन्दा लाभदायक कार्यहरु मध्ये एक हो । स्तनपानले आवश्यक पोषण प्रदान गर्दछ र यो बच्चाको पेटको पाचनको लागी पनि उत्तम खाना हो । तपाईंले आफ्नो बच्चालाई जती भिटामिन र खनिज तत्वहरूले समृद्ध भएको शिशु फर्मुलाहरु प्रदान गरे पनि, यो आमाको दुध समान कहिल्यै हुन सक्दैन । आमाको लागि भने आफ्नो बच्चाको लामो जिवनको यात्राको लागी उत्तम सुरुवात प्रदान गर्नु भन्दा बढी आनन्द केहिमा हुँदैन । आमा र बच्चा बिचको स्तनपानको नाता सबैभन्दा विशेष नाताहरु मध्य एक हो । पहिलो छ महिनाको लागि, यदी तपाईं काम गर्नुहुन्छ वा घरमा बस्नुहुन्छ, सबै आमाले आफ्नो बच्चालाई स्तनपान गराउनु योग्य मानिन्छ । प्राय कामदार आमाहरूलाई भुक्तानी सहितको वा अवैतनिक छुट्टी प्रदान गरिएको हुन्छ, त्यसकारण नियमित रुपमा बच्चालाई स्तनपान गराउनुपर्छ । स्तन दूधले झाडापखाला, श्वसन संक्रमण, निमोनिया, कान संक्रमणको विरुद्ध बच्चालाई सुरक्षा गर्दछ र बच्चाहरुलाई हुने कब्ज र कोलिक कम गर्न मद्दत गर्दछ । अनुसन्धानले यो तथ्यलाई बुझाउँछ कि स्तनपान गराईएका बच्चाहरू एलर्जी, अस्थमा, अचानक मृत्यु, मधुमेह र मोटापनको विरुद्ध सुरक्षित र प्रतिरक्षित हुन्छन् । तिनीहरू फर्मुला खुवाईएका बच्चाहरु भन्दा धेरै स्वस्थ रहन्छन् । यसको धेरै लाभहरू भए तापनी भारतमा, केवल ४१% आमाले मात्र स्तनपानको सुरुवात गर्छन् । आमाहरू जस्ले विशेष गरेर आफ्नो बच्चालाई स्तनपान गराउँछन्, उनीहरूले बच्चालाई राम्रो जीवन बिताउन मद्दत गर्छन् । उनीहरूले बच्चालाई राम्रो मस्तिष्क विकासको उपहार दिन्छन् र यी शिशुहरूले उत्कृस्ट ज्ञानको प्रदर्शन गर्ने सम्भावना हुन्छ । आमा चाहे समाजको जुनसुकै आर्थिक वर्गबाट होस्, आफ्नो बच्चालाई स्तनपान गराएर राम्रो जीवनको सुरुवात प्रदान गर्नसक्दछन् र बच्चाको पूर्ण क्षमताको विकास निश्चित गर्नसक्दछन् । स्तनपान प्राकृतिक, सजिलो, र लागत प्रभावी तरीका हो जसले तपाईंको बच्चाको स्वस्थता र स्वास्थ्य विकास जारी राख्न निश्चित गर्दछ । स्तनपानको अभियान ठूलो मात्रामा सुरु भएकाले बच्चाहरुको मृत्यु कम भएको छ । जन्म भएको एक घण्टाको बिचमा तुरुन्तै स्तनपान गराउनाले अचानक हुने बच्चाको मृत्यु घटाउन मद्दत पुर्याएको छ । कोलोस्ट्रम, पहिलो पहेंलो स्तन दूध हो जसले बच्चाहरुलाई धेरै रोगहरूबाट बच्न सुरक्षा गर्दछ किनकि यो राम्रो कुराहरुले भरिपुर्ण छ । पोषणको कमी वा कुपोषण अर्को पक्ष हो जुन शिशुको मृत्युमा परिणाम हुन्छ । स्तनपानले कुपोषणबाट हुने शिशुको मृत्युलाई अर्थपूर्ण मात्रामा कम गर्नसक्छ किनकी आमाको दूध प्रकृतिद्वारा बच्चाको स्वस्थ वृद्धिको लागि प्रदान गरिएको सबैभन्दा पोषणशील खाना हो । एक आमामा बच्चाको लागि पर्याप्त पोषण प्रदान गर्ने पूर्ण क्षमता हुन्छ, त्यसैले स्तनपानलाई पूर्णतया प्रोत्साहित गर्नु आवश्यक छ । हाकिमहरूले आफ्नो परिसर भित्र एउटा उपयुक्त ठाउँ सिर्जना गर्नुपर्छ र नयाँ आमाहरुलाई आफ्नो बच्चालाई स्तनपान गराउन प्रोत्साहन गर्नुपर्छ । स्तनपान आमाको लागि पनि धेरै फाइदाकारी छ । यसले क्यालोरी जलाउन मद्दत गर्दछ र आमाले आफ्नो पूर्व गर्भावस्था अघिको अवस्थामा फर्कन सकिनेछ । स्तनपानले आमालाई छाति, गर्भाशय र अण्डाशयको क्यान्सर; उच्च रक्तचाप; मधुमेह; र मुटु रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । त्यसैले पहिलो छ महिनाको लागि, आमाहरूले आफ्नो बच्चालाई स्तनपान गराउने र यसको सट्टा अरु केहि खाद्य पदार्थ नचलाउने निश्चित गर्नुपर्द्छ ।
अपर्याप्त शारीरिक क्रियाकलापले बच्चाहरुलाई स्वास्थ्य समस्याहरु पनि निम्त्याउन सक्छ ।आधुनिक दिनका बच्चाहरु अल्छी र अयोग्य हुदैँ हुर्किरहेका छन् । टिभी हेर्दै, कन्सोल र स्मार्टफोनहरुमा खेलहरु खेल्दै, र सामाजिक सञ्जालहरूमा समय बिताएर समय खेर फ्यालिरहेको छ जुन कुराले गर्दा घर बाहिर खेल्ने कम भइरहेको छ । व्यायामको कमीले समस्याहरु ल्याउँदछ, जसले बाल्यकालमा बच्चाहरुलाई वा पछि जीवनमा असर गर्न सक्छ । त्यसैले, आमाबाबुले बच्चाहरूलाई व्यायाम गर्न प्रोत्साहन गर्न उदाहरण बन्नु पर्दछ । तथापि, बच्चाहरुलाई ट्रेडमिलमा हिड्ने वा तौल उठाउनेभन्दा दिक्कलाग्दो कुरा केही हुदैँन भन्ने कुरालाई ध्यान राख्नुहोस् । खेलकुदहरु खेल्ने यसको धेरैजस्तो राम्रो तरिका हो । एरोबिक्सको प्रयास गर्नुहोस् एरोबिक व्यायामहरूले बच्चाहरूलाई स्वस्थ रहन मद्दत गर्न सक्छ र त्यहि समयमा रमाइलो पनि गर्न सक्दछ । सामान्य धारणा भनेको एरोबिक्स नृत्यको ढाँचा पनि हो । तथापि, एरोबिक्स कुनै व्यायाम हो जसले तपाईंको अक्सीजन लिने मात्रालाई बढाउँदछ । घर बाहिरका   गतिविधिहरूभित्र बास्केटबल खेल्ने, साइकल चलाउने, फुटबल, पौडी, टेनिस खेल्ने, हिड्ने वा दौडने कुराहरु समावेश हुन सक्छ । एरोबिक्स सँगसँगै, बच्चाहरूले तन्काउने व्यायामहरु पनि गर्नु पर्छ, जसले पूर्ण दायराको चालमार्फत लचीलोपना सुधार गर्न, मांसपेशिहरु चलाउन र जोर्नीहरू सजिलै घुमाउन र चलाउन मद्दत गर्दछ । तपाईंको बच्चाहरुलाई उत्साहित बनाउन  कुनै पनि प्रकारले तपाईंको बच्चालाई व्यायामको आवश्यकताको बारेमा कुराकानी गर्न महत्वपूर्ण रहेको छ । तपाईं तिनीहरूलाई विद्यालयमा साथै तपाईं बस्नु भएको स्थानमा घर बाहिर हुने खेलहरूमा भाग लिन प्रोत्साहन गर्न सक्नुहुन्छ । तपाईंले आफ्नो बच्चाले टिभी वा पीसीको अगाडि बसेर बिताएको समयहरूको संख्या नियन्त्रण गर्नुपर्छ । यस तरिकामा उनीले घरको बाहिर खेलिने खेलका साधनहरु खोज गर्नेछिन् । तपाईं उनीहरुसँग खेल्न पनि सक्नुहुन्छ । यो तपाईंहरु दुवैको लागि रमाइलो हुनेछ, साथसाथै तपाईंलाई आफ्नो बच्चासँग मिलेर बस्न पनि मद्दत गर्दछ । कम्तिमा एक घण्टा व्यायाम गर्नु आदर्श हो, र यो एक पटकमा १५ मिनेटको भागमा बाडिएको हुन्छ ।
संवेग सबै बालबालिकाको हुर्कने प्रक्रियाको भाग हो । तिनीहरुसँग सही तरिकाले व्यवहार गर्नु बच्चाको व्यक्तित्वको निर्माणमा धेरै आवश्यक रहेको हुन्छ ।जब तपाईंको बच्चालाई संवेग रहिरहेको हुन्छ,   यो सामान्यतयाः उसले चाहेको  र गर्न नसकेको केहि कुरामा हुन सक्छ । संवेग फ्याँक्नु भनेको बच्चाले उसले चाहेको कुरा गर्ने तरिका हो । यसको विपरीत,   बच्चाले मागेको कुरा दिनु आमाबाबुको लागि सजिलो तरिका हुन सक्छ । तर सँधै सम्झनुहोस् कि सधैं यसरी दिनु राम्रो भनें होइन । बच्चालाई यसमा बानी पर्न सक्दछ र यसले तपाईंलाई पनि केही झन्झट भएको साबित पनि गर्न सक्छ । नाई भन्न सिक्नुहोस्, बिस्तारै तर दृढतापूर्वक । तपाईंको नाई को लागि स्वीकार्य कारण दिन   र त्यहि समयमा एउटा विकल्प देखाएर चमत्कार गर्दछ । सबैजना भन्दछन् र गर्दछन्, बच्चाहरू सम्हाल्न त्यति सजिलो छैन । यदि तपाईंको बच्चा सिमामा बस्न सक्दैन र भनेको मान्दैन भनें, यो चरण पास गर्न दिनुहोस् । रिसले चिच्याउनु, सामानहरु टाढा फ्याँलेर बच्चालाई केही सजिलो हुन सक्छ । जब रिस घट्दछ, आफूले गरेको विनाश हेर्दै र यसको पुरै बेकारले बच्चाले उसको प्रयास ब्यर्थको भयो भनेर महसुस गर्दछन् । तर सावधान रहनुहोस् कि बच्चाले यो प्रक्रियामा शारीरिक रूपमा चोट लाग्दैंन । सार्वजनिक स्थानहरूमा हुने संवेग धेरै लाजमर्दो हुन सक्छ । यस्ता अवस्थाहरुमा, तपाईंको बच्चासँग बहस वा गाली वा उसलाई हतार गर्न आदेश नदिनुहोस् । यसले बच्चालाई झन धेरै अटेरी बनाउँनेछ । रिसको आँधी शान्त नहुँदासम्म पर्खनुहोस् । उसलाई शान्त स्थानमा लैजानुहोस् र बिस्तारै तर दृढतापूर्वक कुरा गर्नुहोस् । यहाँ सम्झनुपर्ने एउटा कुरा भनेको बच्चालाई तपाईंको असजिलोपना र चिन्ताको बारेमा कहिल्यै सार्वजनिक स्थानमा हुदाँ थाहा हुन नदिनुहोस् । बालबालिकाहरू धेरै चतुर हुन्छन् र उनीहरूको पक्षमा काम गर्न यो प्रयोग गर्न सक्छन् । बच्चा हुन सजिलो छैन र पक्कै पनि एउटा बच्चाको आमाबाबु हुन पनि त्यति सजिलो छैन । तपाईंको बच्चा समयसँगै स्कूल जान सक्ने हुनेछ र उसले यस चरणलाई पराजित गर्नेछ ।
बिग्रिएको सम्बन्ध पछि आफैलाई ठिक पार्नएउटा प्रेम सम्बन्ध सुधार पार्न कुनै एउटा फर्मुला छैन l साथै तपाईं एउटा सम्बन्ध सुधार गर्न सक्नुहुदैन जस्तै तपाईंले एउटा भाचिएको फोन जोड्न सक्नुहुन्छ l प्रत्येक सम्बन्ध एउटा हुर्किएको रुख जस्तै हो l जब त्यो भाँचिन्छ, तपाईंले त्यो जमिनमा कुहिन दिनुपर्छ- सम्बन्ध बिग्रिएको समयअवधी र तपाईंको पुनरागमन बीचको समय रुपान्तरणको समय हो, यो समय आफैलाई बुझ्ने, अरुसँग तपाईंको सम्बन्ध बुझ्ने र संसार समक्ष पुग्ने समय हो lके तपाईंलाई थाहा थियो ब्रेकअपमा गैरहेका ५०% भन्दा बढी मान्छेहरु निरासापनबाट आफैलाई उद्दार गर्नको लागि खाएर सन्तुष्टि पाउँछन् ? तपाईंले  लुकाईरहनुभएको भावनात्मक चिन्हहरु पत्ता लगाउन आफु जे खानुहुन्छ त्यसमा ध्यान दिनुहोस् l तपाईंको खानकीमा ध्यान दिनुहोस् र शरीर हेरचाह गर्नुहोस् lयहाँ सात चरणहरु छन् जसबाट तपाईं सचेत भएर आफ्नो बिग्रिएको सम्बन्धबाट निको पाउन सक्नुहुन्छ l त्यस्तो प्रक्रिया सिधा हुँदैन र त्यहि समयमा थुप्रै चरणहरु पार भैरहेको हुनसक्छ वा फरक क्रममा हुनसक्छ l यद्दपी
बिर्सिने बानि सामान्य हो; तर जब सम्म त्यसले गर्दा केही नराम्रो हुदैन तब सम्म त्यसलाई गम्भीर तरिकाले लिदैन । आफ्नै बिचारमा हराउने या के भन्न लागेको त्यो बिर्सिने बानिलाई धेरै समय सम्म ध्यान दिएन भने त्यो गम्बिर बानि हुन सक्छ ।द डेली टेलिग्राफको रिपोर्ट अनुसार बेलायतमा हरेक ठुलो मान्छेले औसतमा दिनको तिन कुरा बिर्सिन्छन् । बिर्सिने बानि मानवको प्रवृति हो । यदि यो बिर्सिने बानिले गर्दा दिनमा तिन या पाँच कुराहरु मात्र बिर्सिनेमा सिमित हुन्छ भने त्यसलाई यतिकै छोड्न मिल्छ । यद्यपि यदि तिमी या तिम्रो नजिकको मान्छेलाई जीवनमा यो बानीले या समस्याले गर्दा गाह्रो भएको छ भने, तुरुन्तै आफ्नो डाक्टरकोमा जानुपर्छ । बिर्सिने बानि पछाडिको रहस्य आइसल्याण्डको मारिया जोंस्डोटिर जाँच गर्ने न्युरोसाइकोलोजिस्ट अनुसार, बिर्सिने बानि भनेको स्मृतिको ढोका हो जुन दिनचर्या वा राम्ररी अभ्यास् गर्ने कार्यहरूसँग जोडिएको हुन्छ । तिमीले यी कार्यहरु बिना कुनै सावधान अपनाएर गर्न मिल्छ । यसमा नियमित कार्यहरु समावेश हुन्छ जस्तै ट्युबबाट तुतपेस्ट या मलम निकाल्ने । यी कार्यहरु बिर्सिनु सामान्य हो अनि यदि तिमीले ध्यान दियौ भने हरेक दिन यी कार्यहरु अनौपचारिक रूपमा बिर्सेको हुन्छ । मनोवैज्ञानिकहरूले विश्वास गर्छन् कि एउटा मान्छेलाई यी सृमितिको ढोका हप्तामा ३० पटक हुन्छ । एक औसतमा, मानवको दिमागको स्नायु प्रणाली धेरै कुशलतापुर्वक चल्छ । यद्यपि, कहिले काही अस्थायी गल्ति हुन सक्छ जसले गर्दा कुरा गर्न बेला गलत शब्द या आफ्नो मत्रिय भाषा बोल्न सकिन्छ । तर यसको मतलब यो होइन कि तिम्रो दिमाग खराब छ । जब जोंस्डोटिरको टिमले २०० मान्छेहरुको सर्वेक्षण गर्यो, उनीहरुले थाहा पाए कि औसतमा हरेक हाप ६.४ बोल्ने बेला गल्ति गर्छन् तर त्यो नम्बर धरै जस्तो लिङ्ग, बुद्धिमानी स्तर र उमेरमा भर पर्छ । एउटा आश्चर्य सत्य जुन पत्ता लाग्यो त्यो धेरै जस्तो बिर्सिने बानि रातिको ८ बजे भन्दा पहिले हुन्छ त्यसको मतलब मान्छेहरुले राति भन्दा दिनमा बढी बिर्सिन्छन् । बिर्सिने रोग लाग्ने कारण दिमागको दक्षता राम्रो काम गर्नेमा क्षणिक चूक हुनु बाहेक, उच्च तनाव स्तर, मोबाइल फोन, ई-मेल अनि ब्यस्त जीवन बिताउनेले पनि हुन्छ । आजको दिनमा मान्छेहरुसँग थोरै समय हुन्छ अनि उनीहरुको हातमा समय बन्द बढी काम हुन्छ जसले गर्दा बिर्सिने रोग लाग्छ । बिर्सिने बानिको प्रकारहरु न्युरोसाइकोलोजिस्टको टिमले स्मृतिको ढोकालाई पाँच वर्गमा राखेको छ । सबै भन्दा सामान्य हो संग्रह विफलता जसले गर्दा मान्छेहरुले विशेष अवसरको लागि के योजना बनाएको त्यो सम्झिदैन या उनीहरुले काम गरेको सम्झिन्छन् तर कसको लागि गरेको त्यो सम्झिदैनन् । अर्को वर्ग परीक्षण विफलता जसमा मान्छेहरु बत्ती निबाएको छ कि छैन भनेर हेर्नको लागि घर आउँछन् अनि देख्छन् कि बत्ति निबेको छ । बिर्सिने बानिको अर्को वर्ग भेदभाव विफलता जसमा तिमीले एकैछिन्को लागि आफ्नो र अरुको सामानको भेदभाव गर्न सक्दैनौं । परिक्षण गर्ने बेला, एउटा पुरुष सहभागीले भनेछ कि उसले आफ्नो सोचेर आफ्नो महिला साथीको ज्याकेट उठाएछ । कहिले काहि तिमीले किताबलाई फोहोर फ्याल्ने ठाउँमा फ्याल्छौ अनि फोहोरलाई शेल्फ़मा राख्छौ अनि एकैछिन् पछि तिमीले के गरेको भनेर थाहा पाए पछि आफ्नो व्यवहार देखेर आफै हाँसछौ । यो भनेको भेदभाव विफलता हो । अनि अर्को वर्गमा कार्य असफलता हो जता तिमीले चियामा चिनीको साट्टो नुन हाल्छौ या तिमीले सहि ठाउँमा सहि सामान रख्दैनौं । पाचौँमा उप-दिनचर्या असफलता हो जसमा तिमी चिया किन्न भनेर पसल जान्छौ तर कफी किनेर आउँछौ । अनसन्धानले एउटा कुराको प्रमाण दिन्छ कि यदि तिम्रो बिर्सिने बानि छ भने त्यसको मतलब यो होइन कि तिम्रो सम्झने शक्ति नराम्रो छ या तिमीलाई डीमेंशिया हुनसक्छ जुन मिडियाले देखाउँ छ । बिर्सिने बानि भनेको मान्छे हो भने केहि हुँदैन । कहिले काहि बिर्सिने बानि थकानले पनि बढ्न सक्छ । राम्रो सुताई र आरामले समस्या सजिलैसँग समाधान गर्न सकिन्छ ।
नियमित व्यायमले हाइपरटेन्सन कम गर्न सेवन गरिने औषधीको प्रभाव बढाउँनेछतपाइले धेरै लामो समयदेखि व्यायाम गर्नु भएको छैन । तपाईले शारिरीक गतिविधिलाई हलुका ढङ्ले लिनुभयो। अबदेखि तपाईलाई उच्च रक्त्तचापको लक्षण देखियो भने यसलाई नियन्त्रण गर्न तपाइ जे पनि गर्न तयार हुनुहुन्छ । अझ व्यायाम समेत गर्न सक्नुहुन्छ । कसरत, तौल व्यवस्थापन र सन्तुलित भोजनले  उच्च रक्तचाप हुनबाट जोगाउन तथा भइसकेकोलाई घटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।  उच्च रक्तचाप भएका मानिसहरूलाई व्यायामले तल उल्लेखित फाइदा पुग्छ । शरीरमा रगत र अक्सिजनको प्रवाह बढाउँछ गहिरो निद्रा लाग्छ तागत र सहनशिलता सुधार्छ मुटुलाई स्वस्थ राख्छ तनाव कम गरी मानसिक स्वास्थ्य सवल राख्छ कसरतले औषधीको प्रभावकारिता बढाउँछ त्यसो भए कति समय व्यायाम गर्नुपर्छ त ?  कम्तिमा प्रतिदिन आधा घण्टाको अभ्यास जरुरी हुन्छ ।  सुरू गरि हाल्नुस् । विस्तारै सुरु गर्नोस् र क्रमश बढाउँदै  लानुस् । शुरूमा १० देखि १५ मिनेट व्यायाम गर्नुस् र यसलाई आफ्नो सुबिधा अनुकुल बढाउँदै लानुस् । आनन्दमय अभ्यासहरू छान्नुस् र नियमित जारी गरिराख्नुस् । हतारिएर र दुख्नेगरि नगर्नुस्; त्यसले चोटपटक लाग्न तथा तालिका प्रभावित हुनसक्छ ।   सुक्ष्म अभ्यास सुक्ष्म अभ्यासले  शरिरलाई विस्तारै  आरामबाट व्यायामतिर अग्रसर हुन मद्दत गर्छ। यसले शरिरका मांसपेशीमा दवाव कम गर्छ, मुटुको चालको दर र स्वास प्रस्वास तथा विस्तारै शरीरको तापक्रम  बढाउँछ । अनि माशपेशीको दुखाइ पनि कम गर्छ ।  रक्तचाप घटाउने उत्तम व्यायामहरू  जिउ तन्काउने : यो सवभन्दा उत्तम व्यायाम हो । यसले आनन्द दिन्छर शरिर र मांसपेशीका क्रियाकलापको लागि तयार गर्छ। अनि चोटपटक तथा दुखाइ हुन दिदैन ।  नियमितरुपमा तन्किए  तपाई लचकदार र गतिशिल बन्नुचुन्छ l एरोबिक व्यायाम: यसले शरिरका सम्पूर्ण भागमा रक्त सन्चार गराउछ ।  यसले मुटुको कार्यदक्षता पनि बढाउँछ । मुटुलाई अति फाइदा गर्छ । स्वास प्रस्वासको ढाँचा सुधार्दै मुटुको धडकन र रक्तचाप घटाउँछ । हिडाई , पौडी, उफ्राइ, डोरि उफ्राइ सबै एरोबिक क्रियाकलाप हुन् । एरोबिकस हप्तामा तीनपटक कम्तिमा आधा घण्टाको दरले गर्नुहोस् । शरिर बलियो पार्ने अभ्यासहरू: यि अभ्यासहरूमा मांसपेशि नथाकुन्जेलसम्म  बारम्बार तन्किने र खुम्चिने क्रियाकलाप पर्छन् । यिनमा दायाँ बाँया मोड्ने , डोरि समाइ चढने तथा पुषअप् पर्छन् । यहाँ नियमित जिम जाँदा अपनाउनु पर्ने केहि कुराहरू पथ प्रदर्शन् गरिएका छन् ।  व्यायामको निस्चित तालिका बनाउनुस् । व्याआम  गर्ने एउटा नजिकको साथी  बनाउनुस् ।  आफुलाई मन पर्ने एउटा अभ्यास छान्नुहोस् ।  दिक्क लाग्न नदिन विविधतायुक्त अभ्यास गर्नुहोस् । दिक्क लागे अभ्यास गर्न बन्द हुन सक्छ ।  बिस्तारै  शुरू गर्नुहोस्  र क्रमैसँग बढाउनुहोस, विशेषतः  यदि तपाई नियमित गर्नुहुन्न भने । खाना खाएको एक घण्टा ढलेपछि मात्र अभ्यास गर्नुहोस् ।  दस मिनेट सुक्ष्म व्यायाम र दस मिनेट शान्त हुने चरणहरू छुट्याउनै पर्ने हुन्छ। दैनिक अभ्यासको अभिलेख राख्ने गर्नुहोस् ।
गुड नाइट...स्लिप टाइटलाई एउटा वास्तविकता बनाउँन तपाईले गर्ने कुराहरुमिठो निद्रा कसलाई प्यारो लाग्दैन र ! राम्रो निद्रा परेन भने भएभरको दोष आफु वरिपरिको हुनेगरेका गतिविधिलाई दिइन्छ । यो स्वभाविक हो, यदि राम्रो निद्रा पुगेन भने व्यक्तिको शारीरिक तथा मानसिक विकासमा अवरोध आउछ र अरुलाई दोष दिइन्छ । राम्रो निद्रा पार्नु नपार्नु व्यक्ति स्वयममा भर पर्छ । राम्रो निद्राका लागि गर्न हुने र नहुने कुरा  सुत्ने र उठ्ने समय एउटै हुनु निद्राको लागि राम्रो मानिन्छ ।  नियमित सुत्ने र उठ्ने नियमित तालिका बनाउनु पर्छ । निद्रा राम्रो भएमा मस्तिष्क र शरिरलाई आराम मिल्नुका साथै स्वस्थ रहन्छ ।  यदि तपाई कामले थकित हुनुहुन्छ र शरिरलाई आराम चाहिएको छ भने ओछ्यानको अवस्था जति नै नाजुक भएपनि निद्रा लाग्ने सम्भावना हुन्छ । अन्यथा नियमित रुपमा सुत्ने तालिका र राम्रो ओछ्यान भएन भने शरिर र मस्तिष्क आरामले निदाउन सक्दैन । त्यसैले आफु सुत्ने ओछ्यान र समयतालिकालाई अस्तव्यस्त नगरि राम्रो निद्रामा ध्यान पुर्याउन अपरिहार्य छ  । मोवाइलमा अर्लाम सेट गरि सधै एउटै समयमा सुत्ने र उठ्ने बानिको विकास गर्न सकिन्छ ।   राम्रो निद्रा पर्ने कुरामा आफु कत्तिको तनावमुक्त छ भन्ने कुराले पनि निर्धारण गर्दछ । राम्रो निद्राका लागि चिन्ता तथा तनावमुक्त हुन जरुरी छ । यदि मस्तिष्कमा अनेकथरी कुरा खेलिरहन्छ र तनाव छ  भने निद्रा छेउमै पर्दैन । निद्रा परेन भने एउटा चिन्ताले डिप्रेसनको शिकार बन्न बेर लाग्दैन ।   त्यसैले मस्तिष्कबाट अनावश्यक त्यागेर ओछ्यानमा जानुस्. । मिठो निद्रा ग्रहण गर्नुस् ताकि भोलिपल्ट विहान उठ्दा मन चंगा जस्तै बनेको भान होस् ।  मानिस स्वस्थ रहन पर्याप्त निद्रा आवश्यक पर्छ । जसका लागि करिब ८ घण्टा सुत्न जरुरी हुन्छ । जसमा आन्तरिक तथा बाह्य तत्वले प्रभाव पारेको हुन्छ ।  यदि सुत्ने ओछ्यान आरामदायि भयो भने जतिबेला पनि निद्रा आउन सक्छ हैन भने निद्रा पर्न गाह्रो  हुन्छ । व्यक्तिको आनिबानी र जिवनशैलिको कारण सुत्ने तालिका फरक हुन सक्छ । यद्यपि, आरामदायि बेड बनाई निद्रा पुराउनु पर्छ । कतिपय व्यक्तिले निद्रा लागोस् भनेर नाइटक्याप लगाउछन् भने कतिपयले अल्कोहल र स्लिपिङ ट्याव्लेट सेवन गर्दछन् । धेरैले अल्कोहल सेवन गरेपछि राम्रो निद्रा पर्ने विश्वास गर्छन् तर यसले सुताईमा कुनै सहयोग गर्दैन,  बरु शरिरमा अल्कोहल र औषधिको असर कम भएसंगै निद्रा विगार्ने गर्दछ । अल्कोहल र ट्याव्लेट खाने बानि पर्छ र विस्तारै यसको दिर्घकालिन असर  मस्तिष्क  र शरिरमा पर्न जान्छ । त्यसैले सुत्नुअघि अल्कोहल, चिया कफि तथा निकोटिनयुक्त हानिकारक तत्व प्रयोग गर्नुको सट्टा  घरमा सहजै उपलब्ध हुने  तातो दुध र चकलेट खाएर मिठो निद्रा ग्रहण गर्नु उपयुक्त हुन्छ । विज्ञान तथा प्रविधिको युगमा जोसुकै व्यक्तिले प्रविधिको अत्याधिक प्रयोग गरिरहेका हुन्छन् ।  अवेरसम्म निद्रा नपर्नुमा कम्प्युटर, टेलिभिजन तथा मोवाइल जस्ता सामग्रीहरु मुख्य कार कतत्व हुन् । जसले सुत्ने तालिकालाई तलमाथि गर्न ठुलो भुमिका खेलिरहेका हुन्छन् । यस्ता सामग्री आफुनजिकै राख्नु निद्राको दृष्टिकोणले हानिकारक मानिन्छ ।  त्यसैले सुत्नुअघि ल्यापटप, टेलिभिजन तथा मोवाइल आफ्नो छेउ नजिकै नराखि मस्तले निदाउनुहोस् । सुत्नुअघि स्टिमुलेन्टहरु जस्तै कफी, चिया वा निकोटिन नखानुहोस् किनकी त्यसले तपाईंको स्नायुहरु हाइपर बनाउँछ र निद्रा लाग्न कठिनाइहरु दिन्छ l
के तपाइँ त्यो भयानक टाउको दुखाईबाट पीडित हुनुहुन्छ ?एकदमै पीडादायक लगातार टाउको दुखाईले जसलाई पनि हैरान पार्न सक्छ । माइग्रेनको लक्षण एक व्यक्तिबाट अर्को व्यक्तिमा भिन्न हुन्छ । कसैलाई पीडा सुरु गर्नु अघि चक्कर आउँछ । यो प्रकाश, अन्धोपन, वा चमकदार चमक हुन सक्छ । केही अन्यहरूलाई काउगुती वा हातहरूमा पिन्-र्-सियो अनुभुती अनुभव हुन्छ । यसलाई औरा भनिन्छ । टाउको दुखाई औरा देखेको ३० मिनेट भित्र सुरू हुन्छ र ४ देखि ७२ घण्टा सम्म टिक्न सक्छ । उज्यालो, आवाज्, बास्ना तर्फ अधिक संवेदनशीलता, र उल्टी हुनु, भोकको कमी र थकान,  चेतनारहितता, काउगुति, वा कम्जोरी सबै माइग्रेनमा समान्य हुन । माइग्रेनको कुनै स्थायी समाधान छैन । मान्छेहरुले वर्षौको लागी दुख पाउँछन र पेन किलर खाईराख्छन् । टाउको दुखाईको सुरुवातमा खाए मात्र पेन किलरले मद्दत गर्दछ । माइग्रेनको सुरुवात गर्ने चीजहरूलाई विचार गर्नुहोस् र तिनीहरूबाट बच्न प्रयास गर्नुहोस् । केहि जीवनशैली परिवर्तनहरूले माइग्रेनलाई केही हदसम्म रोक्न मद्दत गर्न सक्छ । राम्ररी सुत्ने । निद्राको कमी माइग्रेनको कारण हुनसक्छ । नियमित रूपमा उपयुक्त घण्टाको लागी सुत्ने गर्नाले आक्रमणहरू रोक्न मद्दत गर्नेछ । नियमित समयमा नियमित खाना खानाले भोक लाग्दा टाउको दुख्ने मान्छेहरुलाई माइग्रेनबाट बचन मद्दत गर्द्छ । नियमित अभ्यासले शरीरलाई पुनजिवित गर्न र माइग्रेन र धेरै अन्य रोगहरू रोक्न मद्दत गर्दछ । तनाव माइग्रेनहरूको लागि अर्को महत्त्वपूर्ण कारण हो । तनावबाट बच्नुहोस् । यसलाई व्यवस्थापन गर्न सिकानाले माइग्र्रेनलाई टाढा राख्नेछ । क्याफिनले धेरैमा माइग्रेन सुरुवात गर्दछ । क्याफिनबाट बचनुहोस् । यदि यो छोड्न सम्भव छैन भने घटाउनुहोस् । रक्सी सीमित गर्दा पनि धेरै फाइदा हुनेछ किनभने रक्सी र हेङोवर यसको कारण हुन सक्छ । ध्यान र विश्राम उपचारलेले पनि माइग्रेनको दुखाई रोक्न मद्दत पुर्याउन सक्छ ।
आजको समयमा सबैभन्दा चिन्ताजनक दूई रोगहरु एड्स र क्यान्सर हुन् । दूर्भाग्यवस दूबै जंगली आगो जस्तै जनसंख्यामा फैलिएर भारतलाई एचआईभी  संक्रमित ब्यक्तिहरुको संख्यामा तेर्सो उच्च स्थानमा ल्याएको छ, र हरेक बर्ष ८००००० नयाँ क्यान्सरको घटना रिर्पोट गरिएको छ । कुराहरु झन् खराब गर्न, केहि क्यान्सरहरु छन् जुन एचआइभीका संक्रमितमा मात्र देखापर्छ ।वास्तवमा यो एड्स परिभाषित क्यान्सर पाउनुले बिरामीहरुमा उन्नत एड्स विकास भएको जनाउँछ । तथापी यी क्यान्सरहरुको कारण स्पष्ट छैन । यो सम्भव छ कि एड्का बिरामीहरुमा प्रतिरोधात्मकता कम हुनाले, तिनिहरु यी क्यान्सरको धेरै जोखिममा छन् । यी पहिल्यै जटिल रोगहरुको दोहोरो आक्रमणले उपचार पक्रियामा समेत थप जटिलता ल्याउँदछ । त्यसैले यसको उपचार अनुभवी डाक्टरहरु अन्तर्गत हुनूपदर्छ जसले यी रोगहरुमा विशेषज्ञता पाएका छन् । एड्स परिभाषित क्यान्सरहरु निम्न हुन्: क्यापोसिस र्सकोम: यो छाला क्यान्सरको प्रकार हो । यो सामान्यतया अंग प्रत्यारोपण गरेका मान्छेहरुमा पाइएको छ । आजकल यो एचआइभी ÷एड्स संक्रमित समलैगिंक पूरुषहरुमा पाइन्छ र यसलाई क्यापोसिस र्सकोम पनि भनिन्छ । यो शारिरिक विभिन्न बिन्दुहरु जस्तैःछाला,लिम्फ,नोडहरु,कलेजो,फोक्सो, स्प्लीनर पाचन पथमा विष उत्पन्न हूनूको कारण बन्छ । नन-होडकिन लिम्फोमाः यो एचआइभी ÷एड्ससँग दोस्रो सबैभन्दा संम्बन्धित क्यान्सर हो । एन.एच.एलको विभिन्न उपप्रकारहरु प्राथमिक केन्द्रिय तांत्रिक प्रणाली लिम्फोमा र प्राथमिक प्रभाव भ्रम लिम्फोमा हून् । लगभग ४ देखि १० % मानिसहरु एचआइभी÷एड्सको साथ एन. एच.एल. विकसीत गर्छन । अन्य प्रकारका क्यान्सरहरु कलेजो क्यान्सर, मुख क्यान्सर, होड्किनको लिम्फोमा, टेस्टीकुलर क्यान्सर, मेलानोमा, घाटिँको क्यान्सर, कोलोरेक्टल क्यान्सर र छालाको विभिन्न क्यान्सर हुन् । एचआइभी ब्यक्तिहरुमा क्यान्सरको उपचारः एन्टि-एचआइभी औषधी नलगाउन्जेल सम्म संक्रमित ब्यक्तिहरुको भविष्य खरानि थियो । तिनिहरु पहिलेनै बिरामी  थिए र उनीहरुको शरीरको क्यान्सरको उपचार सुरु नगर्दै तिनिहरुको शरीर कमजोर हुन्थ्यो । वर्तमान क्यान्सरको उपचार एन्टी-एचआइभी औषधीसँग मिसाइएको छ । तथापि, क्यान्सरको ह्द र एड्सको हेरविचारको आवश्यकता अनुसार, किमोथेरापी र अन्य एचआइभी सम्बन्धी औषधीहरु बिच भिन्नता गरिन्छ । क्यापोसिस सार्कोमा उपचार: प्राय एन्टी एचआइभी औषधीहरु यो क्यान्सरको उपचार गर्न पर्याप्त हूँदैन । बिष,जो भाइरल हुन्छन् हट्छन । प्रतिरक्षा प्रणाली राम्रो हून्छ । बिषहरु आन्तरिक छन् भने कहिलेकाहिँ केमोथेरापी र विकिरण पनि आवश्यक पर्न सक्छ । नन-होडकिन लिम्फोमाको उपचार: एन.एच.एल. सम्बन्धि एड्स छिटै बढ्दै जान्छ र तिब्र केमोथेरापीको आवश्यकता पर्दछ । अत्याधिक सक्रीय विरोधि रिभ्रोइरल थेरापी र ड्रग्सको प्रयोगको आविष्कारले संक्रमीत शरीरलाई नयाँ रक्तसेल बनाउन सहयोग गर्छ जसले थोरै रक्त सेल गणनाको कारण हुने एचआइभी संक्रमितको जिज्ञासा घटाएको छ , केमोथेरापि तिनको लागी प्रसशीत हून सकेन , तर यी प्रगतिहरुको साथमा ,तिब्रतापूर्वक केमोथेरापि उपचारलाई ब्यावस्थापन गर्न सकिन्छ । गर्भाशय क्यान्सरको उपचार राम्रो प्रतिरक्षा प्रणाली र आक्रमक गर्भाशय क्यान्सर भएको महिलाको हितमा हझै पनि गैर-एचआइभी महिलाहरुको जस्तै उपचार गर्न सकिन्छ । तिनिहरुले शल्यक्रीया र अन्य पारिवारिक उपचारमा पनि राम्रा काम गर्न सक्छन् । क्यान्सरलाई सुरुवातमै पत्ता गर्दै: जब कूनै लक्ष्ण स्पष्ट हुदैन तब स्क्रिनिंगले  क्यान्सरको उपस्थिती खोज्न सहयोग गर्दछ । तथापी क्यान्सरहरु परिभाषित गर्ने एड्स स्क्रिनिंगले पत्ता लगाउन सक्दैन यसकारण नियमित चेकअप र नजिकको निगरानिले क्यान्सरको लक्ष्ण भएमा पत्ता लगाउन सक्छ । पप परिक्षणले महिलाहरुमा गर्भाशय क्यान्सरको खोजमा मद्दत गर्दछ । तथापि एचआइभी महिलाको लागी यसलाई बारम्बार गर्न जरुरी छ । एचआइभी पत्ता लागेको पहिको वर्षमा दुई पटक र छ महिनाको अन्तरालमा । यदि परिक्षण सफा भएमा, तिनिहरुले त्यस लगत वर्षमा एक पटक पप परिक्षण नियमित रुपमा गर्नुपर्छ । अन्य एड्स सम्बन्धित क्यान्सरको लागि स्क्रिनिंग परिक्षण अझै पनि लागु हँदैन । क्यान्सरको जोखिम कम गर्दै: एचआइभीले शरिरको प्रतिरक्षा प्रणालीलाई बिगारी शरिरलाई विभिन्न रोगवाट आतंकित बनाउँछ । एचआइभी पहिचान भएका लागी क्यान्सरबाट बच्न राम्रो स्वस्थ्य अभ्यासहरु आवश्यक छ । तिनिहरुले कदापि धुम्रपान वा मध्यपान गर्न हुदैन । ड्रग्स लिने र असुरक्षित यौन अभ्यासहरुले पनि क्यान्सरको खतरा बढाउँछ l सन्तुलित आहार ,शारीरिक गतिविधि र उचित शारीरिक तौल राख्नु अत्यन्त महत्वपुर्ण र उपयोगी छन् ।
यद्दपी, यो महत्वपूर्ण छ कि जोडीहरुले गर्भावस्था निम्न जोखिम वर्गमा छ भनेर निश्चित गर्न आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस् lएउटा महिला गर्भवती हुँदा खडा हुने प्रश्नहरु मध्ये एउटा प्रश्न हुन्छ यी जोडीले अब यौन सम्पर्क गर्न सुरक्षित हुन्छ कि हुँदैन । हामी जोडीहरुले प्राय सोध्ने प्रश्नहरुको जवाफ दिने कोशिस गर्नेछौं । गर्भावस्थामा यौन सम्पर्क गर्न सुरक्षित हुन्छ ? यदि गर्भावस्था सबै चरणहरुमा सामान्यनै छ भने यौन सम्पर्क सुरक्षितनै मानिन्छ । तर पनि, त्यो सुरक्षित हुँदा हुँदै पनि, महिलाले यो गर्ने इच्छा गर्छन् भन्ने छैन । गर्भावस्थाको विभिन्न चरणहरुमा यौनसम्पर्क प्रतिको चाहनामा घटबढ हुन्छ र शरीर बढ्दै जाँदा यौन सम्पर्क सिधै असहज बन्छ । के सुरक्षित छैन ? गर्भावस्थामा दुई प्रकारको यौन क्रियाकलाप सुरक्षित छैनन् । मुख मैथुन गर्दा, पुरुषले उसको जोडीको यौनि भित्र हावा फुक्नु हुँदैन । एउटा हावाको फोकाले रक्त नलीहरुमा अवरोध पुर्याउन सक्छ, जसलाई एयर इबोलिजम भनिन्छ, र यो आमा र नानी दुवैको निम्ति घातक हुनसक्छ । गर्भवती महिलाले एउटा अज्ञात यौन सम्पर्कको इतिहास भएको वा यौन प्रसारित संक्रमण (STD) भएको जोडीसँग यौन सम्पर्क निषेध गर्नुपर्छ । सामान्य जोखिमपूर्ण कारकहरु के हुन् ? गर्भावस्थामा ठुलै समस्याहरु देखिएमा, यौन सम्पर्क नगर्न सल्लाह दिईएको छ । सामान्य जोखिमपूर्ण कारकहरु निम्न हुन् सक्छन्: गर्भपतन हुने खतरा । समय पुर्व बेथा लाग्न सक्छ वा पुर् बेथा सँग सम्बन्धित खतराको संकेत हुन सक्छ (जस्तै असामयिक संकुचनहरु) । अस्पष्ट यौनि रक्तश्राव, बग्ने, वा खुम्चिनु । बच्चाको वरिपरि एम्नियोटिक तरलको चुहावट हुनु । प्लासेण्टा प्रेभिया, त्यस्तो अवस्था हो जहाँ प्लासेण्टा (आमा र बच्चालाई जोड्ने नली जसले बच्चालाई पोषण दिन्छ) तल मुनि भेटिन्छ र त्यसले पाठेघरको मुखलाई ढाकिदिन्छ । सेर्भिक्स असक्षमता, एउटा त्यस्तो अवस्था हो जहाँ सेर्भिक्स कमजोर हुन्छ र समय अगाव नै बढ्छ, जसले गर्भपतन वा समय पुर्वको बेथा वा डेलिभरीको जोखिमलाई बढाईदिन्छ । के गर्भावस्थामा यौन सम्पर्क गर्दा बच्चालाई असर गर्छ ? बच्चालाई जहिले पनि एम्नोईटिक थैलीले (यो एउटा झोला जस्तै हुन्छ जसले भ्रूणलाई र वरिपरिको तरल पदार्थलाई थामेको हुन्छ) र पाठेघरको मांशपेशीहरुले सुरक्षा दिएको हुन्छ । सर्भिक्सलाई एउटा बाक्लो म्युकस प्लगले बन्द गरेको हुन्छ र बच्चालाई संक्रमित हुनबाट बचाउँछ । यौन सम्पर्कको बेला लिङ्ग भ्रूणको संसर्गमा आउँदैन । त्यसकारण, यौन सम्पर्कले बच्चालाई सिधै नोक्सान गर्दैन । के चरम-आनन्दले गर्भ पतन वा संकुचन गराउँछ ? चरम-आनन्दको बेला वा ठिक त्यस पछि गर्भवती महिलाहरुले महशुस गर्ने संकुचन बेथा लाग्दाको संकुचन भन्दा एकदम भिन्न हो । त्यसकारण, सामान्य वा कम-जोखिम गर्भावस्थाको अवस्थाहरुमा, चरम-आनन्दले संकुचन ल्याउने वा गर्भपतन हुने हुँदैन, तर जहिले पनि डाक्टरसँग जाँच गराउनुहोस् र तपाईंको गर्भावस्था कम-जोखिमको वर्गमा छ भनि ढुक्क हुनुहोस् । गर्भावस्थामा सुरक्षित यौन सम्पर्कको मुद्राहरु के के हुन् ? अब तपाईंको लागि पुरानो मिसनरी (पुरुष माथि बाट घोप्टो परि गर्ने यौन सम्पर्क) मुद्राको यौन सम्पर्क काम दिंदैन । त्यसको बदला यी विकल्पहरु अपनाउनुहोस्: स्पुनिङ्ग: उसंगै एउटै दिशा पट्टि फर्किनुहोस् । यसको गर्दा तपाईंको भुँडीमा कुनै दबाव पर्दैन, र अझ गहिरो प्रवेश गराउँछ । महिला माथि पट्टी: यसो गर्दा भुँडीमा कुनै दबाव पर्दैन, र महिलाले प्रवेशको गति र गहिराईलाई नियन्त्रण गर्न सक्छन् । बेडको छेउ: महिला बेडको छेउमा सुत्छन र आफ्नो खुट्टा खुम्चाएर आफ्नो पाउ बेडको किनारमा राख्छन । यसमा पुरुष उनि पट्टी फर्किएको हुन्छ । यो पुरानो मिसनरी मुद्रा नै हो, तर फरक चाहि पुरुषले आफ्नो शरीरक भार गर्भवती महिला माथि चढाउँदैन । तरपनि, ध्यान दिनुहोस्, गर्भवती अवस्थामा यौन समपर्क गर्ने विषयमा सामान्य एउटा परस्पर शब्द हो । तपाईं र तपाईंको जोडीले तपाईं दुवैको निम्ति के गर्दा सहि हुन्छ भनि कुरा गर्नु आवश्यक छ र डाक्टरको सल्लाह लिनुहोस् ।
के आत्म सम्मान तपाईले ओच्छ्यानमा कस्तो प्रदर्शन गर्नुहुन्छ त्यसमा भर पर्छ ? यौन केवल शरीरहरुको एकता भन्दा पर जान्छ; यो त्यस्तो केही हो जसले तपाईको दिमाग बनाउँन वा भत्काउन सक्छ lमानिस एक कौतुहल प्राणी हो, विचित्रता र विभेदहरुले भरिएको । यौन सम्पर्क, जसलाई धेरै मानिसहरुले एउटा घनिष्ठ तथा गोप्य अनुभव हो भनेर भन्छन्, यसको विषयमा बोल्दा धकाउने गर्छन् र प्राय अप्ठ्यारो मान्दै बोल्ने गर्छन् । जति उत्सुकताका साथ हामी हाम्रो तलबहरु वा खाने शैलीको विषयमा बोल्ने गर्छौं त्यस्तैगरि हामी हाम्रो यौन चाहनाहरुको विषयलाई उजागर गर्दैनौं वा बोल्दैनौं । यो अलि हाँस्यास्पद छ कि कसरी यौन एक व्यक्तिको स्वाभिमानको एउटा महत्त्वपूर्ण मापन हो र उसको/उनको सामाजिक अनुकुलताको एउटा सूचक पनि हो । त्यो कुरा जुन हामी लुकेर गर्ने गर्छौं, हामी कसैगरि त्यो कुरालाई लुकाएरै राख्न खोज्छौं । यौन सम्पर्क र स्वाभिमान बीचको सम्बन्ध स्वाभिमान एउटा महत्त्वपूर्ण पक्ष हो जसले एउटा व्यक्तिको मानसिक र शारीरिक सु-स्वास्थ्यको निर्धारण गर्दछ । हामी सबैजना आफुलाइ बुझेको, मनपराएको र प्रशंसा गरेको चाहना गर्छौं; र यी कुराहरुले हाम्रो आधारभूत आवश्यकताहरुको एउटा उल्टा पिरामिडमा बराबर नै महत्त्व राख्छ-गाँस, बास र कपास । मानिसलाई बढ्न र समृद्ध बन्न, प्रशंसा रुपी मानसिक भोजन बाहेक, केवल शारीरिक भोजन मात्रै प्रयाप्त हुँदैन; यौन सम्पर्क वा विपरित लिङ्ग प्रतिको घनिष्ठता, यो आवश्यकतालाई पुरा गर्ने एउटा माध्यम हो । त्यसकारण यौन सम्पर्क प्रकृतिले प्रजातिहरुलाइ जारि राख्नको निम्ति दिएको एउटा शारीरिक आवश्यकतामा मात्रै सिमित छैन, तर यो त स्व-अस्तित्व र बोधको बृहत भावनात्मक तथा मानसिक आयाम हो । यद्धपि हामी मध्य कतिले हामी सँग पर्याप्त मात्रामा यौन शक्ति छ वा छैन भन्ने विषयमा चर्चा गर्न लजाउँछौं, सत्य त के छ भने हरेक मानवले आफ्नो यौन शक्ति प्राप्त गर्न खोजि गरिनै रहेको हुन्छ, ऊ अथवा उनि यसको विषयमा अनविज्ञनै भएता पनि । हामी धेरै जनासँग हाम्रो रुचि अनुसारको मिल्ने भोजन हाम्रा प्लेटहरुमा राख्न सक्ने खुबी छ, तर यौन चाहिं अलि गाह्रो हुन्छ, कारण यौन सामाजिक, नैतिक र धार्मिक आस्था सँग जोडिएकाले यो जटिल विषय छ । यो सत्यताको प्रमाण धेरै विवाहहरु (नागरिक समाजको एउटा कुने ढुङ्गो) यौन समन्जस्त्यता नमिल्दा तोडिएका उदाहरणहरु हुन् यो हुनुको कारण यता अवास्तविक यौन अपेक्षाहरु राख्नाले वा अरुको यौन आवश्यकतालाई स्वीकार नगर्नाले वा पहिचान पनि नगर्नाले हुन्छ । यसको कारण एउटा व्यक्तिको मानसिकतामा र स्वाभिमानमा अप्रत्यक्ष प्रभाव पर्न जान्छ, र यो विशेष गरि पुरुषहरुमा सत्य हुन्छ, जो आफ्नो यौन चाहना अनुरुपको यौन जोडीलाई आकर्षित गर्न नसक्दा पूर्ण रुपले हिनताबोध गर्दछन्, एउटा जोडीले आफ्नो यौन आवश्यकताहरुलाई, अझ भनौं समाजले बन्देज गरेको र पाप सम्झिएका (समलैंगिकता, गुद्वार यौन सम्पर्क, सामुहिक यौन सम्पर्क, कामोत्तेजक वस्तुसँग सम्पर्क आदि) जस्ता चाहनाहरु नबुझी दिंदा, यसले आफैलाई घृणा बोध गर्ने सम्म बनाउँछ । यस्ता जटिल भावनाहरुले, ठुलो आन्तरिक द्वन्द्व र गम्भीर स्व-शंका सिर्जना गरिदिएर, एउटा व्यक्ति को स्वाभिमानमा बज्रपात नै गरिदिन सक्छ । आज सामाजिक रुपमा, यौनले या त एक व्यक्तिलाई स्वतन्त्र पार्छ वा बन्धनमा पार्छ । कतिपय समयमा, तृप्त नभएका चाहनाहरु छाँया भित्रै दब्न सक्छ र हराउन सक्छ, तर त्यो नै पछि गएर जोखिम पूर्ण यौन अभ्यास र अपराधको रुपमा बाहिरिन्छ । हाम्रो आजको समाजको यौन सम्बन्धि अपराधलाई हेर्दा मात्रै पनि हामी सबैको स्वाभिमान कति स्वस्थकर रहेछ भनि बुझ्न सक्छौं ! यहि समाज जो वेश्यावृत्ति प्रति नाक खुम्च्याउँछ, होइन भन्ने बहना गर्न खोजे पनि, वास्तवमा यो सिर्जना गर्ने उनीहरुनै हुन् । विषयको मुख्य विन्दू भनेको नै यौन सम्पर्क र स्वाभिमान एक आपसमा अन्तर्निहित छ; र कोहि व्यक्तिको यौन सम्बन्धि विषयहरुको समस्या को बारेमा सम्बोधन गर्न अरु व्यक्तिले संकोच गर्नु हुन्न । सम्बन्ध जीवित रहनको निम्ति शारीरिक प्रेम आवश्यक छ र एउटा व्यक्तिले आफ्नै यौनको निम्ति ठाउँहरु सफलता पुर्वक सिर्जना गर्नलाई समय र परिश्रम लगाउनु पर्छ । राम्रो यौन जीवनको सकारात्मक प्रभावहरु एउटा कार्य क्षमतामा भएको वृद्धिमा, न्यून रोगबिमार र व्यक्तिको सर्वाङ्गिण दक्षतामा भएको वृद्धिहरुमा देख्न सकिन्छ । कति मानिसहरु यौन सम्बन्धि दोषहरु र अन्योलताहरुले सताईएका हुन्छन र जब तिनीहरु यो सबैलाई ढाकेर राख्छन, तिनीहरु वर्णन गर्न नसकिने शारीरिक पिडा भोग्छन र मानसिक रुपमा फोहोरमा फ्याँकिएको अनुभव गर्छन् । विपरित लिङ्गबाट प्रशंसाहरु प्राप्त नगर्दाको अर्को समस्याको परिणाम भनेको बाह्रय समर्थन प्रति रुचि बढ्छ । कति व्यक्तिले आफ्नो रुप वा गुणहरुको विषयमा नियमित रुपमा सकारात्मक प्रशंसा नपाउँदा पूर्ण रुपले काम नलाग्ने व्यक्तिझैं महसुश गर्छन् । यो एकदम विनाशकारी हुन्छ, जस्तो कि यो अवस्थामा, एक जना व्यक्तिले राम्रो महसुश गर्नको निम्ति बाहृय तत्त्वहरुमा धेरै नै भर परको हुन्छ । यो यौन प्रशंसाको  राम्रो महसुश गर्ने तत्त्व लाई कसैले इन्कार नगरेता पनि, हाम्रो व्यक्तिगत स्वाभिमान निर्धारण गर्न यो बाह्रय तत्त्वले आफैलाई कतिको नियन्त्रण गर्न दिने भनि निर्णय गर्ने अधिकार तपाईं संगै हुन्छ । प्रशंसा गर्ने काम अरुहरुको भएता पनि, स्वाभिमान भने पूर्ण रुपले आफ्नै हो र आफैले मात्रै कतिको प्रशंसा र यौन पर्याप्त हुन्छ भन्ने निर्णय गर्नसक्छ ।
बारम्बार सोधिने प्रश्न
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न